२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

गण्डकी प्रदेशका नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित

२६ जेष्ठ २०८२, आईतवार १६:५७

काठमाडौँ । गण्डकी प्रदेश सरकारको आगामी वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ।

आइतबार बसेको बैठकले तीन दिनसम्मको छलफलपछि नीति तथा कार्यक्रम अनुमोदन गरेको हो। प्रदेश प्रमुख डिल्लीराज भट्टले जेठ २१ गते सभा समक्ष पेश गरेको नीति तथा कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल समाजवादी पार्टीले समर्थन जनाएका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने असहमति जनाएको छ, जबकि राप्रपाका दुई सदस्य मौन बसेका थिए।

छलफलका क्रममा सांसदहरू पक्ष र विपक्षमा विभाजित देखिए। सत्तापक्षका सांसदहरूले नीति तथा कार्यक्रम व्यावहारिक र सन्तुलित भएको भन्दै समर्थन जनाए भने विपक्षी सांसदहरूले कार्यान्वयन पक्ष कमजोर रहेको टिप्पणी गरे।

मुख्यमन्त्रीले उठेका प्रश्नहरूको जवाफ दिएपछि कार्यक्रम मतदानमार्फत पारित भएको हो।

नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ। संघीय संरचना अनुसार असार १ गते सबै प्रदेशले वार्षिक बजेट सार्वजनिक गर्ने तयारी गरिरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…