Skip to content
Friday, July 17, 2026 Nepali Online Media

झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका जनताहरु मधेस प्रदेशमा बस्न चाहदैनन्

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ५, इटहरी (सुनसरी) | पूर्वका झापा, मोरङ, सुनसरी र पश्चिमका कैलाली, कञ्चनपुरलाई मधेस प्रदेशमै राख्नुपर्ने मुख्य मागसहित मधेस केन्द्रित दलहरूले आन्दोलन चलाए पनि यस मागको प्रभाव स्थानीय स्तरमा सकारात्मक छैन ।

पूर्वी तराईका बुद्धिजीवी तथा राजनीतिक अगुवा मधेस केन्द्रित दलहरूको यस मागलाई असम्भव ठान्छन् ।  पूर्वी तराई मधेसका सर्वसाधारण खासगरी जनकपुर वा वीरगन्जलाई आफ्नो प्रदेशको राजधानी मान्न तयार छैनन् ।  उनीहरू विराटनगरलाई आफ्नो राजधानी देख्न चाहन्छन् ।

२ नं. प्रदेशको राजधानी जनकपुर वा वीरगञ्जलाई बनाउने करिब निश्चित रहेको बुझेका मोरङ र सुनसरीका नागरिक अगुवा मधेसी दलहरूले चलाएको आन्दोलनलाई सहयोग र समर्थन गरे पनि आफ्नो प्रदेशको राजधानी जनकपुर वा वीरगन्जलाई मान्ने कुरामा नाक खुम्चयाउँछन् ।  मधेस भूभागलाई मधेस प्रदेशमै राख्नुपर्छ भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन गर्दै आए पनि विवादमा रहेका जिल्लाका वासिन्दा दुई नं. प्रदेशमा जान चाहेको पाइँदैन ।

पाँच जिल्ला मधेस प्रदेशमा गाभिनुपर्छ भन्ने मधेसवादी दलले उठाइरहेको मागको प्रभाव स्थानीय जनस्तरमा देखिँदैन, हाल एक नं. प्रदेशमा रहेका सुनसरीका वासिन्दासमेत विकल्प खोज्नुपर्ने पक्षमा देखिन्छन् ।  बरु उनीहरू झापा, मोरङ, सुनसरी जिल्लामा सप्तरी, सिरहा र उदयपुर मिसाएर नयाँ प्रदेश बनिदिए हुन्थ्यो भन्ने चाहन्छन् ।  त्यसो हुन नसके विवादमा ल्याइएका तीन जिल्लालाई केन्द्र शासित प्रदेश वा विशेष प्रदेशको रूपमा राख्न सकिने तर दुई नं. प्रदेशमा मिलाउन नसकिने अडान उनीहरूको छ ।

मधेसवादी दलका नेताहरूमा दुइटा धारणा पाइएको छ ।  उनीहरूले औपचारिक रूपमा कुरा गर्दा यी तीन जिल्लालाई मधेस प्रदेशमा जसरी पनि मिलाउने कुरा गर्नुहुन्छ भने अनौपचारिक रूपमा कुरा गर्दा मधेस प्रदेशमा जान गाह्रो हुने बताउँछन्।

मधेस प्रदेशमा किन नजाने भन्ने जिज्ञासामा उनीहरूले त्यसको प्रमुख कारण प्रदेशको राजधानी कहाँ भन्ने कुरालाई लिन्छन्।  मधेस प्रदेशको राजधानी जनकपुर हुने लगभग पक्कापक्की नै भइसकेको छ तर झापा, मोरङ र सुनसरीका वासिन्दालाई जनकपुरभन्दा विराटनगर नै प्यारो छ ।  झापा, सुनसरी र मोरङका जनताको मात्र होइन, सिराहा, सप्तरीसम्मका जनतालाई जनकपुर होइन, विराटनगर आकर्षणको केन्द्र भएको छ।  सङ्घीय समाजवादी फोरम नेपाल सुनसरीका सह इन्चार्ज एवम् केन्द्रीय सदस्य एसएन मेहताले झापा, सुनसरी र मोरङलाई मधेस प्रदेशमा मिलाउनुपर्ने माग राख्दै आफूहरूले आन्दोलन गरिरहे पनि जनकपुरलाई राजधानी बनाउने हो भने त्यसलाई स्वीकार गर्न गाह्रो हुने बताउँछन्। -गोरखापत्र