2026-09-25 02:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टर्कीमा १२ जना नेपालीहरु समस्यामा, सहयोगको याचना

जेठ १४, काठमाडौँ | रोजगारीको क्रममा टर्की पुगेका नेपालीहरुले आफूहरु समस्यामा परेको भन्दै उद्दारको लागि अनुरोध गरेका छन् । कोरोना महामारीको बीच लामो समय टर्कीमा बसेका उनीहरुले खान र बस्न आफूहरुसँग भएको संचित पैसा सकिएको भन्दै सहयोगको याचना गरेका हुन् । 

टर्कीको स्तानाबुल तक्सिम भन्ने ठाउँमा नेपालीहरुले आफूहरु समस्यामा परेको र नेपाल फर्कन चाहेको भन्दै उनीहरुले उद्दारको लागि अनुरोध गरेका छन् । यसअघि IGA भन्ने कम्पनीमा कार्यरत उनीहरुलाई उक्त कम्पनीले भिषा सकिएलगत्तै गत मार्च २० मा कम्पनीबाट निकालिदिएको थियो । कम्पनीले निकालेदेखि आफूहरु बिचल्लीमा परेको र साथीहरुको सहयोगमा त्यसै ठाउँमा कोठा लिएर बसेको उनीहरुले बताएका छन् । उनीहरुका अनुसार आफूसँग भएको खर्चले यतिका दिनसम्म बसेको भाडा र खाना पुर्याएको भन्दै अब त्यो अवस्था नरहेको र खाना समेत खान नपाएको गुनाशो गरेका छन् । उनीहरुले भने ‘अहिले हामीसँग खाना र कोठाभाडा तिर्ने पैसा छैन, खाननै नपाएपछि कसले सहयोग गर्ला भन्ने पिर परेको छ ।’  उनीहरुले आफ्नो समया समाधानको लागि र गुनाशो पोख्ने कुनै निकायबारे जानकारी नभएको बताएका छन् । साथै टर्कीमा कोरोना संक्रमणको अवस्था भयावह रहेको भन्दै उनीहरुले आफूहरु टर्कीमा सुरक्षित समेत नरहेको बताएका छन् । 

समस्यामा परेका नेपालीहरुले सम्बन्धित देशमा आफूहरुलाई सहयोगको आवश्यकता रहेको बताउदै नेपाल सरकार, टर्की हेर्ने दुतावास र गैरआवासीय नेपाली संघसँग सहयोगको याचना गरेका छन् । उनिहरुले आफूहरुलाई उद्दारको लागि अनुरोध समेत गरेका छन् । समस्यामा पर्ने नेपालीहरुमा दिल बहादुर बस्नेत, विजय लम्साल, डिल्लीस्वर याक्का, राजकुमार तामाङ, निमा दोर्जे तामाङ, रामकुमार पाख्रिन, अशोक कुमार थापा, विर्ख बहादुर मोक्तान, मणि कुमार विक, बुद्ध लामा, भिम बहादुर दर्लामी र अशोक मल्ल रहेका छन् । 

उनिहरुलाई कोरोना महामारीको बीच कामबाट निकाल्ने IGA कम्पनी त्यहि कम्पनी हो जसले यसअघि पनि ९ सय नेपाली कामदारलाइ अलपत्र पारेर करार अवधि अगावै नेपाल फिर्ता गरेको थियो । हाल समस्यामा रहेका नेपालीहरुलाई श्रम स्वीकृति समेत नगराई टर्की लगिएको खुलेको छ । टर्कीमा वैदेशिक रोजगारीको लागि नेपालीहरु जाने गरेका छन् । टर्कीमा नेपाली दुतावास छैन तर त्यहाँको लागि पाकिस्तानस्थित नेपाली राजदूतावासले हेर्ने गरेको छ । उनीहरुलाई सहयोग गर्न +905455966726 सम्पर्क गर्न सकिन्छ । 

टर्कीमा समस्यामा परेका १२ नेपालीहरुको विषयमा खण्डन तथा स्पष्टिकरण

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान