माघ ११, काठमाडौँ | कोभिड– १९ सङ्क्रमणको जोखिमलाई फैलिन नदिन सुर्खेतका दुई स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रले सुर्खेतको छिन्चु र जामु कुइनेमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । यी दुई नाका सुर्खेत भित्रिने मुख्य नाका हुन् । होल्डिङ सेन्टरमा स्वास्थ्य सहायता कक्ष पनि सञ्चालन गरिएको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्थानीयतहसँग समन्वय गरेर होल्डिङ सेन्टर स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिनुभयो ।

उहाँले सार्वजनिक सवारीसाधनका यात्रुका लागि खोप कार्ड अनिवार्य गर्ने, खोप नलगाएको भए खोप लगाउन व्यवस्था मिलाउन निर्देशन जारी गरिएको बताउनुभयो । कोभिड– १९ को दोस्रो लहरका बेला बबईमा स्थापना गरिएको होल्डिङ सेन्टर छिन्चुमा सारिएको छ ।

बबईमा पर्याप्त जग्गा र भवन नहुँदा छिञ्चु सारिएको हो । प्रमुख जिल्ला अधिकारी रिजालले प्रदेश भित्रिने सिमा नाकामा यातायातका साधनमा निगरानी बढाउनु साथै सम्बन्धित स्थानीयतह र प्रदेश सरकारको साझेदारीमा कोरोना परीक्षण थालिएको बताउनुभयो ।जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यसअघि सञ्चालित मास्क वितरण र खोप अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

वीरेन्द्रनगरका पर्यटकीयस्थल बन्द

यसैबीच, कोभिड– १९ को ओमिक्रोन भाइरसको सङ्क्रमण बढ्न थालेपछि वीरेन्द्रनगरका पर्यटकीयस्थल बन्द गरिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले अनिश्चित कालका लागि वीरेन्द्रनगरका मुख्य पर्यकीयस्थल बन्द गरेको हो । नगर विकास समितिले अर्को सूचना जारी नहुँदासम्म बुलबुले उद्यान, काँक्रेविहार र शहीद पार्क बन्द गरेको जनाएको छ ।

समितिका सदस्य सचिव एवं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटा पर्यटकीयस्थलमा सार्वजनिक बिदाको दिनमा बाक्लो भीड हुने हुँदा सङ्क्रमण फैलिन नदिन प्रवेशमा रोक लगाइएको बताउनुभयो ।

साथै मुख्य शक्तिपीठ देउतीबज्यै मन्दिरमा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाई गरी पूजापाठ गर्ने व्यवस्था मिलाइएको छ । पछिल्लो तथ्याङ्क अनुसार सुर्खेतमा कोरोनाका ६०० सक्रिय सङ्क्रमित छन् । तीमध्ये ८० प्रतिशत भन्दा बढी सङ्क्रमित वीरेन्द्रनगर नगरपालिकाका रहेको जनाइएको छ ।

You Might Also Like
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTशिक्षासङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML