महाकविलाई बार्दलीबाट चिहाउँदा आँखाभरी आँशु

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

सास । मंसिर ११, बर्दिया ।

बार्दली फाउण्डेसनले गत कात्तिक २७ देखि शुरु गरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्तीको पक्षियव्यापी कार्यक्रमको शनिवार नेपालगञ्जमा देवकोटाद्धारा रचित कविता र गीतहरुको प्रतक्ष्य संगीतमय गायन प्रस्तुतीका साथ समापन गरेको छ ।

पूर्व प्राज्ञ तथा साहित्यकार सनत रेग्मी र समाजसेवी नर्बदा शर्माले देवकोटाको फोटोमा दिप प्रजवलन गरि उद्घाटन गर्नुभएको कार्यक्रमको आयोजना बार्दली फाउण्डेसनले गरेको थियो ।

साहित्यकार ऋचा लुइटेलले उपथित सम्पूर्णलाई स्वागत गर्दै देवकोटाको जीवनी र उनको योगदानको विषयमा डकुमेन्ट्री प्रस्तुत गरि शुरु भएको थियो । डकुमेन्ट्रीले सम्पूर्ण उपस्थित व्यक्तित्वहरुलाई निकै भावुक बनाएको थियो ।

कुन मन्दिरमा जान्छौ यात्री‘.., झिम्क न झिम्क चमचम तारा‘‘, मान्छे खोजे घरघर मैले‘., आज गाउँ गाउँ लाग्यो‘, सियोको टुप्पोले मुटु बिझ्यो‘लगायतका दर्जन बढी गितहरु यस क्षेत्रका स्थापित  तथा नव प्रतिभाहरुबाट गायन प्रस्तुत गरिएको थियो । गायक दिपक सल्मानी, प्रभात सुवेदी, प्रतिज्ञा भुसाल, महेन्द्र सेढाई, साबित्री अधिकारी, कविता क्षेत्री, प्रेक्षा रिमालले गायन प्रस्तुत गरेका थिए भने बाद्यवादनमा कीबोर्ड तथा संगीत संयोजनतर्फ पूर्ण थापा, तबलामा भरत थापा, हारमोनियममा दिपक सल्मानी, गिटारमा शास्वत मल्लले साथ दिनु भएको थियो ।

कार्यक्रमको सहजीकरण गर्नुहुँदै बार्दलीका अध्यक्ष भोजराज शर्मा ‘नादिर’ ले साहित्य, संगीत र प्राज्ञिक चिन्तनलाई सँगसँगै लैजाने र अबका पुस्ताहरुमा हाम्रा मौलिक कला र संस्कृतिलाई हस्तान्तरण गर्ने उद्देश्यका साथ बार्दली अगाडि बढिरहेको बताउनुभयो ।

बार्दलीले गत कार्तिक २७ गतेदेखि नै विभिन्न विद्यालयहरुमा गई देवकोटाका योगदानका साथै उनी प्रति समर्पित कविताहरुको प्रतियोगिता आयोजना गरेको थियो । यसरी सम्पन्न गरिएको प्रतियोगितामा प्रथम धम्बोझी उमाविका दिपक न्यौपाने, द्वितीय विश्व प्रकाश कोइराला, तृतिय यम गिरी र सान्तवना सिंह राज रोकाया र पुजा चन्दलाई युनाइटेड नेपाल पब्लिकेसनका क्षेत्रीय निर्देशक मुकुट ढकालले पुरस्कार वितरण गर्नु भएको थियो ।

यसअघि पहिलो बार्दली श्रृंखलामा मदन पुरस्कार विजेता अमर न्यौपानेलाई प्रस्तुत गरिएको थियो ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply