२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन

२०८२, २९ माघ बुधबार १३:५०

काठमाडौँ | मन्थली नगरपालिका-६ स्थित तामाकोसी नदीमा मंगलबार भएको बस दुर्घटनाका मृतक तथा घाइतेका आफन्तहरूले बुधबार बिहानैदेखि मन्थली बजार क्षेत्रमा प्रदर्शन गरेका छन्। पीडित पक्षले दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै सवारी आवागमन पूर्ण रूपमा बन्द गराएका हुन्। आफन्तहरूको अवरोधका कारण मन्थली बजार र आसपासका क्षेत्रको यातायात सेवा ठप्प भएको छ।

मुख्य सडक खण्डमा सवारी साधन चल्न नसक्दा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् भने बजार क्षेत्रको जनजीवन समेत प्रभावित बनेको छ। मंगलबार काठमाडौँबाट ओखलढुङ्गाको गाम्नाङतर्फ जाँदै गरेको पूर्वी अरनिको यातायात प्रालिको प्रदेश ०३-०१-००५ ख ९९७५ नम्बरको बस तामाकोसी नदीमा खसेको थियो।

दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका छन्। उनीहरूमध्ये सात जनाको धुलिखेल अस्पताल र एक जनाको काठमाडौँको अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा सामान्य घाइते भएका बसका चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

दुर्घटनामा ज्यान गुमाएका ८ जनाको शव मन्थली नगर अस्पताल र ४ जनाको शव रामेछाप अस्पतालमा राखिएको छ। तर, बस सञ्चालक कम्पनीका आधिकारिक प्रतिनिधि हालसम्म सम्पर्कमा नआएका कारण पोष्टमार्टम प्रक्रिया अघि बढ्न सकेको छैन। पीडित परिवारले कम्पनीका जिम्मेवार अधिकारी उपस्थित भएर स्पष्ट धारणा सार्वजनिक नगरेसम्म शव परीक्षण गर्न नदिने अडान राखेका छन्।

स्थानीय प्रशासनले मंगलबार रातिदेखि नै पीडित पक्षसँग संवाद गरिरहेको जनाएको छ। यद्यपि, कम्पनीका तर्फबाट कोही पनि उपस्थित नहुँदा वार्ता निष्कर्षमा पुग्न सकेको छैन। प्रशासनले भने वार्ता र समन्वयमार्फत समस्या समाधान गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला