2026-09-12 05:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कोरोना सङ्क्रमणको बढ्दो जोखिमः परीक्षण नै नगराई धेरै नागरिक एकान्तवासमा

माघ २०, सुदूरपश्चिम |  केही हप्ता देखिको बढेको अत्यधिक चिसोले कष्टकर बनेको जनजीवन एकाएक फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण यहाँका स्थानीयवासी थप सास्ती खेप्न बाध्य छन् ।

अत्यधिक चिसो मौसमसँगै घाँटी खसखस हुने, दुख्ने, ज्वरो आउने, रुखाखोकी लाग्ने, टाउको दुःख्नेजस्ता कोरोना भाइरससँग मिल्दो लक्षण देखिएका बिरामी बढ्ने क्रम रोकिएको छैन । आफू कोरोना सङ्क्रमित भएको आशङ्कामा यस्तो लक्षण भएका धेरै व्यक्ति नमूना परीक्षण नगराई घरकै एकान्तवासमा बस्न बाध्य भएका छन् ।

यतिबेला हरेक घरमा यस्ता लक्षण भएर थलिएका कतिपयले नमूना परीक्षण गराए पनि धेरै नागरिक नमूना परीक्षणबिना नै एकान्तवासमा छन् । ‘‘नमूना जचाउँदा कोरोना ‘पोजेटिभ’ देखाइहाल्छ, यो भन्दा घरकै एकान्त कोठामा बस्न उचित ठानेकाले नमूना परीक्षण नगराएरै बसेको छु’’, धनगढीका एक स्थानीयवासीले भन्नुभयो । नमूना सङ्कलन केन्द्रसम्म पुगेर नमूना दिन जाँदा लाग्ने भीडले सङ्क्रमित भइने डर नागरिकमा देखिन्छ ।

धनगढीमा भेटिनुभएकी कञ्चनपुर कृष्णपुर नगरपालिका–९ की रोमती चौधरीले रुघाखोकी ज्वरोको समस्याले आफ्नो घर परिवारका सदस्य पालैपालो बिरामी पर्दा सबैलाई घरेलु उपचार गरेर सञ्चो पारिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यति बेला गाउँमा धेरै व्यक्ति कोरोना भाइरस सङ्क्रमणजस्तै लक्षण देखिएर ज्वरोले थलिएका छन्, नमूना परीक्षण नगराउँदै धेरै व्यक्ति सञ्चो पनि भइरहेका छन् ।’’ यो लक्षण कोरोना भाइरसको नयाँ भेरियन्टकै कारण रहेको स्वास्थ्यकर्मीले बताएका छन् । हाल फैलिएको कोरोनाको ओमिक्रोन भेरियन्टको सङ्क्रमण दर डेल्टा भेरियन्ट भन्दा छ/सात गुणाले बढी हुने गरेको बताइएको छ 

अहिले फैलिएको कोरोना भाइरसलाई धेरै नागरिकले सामान्य रुपमा लिँदा पनि यसको सङ्क्रमण दर बढेको स्वास्थ्यकर्मीको भनाइ छ । ‘‘कोरोना फैलिएको सुरुको वर्ष मानिस निकै डराएका थिए’’, कैलालीका असिफ अन्सारीले भन्नुभयो, ‘‘मानिसमा अब भने विस्तारै कोरोनाको डर हराउँदै गएको देखिन्छ ।’’ स्थानीय प्रशासनले कोरोना रोकथामका लागि निषेधाज्ञा जारी गरेपनि त्यसको पालना गर्ने गराउनेमा नागरिकबाट लापरबाही भइरहेको छ ।

जोखिम मोलेरै स्याहार गर्दै बिरामीका कुरुवा

सेती प्रादेशिक अस्पताल धनगढीको कोभिड वार्डमा उपचाररत बिरामीका कुरुवा जोखिम मोलेरै बिरामीको स्याहार गर्नुपर्ने बाध्यतामा छन् । चिकित्सक र नर्सिङ् स्टाफले उपचार व्यवस्थापन गर्दा कुरुवा स्वयमले सघन उपचार कक्षसम्म पुगेर बिरामीलाई खाना खुवाउनुपर्ने अवस्था छ । जसका कारण  कुरुवामासमेत सङ्क्रमणको जोखिम देखिएको छ । 

सघन उपचार कक्ष बाहिर भेटिनुभएका कुरुवा वीरसिंह धामीले भन्नुभयो,‘‘एकतिर अहिलेको चिसो मौसम बेला बाहिर कठ्याङ्ग्रिएर रात काट्नु परेको छ,अर्कोतिर बेडसम्म पुगेर बिरामीको स्याहार गर्नु पर्दा आफै सङ्क्रमित भइने जोखिम छ ।’’ बिरामीलाई उपचार व्यवस्थापनमा सहयोग पुर्याउन २४सै घन्टा कुरुवा बस्नै परेको उहाँको भनाइ छ । गत वर्षको कारोना महामारीका बेला अस्पतालले नै कोरोनाका बिरामीलाई निःशुल्क खाना खुवाउँदै आएको थियो । बजेट अभावका कारण यसवर्ष भने खानाको जोहो सम्बन्धित बिरामीका कुरुवाले गर्नुपरेको बताइएको छ ।

  कोरोना भाइरस फैलिएयता हालसम्म सुदूरपश्चिम प्रदेशमा ५८ हजार २८२ हजार व्यक्ति सङ्क्रमित भइसकेका छन् । विगत एक हप्ताभित्रमा सङ्क्रमितमध्ये छ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार प्रदेशमा पछिल्लो एक हप्ताभित्रमा तीन हजार १८४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस