पुस २५, खलङ्गा । जुम्लाको चन्दननाथ नगरपालिकाभित्रकाका ७५ प्रतिशत बालबालिकाले पूर्णखोप लगाएका छन् ।  सदरमुकाम खलङ्गामा आयोजित राष्ट्रिय खोप कार्यक्रम अभिमुखीकरण कार्यक्रममा नगर क्षेत्रमा पूर्ण खोपका पहुँचमा सबै बालबालिका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २५, खलङ्गा । जुम्लाको चन्दननाथ नगरपालिकाभित्रकाका ७५ प्रतिशत बालबालिकाले पूर्णखोप लगाएका छन् ।  सदरमुकाम खलङ्गामा आयोजित राष्ट्रिय खोप कार्यक्रम अभिमुखीकरण कार्यक्रममा नगर क्षेत्रमा पूर्ण खोपका पहुँचमा सबै बालबालिका"/>
2026-10-15 05:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

७५ प्रतिशत बालबालिका पूर्णखोपको पहुँचमा

पुस २५, खलङ्गा । जुम्लाको चन्दननाथ नगरपालिकाभित्रकाका ७५ प्रतिशत बालबालिकाले पूर्णखोप लगाएका छन् ।  सदरमुकाम खलङ्गामा आयोजित राष्ट्रिय खोप कार्यक्रम अभिमुखीकरण कार्यक्रममा नगर क्षेत्रमा पूर्ण खोपका पहुँचमा सबै बालबालिकालाई ल्याउन अभिभावकले ध्यान दिन आग्रह समेत गरियो । 

कार्यक्रममा नगरप्रमुख कान्तिका सेजुवालले भन्नुभयो, “नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाबाट दिने सेवालाई छिटोछरितो बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिइसकेका छौँ ।  नगरपालिकाका ९५ प्रतिशत बालबालिकालाई पूर्णखोप सुनिश्चित गर्न र कोरोनाको खोप लगाउन स्थानीयवासीलाई खोप केन्द्रमा सम्पर्क गर्न सूचित गरिसकेका छौँ , राज्यले पठाएको कोरोना खोपलाई सदुपयोग गर्नुपर्छ । ” 

आगामी दिनमा पनि युनिसेफ नेपालसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने उहाँले बताउनुभयो । बालबालिलाई खोप लगाउन सबै पक्षको सहयोग रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।

जिल्लामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएको छ । सबै बालबालिकालाई पूर्णखोप लगाउनका लागि सरोकारवालाले खोपबारे जनचेतना फैलाउन अतिआवश्यक छ । खोप केन्द्रमा १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई खोप दिइने भएकाले स्थानीय तहका खोप केन्द्रमा सम्पर्क गरी खोप लगाउन अनुरोध गरेको कार्यालयले जनाएको छ ।

राष्ट्रिय खोप ऐन २०७२ ले दिएको अधिकारलाई सदुपयोग गरी सबै बालबालिकालाई खोप सुनिश्चित हुनु अतिआवश्यक रहेको छ । खोपबाट बञ्चित हुन नदिनका लागि स्थानीय, सरकारदेखि सबै निकायको महत्वपूर्ण भूमिका रहेको युनिसेफ नेपालले जनाएको छ । राष्ट्रिय खोप निर्देशनालयका प्राविधिक सहायक कन्चन थापाले नेपाललाई पूर्णखोप घोषणा गर्ने अभियानअन्तर्गत सबै नागरिकलाई खोपको पहुँचमा ल्याउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । अझै जुम्लाका करिब १७ प्रतिशत बालबालिका विभिन्न खोपबाट बञ्चित भएकाले छुटेका बालबालिकालाई खोपको पहुँचमा ल्याउन जुम्लाका आठै स्थानीय तह जुट्नुपर्ने निर्देशनालयका प्राविधिक सहायक उहाँले बताउनुभयो । अभिमुखीकरण कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, नगरपालिका जनप्रतिनिधि, शिक्षक, बालकल्व, सञ्चारकर्मी, स्वास्थ्यकर्मी र युनिसेफका कर्मचारीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने