आज २०७९ कार्तिक २२ गते, मंगलवार, ८ नाेभेम्बर २०२२। कार्तिक शुक्लपक्ष पूर्णिमा तिथि, १५ः५८ बजेदेखि मार्ग कृष्णपक्ष प्रतिपदा। भरणी नक्षत्र। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः

मेष: इच्छाशक्ति बढ्नाले कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।प्रेम र मित्रताको बन्धन कसिनेछ।

वृष: परिस्थितिले खर्च निम्त्याए पनि विशेष पुण्यकर्म सम्पादन हुनेछ। कमजोरीहरुलाई सच्याउने अवसर प्राप्त हुनुका साथै मनको डर उत्साहमा परिवर्तन हुनेछ।

मिथुन : काम र आम्दानीका स्रोत फेला पर्नेछन्। पढाइमा प्रगति सहितनयाँ ज्ञान सिक्ने मौका पाउने छ | खर्च बढ्नाले रकम सञ्चय गर्न नसकिएला।

कर्कट: प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ।आफ्नो काम प्रतिको मेहनतले नाम, दाम र इनाम दिलाउनेछ।अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने अवस्था आउन सक्छ।

सिंह: समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। रोकिएका कामकाज समेत पुरा हुनेछन्। विशेष जिम्मेवारी हात पार्ने मौका छ।

कन्या: सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्ला।परिबन्धले समस्या निम्त्याउने हुँदा हिसाबकिताबमा होसियार रहनुहोला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला।

तुला: विशेष उपहार प्राप्त हुन सक्छ। रिवारजनको साथले उत्साह जगाउनेछ। प्रतिष्ठा एवं लोकाचारका लागि फजुल खर्च गर्नुपर्ला।

वृश्चिक: साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्या गर्नेहरूबाट सावधान रहनुपर्ला।

धनु: शुभचिन्तकहरूले साथ दिनेछन् | मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। प्रतिष्ठित काम गर्ने मौका छ।

मकर : मान्यजनसँग असमझदारी बढ्नेछ | मिहिनेतले फाइदा दिलाउनेछ। कामबाट दिगो फाइदा हुनेछ।आमाको सहयोग लिँदा काम सम्पादन हुन सक्छ।

कुम्भ: सहयोगीहरूले साथ नदिए पनि केही काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।आफ्ना सामानमा अरूले दाबी गर्नेछन् भने परिस्थितिसँग सम्झौता गर्नुपर्ला।

मीन: बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ | मेहनतले सम्मानित स्थान दिलाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।

Related News