२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टर्कीमा १२ जना नेपालीहरु समस्यामा, सहयोगको याचना

१४ जेष्ठ २०७७, बुधबार ०३:४७

जेठ १४, काठमाडौँ | रोजगारीको क्रममा टर्की पुगेका नेपालीहरुले आफूहरु समस्यामा परेको भन्दै उद्दारको लागि अनुरोध गरेका छन् । कोरोना महामारीको बीच लामो समय टर्कीमा बसेका उनीहरुले खान र बस्न आफूहरुसँग भएको संचित पैसा सकिएको भन्दै सहयोगको याचना गरेका हुन् । 

टर्कीको स्तानाबुल तक्सिम भन्ने ठाउँमा नेपालीहरुले आफूहरु समस्यामा परेको र नेपाल फर्कन चाहेको भन्दै उनीहरुले उद्दारको लागि अनुरोध गरेका छन् । यसअघि IGA भन्ने कम्पनीमा कार्यरत उनीहरुलाई उक्त कम्पनीले भिषा सकिएलगत्तै गत मार्च २० मा कम्पनीबाट निकालिदिएको थियो । कम्पनीले निकालेदेखि आफूहरु बिचल्लीमा परेको र साथीहरुको सहयोगमा त्यसै ठाउँमा कोठा लिएर बसेको उनीहरुले बताएका छन् । उनीहरुका अनुसार आफूसँग भएको खर्चले यतिका दिनसम्म बसेको भाडा र खाना पुर्याएको भन्दै अब त्यो अवस्था नरहेको र खाना समेत खान नपाएको गुनाशो गरेका छन् । उनीहरुले भने 'अहिले हामीसँग खाना र कोठाभाडा तिर्ने पैसा छैन, खाननै नपाएपछि कसले सहयोग गर्ला भन्ने पिर परेको छ ।'  उनीहरुले आफ्नो समया समाधानको लागि र गुनाशो पोख्ने कुनै निकायबारे जानकारी नभएको बताएका छन् । साथै टर्कीमा कोरोना संक्रमणको अवस्था भयावह रहेको भन्दै उनीहरुले आफूहरु टर्कीमा सुरक्षित समेत नरहेको बताएका छन् । 

समस्यामा परेका नेपालीहरुले सम्बन्धित देशमा आफूहरुलाई सहयोगको आवश्यकता रहेको बताउदै नेपाल सरकार, टर्की हेर्ने दुतावास र गैरआवासीय नेपाली संघसँग सहयोगको याचना गरेका छन् । उनिहरुले आफूहरुलाई उद्दारको लागि अनुरोध समेत गरेका छन् । समस्यामा पर्ने नेपालीहरुमा दिल बहादुर बस्नेत, विजय लम्साल, डिल्लीस्वर याक्का, राजकुमार तामाङ, निमा दोर्जे तामाङ, रामकुमार पाख्रिन, अशोक कुमार थापा, विर्ख बहादुर मोक्तान, मणि कुमार विक, बुद्ध लामा, भिम बहादुर दर्लामी र अशोक मल्ल रहेका छन् । 


उनिहरुलाई कोरोना महामारीको बीच कामबाट निकाल्ने IGA कम्पनी त्यहि कम्पनी हो जसले यसअघि पनि ९ सय नेपाली कामदारलाइ अलपत्र पारेर करार अवधि अगावै नेपाल फिर्ता गरेको थियो । हाल समस्यामा रहेका नेपालीहरुलाई श्रम स्वीकृति समेत नगराई टर्की लगिएको खुलेको छ । टर्कीमा वैदेशिक रोजगारीको लागि नेपालीहरु जाने गरेका छन् । टर्कीमा नेपाली दुतावास छैन तर त्यहाँको लागि पाकिस्तानस्थित नेपाली राजदूतावासले हेर्ने गरेको छ । उनीहरुलाई सहयोग गर्न +905455966726 सम्पर्क गर्न सकिन्छ । 

टर्कीमा समस्यामा परेका १२ नेपालीहरुको विषयमा खण्डन तथा स्पष्टिकरण

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य