युवालाई आव्हान : कविता 

सन्दर्भ : १७औं "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... युवालाई आव्हान : कविता 

सन्दर्भ : १७औं "/>

२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

युवालाई आव्हान

२०७४, २८ श्रावण शनिबार १३:०२

युवालाई आव्हान : कविता 

सन्दर्भ : १७औं अन्तर्राष्ट्रिय युवा दिवस


– “कविगुरु” यज्ञप्रसाद सुवेदी
मेची र काली बीचका युवा युवती कति छौं ।
आँकडा लिँदा देशको संख्या आधि नै जति छौं ।।
हे ! युवा सारा धर्तिका तारा अम्मर भएर ।
यो देशलाई उत्थान गर्न भैरहू तयार ।।

युवक भानु युवती शशी प्रकाश छरिदेऊ ।
जोश र जाँगर समाल यहाँ उन्नती गरीदेऊ ।।
युवक बोले मधुरो स्वर देशले बोल्नेछ ।
युवाले सोधे देशले आफ्नो वेदना खोल्नेछ ।।

युवाले हेरे देशले आफ्नो नजर हेर्नेछ ।
युवाको साथ भेटियो भने काया नै फेर्नेछ ।।
युवाले चिम्ले देशले पनि चिम्लिन्छ नजर ।
एकता भइ अगाडि बढे नहुने के छ र ।।

युवक सारा सुतेछन् भने यो देश सुत्नेछ ।
जुरुक्क युवा उठेछन् भने यो देश उठ्नेछ ।।
युवक सारा लम्केर हिँडे यो देश लम्किन्छ ।
धतिका तारा चम्केछन् भने यो देश चम्किन्छ ।।

युवक जुटे यो देश पनि जुटेर जानेछ ।
युवक फुटे यो देश पनि फुटेर जानेछ ।।
गहमा आँशु मुटुमा गाँठो मलिनु मुहार ।
युवाकै बाटो हेर्दैछन् आमा कुरेर दुवार ।।

छोप्नुछ छाती मागेर टालो इज्जतै रहेन ।
जीवन भरी मागेरै बस्न मुटुले सहेन ।।
म कति बाँचु ढुङ्ग्रामा मोही आजीवन मागेर ।
दुःखको पर्दा च्यातन युवा अवत जागेर ।।

जुन जोगी आयो झलक्क हेर्छु दुबै कान चिरेको ।
जन्मेरै आउँदा मागेर खान त्यौ झोलि भिरेको ।।
मागेर खाने त्यो झोली खोसी च्यातेर फालिदेऊ ।
उन्नती मार्ग पहिल्याउ युवा चिराग बालिदेऊ ।।

भोकामा तिमी अन्न हौ युवा प्यासका पानी हौ ।
मुटुका तिमी धड्कन् हौ युवा आँखाका नानी हौ ।।
हावा र हुरी हुण्डरीसँग उडेर हुँदैन ।
काँतर रुन्छ संघर्षसङ्ग युवा त रुदैन ।।

विकृतिसँग जुधन युवा अरिङ्गाल बनेर ।
विश्वमा युवा चिनिनु पर्छ नेपाली भनेर ।।
जागन जाग युवक सारा कम्मर कसेर ।
रगत रातो बनाउ तातो हुँदैन बसेर ।।

शीतल देऊ तड्पेकालाई छहारी बनेर ।
अशक्तलाई आधार देऊ सशक्त बनेर ।।
देशको दीयो मलिनु भए तेल थप्न पर्नेभो ।
अस्तित्वलाई युवाले मिली संरक्षण गर्ने होे ।।

मेची र काली सबै नेपाली हिमाल तराई ।
छत्तीस वर्ण फूलबारी हाम्रो नठान पराई ।।
काँधमा काँध हातमा हात मिलाउ जुटेर ।
हँसिलो पार आमाको मुख जुरुक्क उठेर ।।
(स्रष्टा ‘कविगुरु’ यज्ञप्रसाद सुवदीको छैठौं कृति कल्पना सङ्ग्रह भाग ३ बाट साभार । बर्दियाली स्रष्टा सुवेदीका हालसम्म १३ वटा कृतिहरु प्रकाशित छन् । आजीवन साहित्य र समाजसेवामा समर्पित रहुनभएका सुवेदी २०७० कात्तिक १ गते स्वर्गवास हुनुभएको हो ।)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना