साउन १८, कपिलवस्तु । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १८, कपिलवस्तु । <"/>
2026-06-29 08:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

साहित्यिक पत्रकार संघको अध्यक्षमा अनुरागी

साउन १८, कपिलवस्तु । नेपाल साहित्यिक पत्रकार संघको शाखा कपिलवस्तुमा गठन गरिएको छ । जिल्लाका साहित्यनुरागी र क्रियाशिल पत्रकारहरुको वाणगंगा–१० गजेहडामा आज बसेको एक भेलाले सञ्चारकर्मी दिपक अनुरागीको अध्यक्षतामा ९ सदस्यिय तदर्थ समिती गठन गरेको छ ।

जसको उपाध्यक्षमा सन्तोष घिमिरे, सचिवमा सोनुकुमार सुनार, सह सचिवमा उजेली विश्वकर्मा, कोषाध्यक्षमा कमल बेल्वासे र सदस्यहरुमा ओमप्रकाश पौडेल, सन्तोष पंथी, रमा जैसी, सञ्जय चौधरी रहनुभएको संघका अध्यक्ष अनुरागीले जानकारी दिए ।

जिल्लामा हुने हरेक साहित्यिक गतिविधीलाई सञ्चार माध्यममा ल्याउने, नेपाली भाषा साहित्यको जर्गेना गर्ने उद्धेश्यले साहित्यिक पत्रकार संघको शाखा कपिलवस्तुमा पनि गठन गरिएको जनाइएको छ ।

आजै बसेको संघको पहिलो बैठकले आगामी भदौ महिनाको पहिलो हप्ता बैठक बसी महत्वपुर्ण निर्णय गरी सोहि बमोजिमको कार्य अगाडी बढाउने निर्णय गरेको संघले जनाएको छ । करिब ५ बर्ष देखि रेडियो पत्रकारिता हुदै विभिन्न पत्रपत्रिकामा आबद्ध रहेका अध्यक्ष अनुरागी रेडियो बुद्धआवाजमा समाचार सम्पादकको रुपमा रहेका छन् ।   

नवगठीत संघका अध्यक्ष अनुरागीले रेडियो बुद्धआवाजमा समाचार सम्पादक ,कमाण्डर पोष्ट राष्ट्रिय दैनिक, बुद्ध दर्पण राष्ट्रिय दैनिक र बुद्ध बिहानी राष्ट्रिय दैनिक र नेपाल एफ.एम. नेटवर्कमा कपिलवस्तु संवाददताको रुपमा काम गर्दै आएका छन । संघका अन्य पदाधिकारीहरु पनी विभिन्न संचार माध्यमहरुमा कामगर्दै साहित्यिक क्षेत्रमा रुचि राख्ने पत्रकारहरु हुन । केही बर्षमा संघलाई जिल्लामा व्यवस्थित बनाइने अध्यक्ष अनुरागीले दावी गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ