२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्कली कागजात बनाउने गिरोह पक्राउ

२ जेष्ठ २०८२, बिहीबार १६:३९

काठमाडौँ | सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्रलगायत कागजात किर्ते गरी नक्कली बनाउने गिरोहका तीन जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको तारकेश्वर नगरपालिका-७ फुटुङबाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले नक्कली कागजात बनाउने गोरखाको भीमसेन गाउँपालिका-१ मसेलकी ४६ वर्षीया अञ्जनी बयलकोटी, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका-७ का २८ वर्षीय निर्मल खड्का र मकवानपुरको कैलाश गाउँपालिका-२ छ्याङ्ढुङका २३ वर्षीया अञ्जु खत्रीलाई किर्ते कागजातसहित पक्राउ गरेको हो ।

निजहरूलाई आवश्यक कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकी बयलकोटीले आठ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात, विभिन्न स्थानीय तहको सिफारिस पत्र, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्र, जग्गाधनी पुर्जा, सवारीचालक अनुमतिपत्रलगायत कागजात किर्ते गरी प्रयोग तथा प्रचलनमा ल्याउने गरेको अनुसन्धानबाट खुलेको छ ।

निजले फुटुङमा कोठा भाडामा लिई नक्कली कागजात डिजाइन गर्न दुई जना सहयोगीलाई मासिक रु १० देखि रु १५ हजारसम्म तलब दिई कार्यालय सञ्चालन गरेकी पाइएको प्रहरीले जनाएको छ ।

बैंकबाट ऋण लिने प्रयोजनार्थ नक्कली जग्गाधनी पुर्जा बनाइदिने गरेको अनुसन्धानबाट खुल्न आएको प्रवक्ता आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकाहरूले विद्यार्थी भिसामा जापान जानेहरूका लागि सहकारी संस्थाका ‘स्टेटमेन्ट’समेत बनाएर कुरियरमार्फत पठाउने गरेका पाइएको छ ।

उनीहरूले विभिन्न शैक्षिक संस्था तथा सरकारी कार्यालयका ‘होलोग्राम’हरू आवश्यकताअनुसार उपलब्ध गराउने, जापानलगयत विभिन्न देशमा कामदार भिसामा जानका लागि विभिन्न तहको शैक्षिक प्रमाणपत्र तथा अनुभवपत्र बनाइदिने गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उनीहरूका साथबाट नक्कली जग्गाधनी प्रमाणपुर्जा, विभिन्न तहका शैक्षिक प्रमाणपत्र, बैंक तथा सहकारीका लेटरप्याड, छाप, कम्प्युटर, प्रिन्टरलगातय सामग्री बरामत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक