विश्व | काठमाडौँ - KTM


श्रीलङ्कापछि अब भूटानमा पनि खाद्यान्न संकट, अवस्था अझै चिन्ताजनक बन्ने डर

Posted on May 27, 2022 | views : 751 | काठमाडौँ - KTM

जेठ १३, काठमाडौँ | सार्क राष्ट्र श्रीलङ्का यसअघि नै खाद्यान्न संकटसँग जुधिरहेको छ । यस्तोमा अब अर्को सार्क राष्ट्र भूटानमा पनि खाद्यान्न संकट देखिन थालेको छ । अहिले विशेष गरेर भूटानका ग्रामीण क्षेत्रहरु खाद्यान्नको अभावसँग जुँधिरहेका छन् । खाद्यान्नको घरेलु माग पूरा गर्न भूटान छिमेकी देश भारतसँग परन

Read More

बुर्किना फासोमा हतियारधारीको आक्रमणमा परेर ५० जनाको मृत्यु

Posted on May 27, 2022 | views : 692 | काठमाडौँ - KTM

जेठ १३, काठमाडौँ |  अफ्रिकी मुलुक बुर्किना फासोको पूर्वी क्षेत्रमा हतियारधारीको आक्रमणमा परेर ५० जनाको ज्यान गएको छ । पूर्वी बुर्किना फासोको मदजोरीमा सो हिंसात्मक हमला भएको थियो । त्यस गाउँमा अज्ञात बन्दुकधारीले हमला गरेर यतिधेरै नागरिकको ज्यान लिएका हुन् । त्यहाँको पूर्वी क्षेत्रीय गभर्नर हुब

Read More

जेलेन्स्की भन्छन्– पुटिनसँग कुराकानी गर्न तयार छौं, तर...

Posted on May 27, 2022 | views : 725 | काठमाडौँ - KTM

जेठ १३, काठमाडौँ | युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गर्न युक्रेन आतुर नरहेको तर युद्ध अन्त्य गर्नका लागि यो तीतो सत्यको सामना गर्नु जरूरी भएको बताएका छन् ।  ‘रुसी नेतासँग छलफल गर्ने कुराहरू छन् । हाम्रा मानिस उनीसँग कुरा गर्न इच्छुक छैनन्

Read More

यौनकर्मीको काममा हस्तक्षेप नगर्न सर्वोच्च अदालतले भारतको प्रहरीलाई आदेश

Posted on May 26, 2022 | views : 1391 | काठमाडौँ - KTM

जेठ १२, नयाँ दिल्ली | एजेन्सी | भारतको सर्वोच्च अदालतले वेश्यावृत्ति वा यौनकर्म पनि एक व्यवसाय भएको बताएको छ ।  अदालतले सबै राज्य र केन्द्रशासित प्रदेशका प्रहरीलाई यौनकर्मीको काममा हस्तक्षेप नगर्न आदेश दिएको छ । वयस्क व्यक्तिले सहमतिका आधारमा यौनकर्मीसँग सम्पर्क गर्दा दुवै पक्षविरुद्ध फौजदारी क

Read More

पूर्वी भारतमा नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु

Posted on May 26, 2022 | views : 737 | काठमाडौँ - KTM

जेठ १२, नयाँ दिल्ली | एजेन्सी | भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएको छ। उक्त घटना दक्षिण बिहारको औरङ्गाबाद र गया जिल्लामा भएको बताइएको छ। बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले रक्सीको बिक्री र उपभोगमा

Read More

संसारकै महँगो अन्त्येष्टि, ४७ जनाको अस्तु अन्तरिक्षमा सेलाइँदै

Posted on May 26, 2022 | views : 794 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | एजेन्सी | सबै मानिसको मृत्यु निश्चित छ । मृत्युपछि आफ्नो पार्थिव शरीरलाई कसरी अन्त्येष्टि गर्ने भन्ने विषयमा मानिसका अनेक खालका इच्छा हुन सक्दछन् । धर्म परम्परा अनुसार मृतकको अस्तुलाई नदीमा बगाउने वा कतै स्थापित वा विसर्जन गरेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्ने चलन छ । कतिपय मानि

Read More

युक्रेनको मारिओपोल सहरमा २०० शव फेला

Posted on May 26, 2022 | views : 988 | काठमाडौँ - KTM

 जेठ १२, किभ | युक्रेनी सहर मारिओपोलमा  सहरमा २०० शव फेला परेका छन् । एउटा भत्किएको भवनको भग्नावशेष निकाल्ने मजुदरले भवनको बेसमेन्टबाट करिब २०० शव फेला पारेको मारिओपोलका मेयरका सल्लाहकारले बताएका छन् ।  शवहरू सडेका र छिमेकमा दुर्गन्ध फैलिएको मारिओपोलका मेयर पेट्रो एन्ड्रयुश्चेन्कोले ब

Read More

कतारमा प्लास्टिक झोला प्रयोगमा रोक

Posted on May 26, 2022 | views : 767 | काठमाडौँ - KTM

जेठ १२, दोहा | मध्यपूर्व एसियाकाे देश कतारमा प्लास्टिक झोला प्रयोगमा रोक लगाइएको छ। वातारणीय प्रदुषण कम गर्न कतारले प्लास्टिक झोला प्रयोगमा बन्देज लगाउने निर्णय गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कतारमा प्लास्टिकको झोला निषेध गर्ने नगरपालिका मन्त्रालयले तयार पारेको मस्यौदालाई पास गरेको हो

Read More

विश्वव्यापी मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी

Posted on May 26, 2022 | views : 732 | काठमाडौँ - KTM

जेठ १२, न्युयोर्क | एजेन्सी | विश्व बैंकले युक्रेनमा रुसी हमलाले खाद्यान्न, उर्जा र मलको मूल्य बृद्धि हुँदा विश्वव्यापी मन्दी आउन सक्ने चेतावनी दिएको छ ।  विश्व बैंकका प्रमुख  डेभिड मालपासले बुधबार एक अमेरिकी व्यापार कार्यक्रममा सो चेतावनी दिएका हुन् ।  चीनमा कोरोनाभाइरस लकडाउनको श्रृ

Read More

अफगानिस्तानमा शृंखलाबद्ध विस्फोट, कम्तीमा १२ जनाको मृत्यु

Posted on May 26, 2022 | views : 796 | काठमाडौँ - KTM

जेठ १२, काबुल | अफगानिस्तानमा बुधबार मिनिबस र एउटा मस्जिदमा भएका अलग अलग विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । गत वर्ष अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि देशभर बम आक्रमणको संख्या घटेको थियो । तर रमजानको पवित्र महिनामा धेरै घातक बम विस्फोटहरू भएका छन् ।  बुधबार उत्तर

Read More

पाकिस्तानको ‘रेड जोन’मा सेना परिचालन

Posted on May 26, 2022 | views : 720 | काठमाडौँ - KTM

जेठ १२, इस्लामाबाद | पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई नेता इमनरान खानले नेतृत्व गरेको जुलुसका कारण बढ्दो अशान्ति नियन्त्रण गर्न भन्दै प्रधानमन्त्री शेहबाज सरिफ नेतृत्वको सरकार ‘रेड जोन’ सुरक्षाका लागि सेना परिचालन गर्न बाध्य भएको छ । अदालत, संसद भवन, राष्ट्रपति भवनलगायतका महत्वपूर्ण क्षेत्र

Read More

चीनले ताइवान वरपर सैन्य अभ्यास गर्ने

Posted on May 26, 2022 | views : 841 | काठमाडौँ - KTM

जेठ १२, बेइजिङ | एजेन्सी | चीनले ताइवाननजिकै सैन्य अभ्यास गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनीका बाबजुद चीनले सैन्य अभ्यास गर्न लागेको हो । केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले बेइजिङले बल प्रयोग गरेर टापुसँग पुनः एकीकरण गर्ने प्रयास गरे वासिंगटनले सैन्य हस्तक्षेप गर्ने चेतावन

Read More

विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या

Posted on May 26, 2022 | views : 777 | काठमाडौँ - KTM

जेठ १२, कश्मिर | एजेन्सी | जम्मु कश्मिरको बडगाम जिल्लामा एक जना महिला टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ । टिकटक स्टार ३५ वर्षीया अम्रिन भाटलाई विद्रोहीले  गोली हानी हत्या गरेका हुन् । आक्रमणमा महिलाका १० वर्षीया भतिजा पनि घाइते भएका छन् ।  लश्कर–ए–तैइबा (एलईटी) मा आ

Read More

काश्मिरका पृथकतावादी नेता मलिकलाई जन्मकैद

Posted on May 26, 2022 | views : 1359 | काठमाडौँ - KTM

जेठ १२, नयाँ दिल्ली | एजेन्सी | भारतको एक अदालतले काश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादलाई आर्थिक सहयोग गरेको अभियोगमा राजाधानी नयाँ दिल्लीस्थित अदालतले ५६ वर्षीइ मलिकलाई जन्मकैदको सजाय सुनाएको हो ।  उनीमाथि आतंकवादी कार्य र आपराधिक षड्यन्त्रमा संलग्न रहेको त

Read More

साउदी अरबको विदेशी मुद्रा भण्डार कति ठूलो छ ?

Posted on May 25, 2022 | views : 1769 | काठमाडौँ - KTM

जेठ ११, काठमाडौं | साउदी अरेबियाका अर्थमन्त्री मोहम्मद अल-जदानले मन्त्रालयले अन्ततः कर घटाउने बारे विचार गर्नेबारे जानकारी दिएका छन् ।  सन् २०२० मा कर १५ प्रतिशतले बढाइएको थियो । सन् २०२० मा कोरोना महामारीका बेला तेलको मागमा कमी आएपछि साउदी अरबको अर्थतन्त्रमा प्रत्यक्ष असर परेका कारण तेलको मूल्

Read More

इमरान खानको प्रदर्शनअघि इस्लामाबाद प्रवेशमा अवरोध

Posted on May 25, 2022 | views : 619 | काठमाडौँ - KTM

जेठ ११, इस्लामाबाद | एजेन्सी | पूर्वप्रधानमन्त्री इमरान खान र उनका समर्थकहरूको ठूलो विरोध प्रदर्शनअघि बुधबार पाकिस्तानको राजधानी इस्लामावादतर्फ जाने सबै सडकहरू अवरुद्ध पारिएका छन् । गत महिना अविश्वासको प्रस्तावमार्फत हटाइएपछि खानले देशभर विशाल  जुलुस आयोजना गरेर नयाँ गठबन्धन सरकारलाई दबाब दिएका

Read More

अब युद्धको दिशा बदलिनेछ र हामी जित्छौं : युक्रेन

Posted on May 25, 2022 | views : 1157 | काठमाडौँ - KTM

जेठ ११, किभ | एजेन्सी | युक्रेनी सेनाले रुससँगको द्वन्द्वको दिशा बदल्ने र सन् २०२२ को अन्त्यसम्ममा क्राइमियामा प्रवेश गर्ने किरिल बुदानोभले बताएका छन् ।  युक्रेनको रक्षा मन्त्रालयमा गुप्तचरी प्रमुख बुदानोभले अगस्ट महिनाबाट युद्धको दिशा बदलिने र त्यो युक्रेनको पक्षमा जाने दाबी गरेका हुन् । पश्च

Read More

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अर्थ मन्त्रालयको जिम्मेवारी

Posted on May 25, 2022 | views : 782 | काठमाडौँ - KTM

जेठ ११, कोलम्बो | एजेन्सी | प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।  देश आर्थिक संकटबाट गुज्रिरहेका बेला प्रधानमन्त्री राष्ट्रपति गोटाबाय राजापाक्षेले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अर्थ मन्त्रालयको पनि जिम्मेवारी दिएका हुन् ।   श्रीलंकाले विदेशी

Read More

भारतीय महिलाले खानीमा फेला पारिन हिरा

Posted on May 25, 2022 | views : 1634 | काठमाडौँ - KTM

जेठ ११, मध्य प्रदेश | एजेन्सी | मध्यप्रदेशको पन्ना जिल्लाको एउटा गाउँकी एक महिलाले एउटा खानीमा २ दशमलब शून्य ८ क्यारेटको हिरा फेला पारेकी छिन् । सो हिरा राम्रो गुणस्तरको भएको र लिलामीमा १० लाख भारु पुग्न सक्ने भारतीय अधिकारीहरूले जनाएका छन् । महिलाका श्रीमानले हिराको लिलामीबाट राम्रो मूल्य पाएमा पन

Read More

यूएईमा पनि देखियो मंकीपक्स

Posted on May 25, 2022 | views : 2199 | काठमाडौँ - KTM

जेठ ११, दुबई | विश्वका विभिन्न देशमा फैलिएको मंकीपक्स भाइरस युनाईटेड अरब इमिरेट्समा पनि देखिएको छ । मंकीपक्स भाइरस देखिने पहिलो खाडी देश हो । यसअघि १५ देशमा यो भाइरस देखा परेको थियो । भाइरस देखिएपछि जुनसुकै महामारीलाई नियन्त्रण गर्न तयार रहेको यूएईले जनाएको छ ।  पश्चिमी अफ्रिकाबाट आएकी एक २९ वर

Read More

सन् २०२३ सम्ममा सत्ताच्युत भएर पुटिन अस्पताल जाने भविष्यवाणी !

Posted on May 25, 2022 | views : 723 | काठमाडौँ - KTM

जेठ ११, लन्डन । एजेन्सी | बेलायतका पूर्व गुप्तचर प्रमुखले सन् २०२३ सम्ममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सत्तामा नरहने र अस्पतालमा हुने भविष्यवाणी गरेका छन् । पूर्व एमआई ६ प्रमुख सर रिचर्ड डियरलभले बुधबार पुटिन लामो समयका लागि अस्पतालमा बस्नुपर्ने देखिएको र अस्पतालबाट डिस्चार्ज भएपछि पनि उनी स

Read More

उत्तरले गर्यो एकैपटक तीनओटा मिसाइल प्रहार

Posted on May 25, 2022 | views : 574 | काठमाडौँ - KTM

जेठ ११, प्योङयाङ | उत्तर कोरियाले तीन वटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरले बुधरबार पूर्वी तटको सागरमा तीन वटा मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले एसिया भ्रमण सकेर स्वदेश प्रस्थान गरेको  केही घन्टापछि उत्तरले तीन ओटा मिसाइल प्रहार

Read More

महिलालाई मारेको अभियोगमा भेडालाई तीन वर्ष जेल !

Posted on May 25, 2022 | views : 898 | काठमाडौँ - KTM

जेठ ११, जुबा | एउटा अनौठो घटनामा दक्षिण सुडानमा एउटा भेडालाई एक महिलाको हत्या गरेको अभियोगमा तीन वर्ष जेल सजाय सुनाइएको छ । सुडानको आई रेडियोका अनुसार यस महिनाको सुरुमा दक्षिण सुडानमा ४५ वर्षीय अधियु चापिङलाई आक्रमण गरेपछि भेडालाई प्रहरी हिरासतमा लिइएको थियो । भेडाले चापिङलाई बारम्बार टाउकोमा हानेर

Read More

अमेरिकाको विद्यालयमा नरसंहार, शिक्षकसहित कम्तीमा १५ जनाको मृत्यु

Posted on May 25, 2022 | views : 891 | काठमाडौँ - KTM

जेठ ११, न्युयोर्क | एजेन्सी | अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा  १४ बालबालिका र एक शिक्षकको मृत्यु भएको छ । रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले एक प्राथमिक विद्यालयमा हमला गर्दा उनीहरुको मृत्यु भएको राज्यका गभर्नरले जानाकारी दिए ।  पछिल्लोे हमला  वर्षौंपछि  देशको स

Read More

मेक्सिकोमा बन्दुकधारीको हमलामा १० जनाको मृत्यु

Posted on May 25, 2022 | views : 914 | काठमाडौँ - KTM

जेठ ११, मेक्सिको सिटी | बन्दुकधारीहरूले मेक्सिकोको मध्य शहर सेलायामा एउटा होटल र दुई ओटा बारमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ । आक्रमणमा एक आपराधिक समूह संलग्न रहेको अधिकारीहरूले बताएका छन् । आक्रमणमा दुई जना घाइते भएका छन् । गुआनाजुआटो राज्यको सेलायास्थित सुरक्षा सचिवालयका अनुसारमारिनेमा सात ज

Read More

भ्रष्टचार गरेको आरोपमा पंजाबका स्वास्थ्यमन्त्री बर्खास्त

Posted on May 24, 2022 | views : 917 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौं | भारतको पंजाबका मुख्यमन्त्री भगवन्त मानले भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्यमन्त्री विजय सिंगलालाई बर्खास्त गरेका छन् । भारतीय संचारमाध्यमहरुले जानकारी गराए अनुसार एक पारियोजनाका लागि सिंगलाले १ प्रतिशत कमिसन मागेको प्रमाण भेटेपछी मानले उनलाई बर्खास्त गरेका हुन् । भगवन्त मानको उक्त

Read More

अबुधाबीमा ग्याँस विस्फोट, दुईको मृत्यु, १२० घाइते

Posted on May 24, 2022 | views : 1807 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौं | संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा रहेको एक रेस्टुरेन्टमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छl यस घटनामा परी अन्य १२० जना घाइते भएका छन्। प्रारम्भिक समाचारकाअनुसार घाइतेहरुको अवस्था सामान्य रहेको छ। यद्यपी दुई जनाको मृत्यु भएको प्रहरीले गरेको ट्वीटमा जनाइएको

Read More

कोभिड नियन्त्रण गर्न भारत सफल, चीन बिफलः अमेरिकी राष्ट्रपति बाइडेन

Posted on May 24, 2022 | views : 724 | काठमाडौँ - KTM

जेठ १०, टोकियो | एजेन्सी | विश्वव्यापी महामारीको स्वरुप लिएको कोभिड–१९ नियन्त्रण गर्न भारत सफल भएको र चीन बिफल भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले टिप्पणी गरेका छन् । टोकियोमा जारी क्वाड शिखर सम्मेलनको बन्द सरमा बाइडेनले कोभिड–१९ प्रकोपलाई ह्यान्डल गर्ने विषयमा मोदीको प्रशंसा र चीनको आलोचना गरेका हु

Read More