2026-09-20 01:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की पठाउने व्यक्ति मानसिक रूपमाा बिरामी रहेको

काठमाडौँ | अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की पठाउने व्यक्ति मानसिक रूपमाा बिरामी रहेको मुम्बई प्रहरीले जनाएका छन् । मुम्बई प्रहरीले भारतीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार सलमानलाई धम्कीपछिको अनुसन्धानका क्रममा गुजरातको वडोदराबाट २६ वर्षीय मयंक पाण्ड्यालाई नियन्त्रणमा लिइएको हो । पाण्ड्याले सलमानलाई ह्वाट्सएपमार्फत् ज्यान मार्ने धम्की दिएको आरोप छ ।

प्रहरी अधिकारीहरूका अनुसार पाण्ड्या मानसिक बिरामी थिए । अहिले उनको उपचार चलिरहेको छ। पाण्ड्याले मुम्बई ट्राफिक प्रहरीको ह्वाट्सएप हेल्पलाइनमा पठाएको सन्देशमा लेखिएको थियो, ‘हामी तिम्रो घरमा छिर्छौं र तिमीलाई मार्छौं ।’ साथै उनले सलमानको कारमा बम राखिएको दाबी पनि गरेका थिए ।

यसअघि सलमानले पाएको धम्कीहरूमा पनि यस्तै प्रकारको भाषा प्रयोग गरिएको थियो । सलमान खान हाल मुम्बईको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्टमा आफ्नो परिवारसँग बसोबास गर्दै आएका छन् । उनी लामो समयदेखि लरेन्स विश्नोई गिरोहको निशानामा छन् । गत दुई वर्षमा सलमानले यस प्रकारको पाँचौं पटक धम्की पाएका हुन् । गत वर्ष उक्त गिरोहका सुटरहरूले उनको घर अगाडि गोली चलाएपछि उनको सुरक्षामा थप कडाइ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो