माघ १३, काठमाडौं । मौसम खराबीका कारणले हवाई दुर्घटना भइरहेको कुरालाई दृष्टिगत गरी सरकारले हवाई उडान गरिने बाटो (रुट)को सही सूचना प्रवाह गर्न नयाँ ८८ वटा स्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १३, काठमाडौं । मौसम खराबीका कारणले हवाई दुर्घटना भइरहेको कुरालाई दृष्टिगत गरी सरकारले हवाई उडान गरिने बाटो (रुट)को सही सूचना प्रवाह गर्न नयाँ ८८ वटा स्व"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब यसरि बन्दैछ नेपाली आकाश सुरक्षित

२०७३, १३ माघ बिहीबार ०२:५५


माघ १३, काठमाडौं । मौसम खराबीका कारणले हवाई दुर्घटना भइरहेको कुरालाई दृष्टिगत गरी सरकारले हवाई उडान गरिने बाटो (रुट)को सही सूचना प्रवाह गर्न नयाँ ८८ वटा स्वचालित मौसम सूचना केन्द्र स्थापना गर्ने भएको छ ।

नेपालको एक सय वर्षको हवाई इतिहासमा त्यति नै सङ्ख्यामा हवाई दुर्घटना भएपछि अधिकांश घटना अध्ययन प्रतिवेदनले मौसमको प्रतिकूलतालाई नै दुर्घटनाका कारणका रूपमा देखाएको छ ।  सरकारले देशका संवेदनशील स्थानको पहिचान गरी ती स्थानमा स्वचालित मौसम सूचना केन्द्र स्थापना गर्ने भएको छ ।  अब स्थापना हुने केन्द्रमा सात दिनपछिसम्मका मौसमको पूर्वानुमानित सूचना प्रवाह गर्ने प्रविधि जडान गरिने भएको छ ।

ती मौसम सूचना केन्द्रबाट हवाई उडान रुटको बादलको उचाइ, हवाई उडान हुने रुटमा वर्षा हुन सक्ने अवस्था, तापक्रम, वर्षा, हावाको चाप, सूर्योदय, कृषिका लागि उपयुक्त सूचना, आँधीबेहरी, हिमपात, बाढीलगायतका मौसम पूर्वानुमानसम्बन्धी सही सूचना प्रवाह हुनेछ ।

हाल देशभरमा जम्मा डेढ दर्जन स्वचालित मौसम मापन केन्द्र रहेका छन् भने ती केन्द्रबाट तीन दिनपछिसम्मको सूचनाको पूर्वानुमान गर्न सकिन्छ ।  हाल स्थापना भएका केन्द्रको बीचका दूरी निकै टाढा भएकाले मौसमको पूर्वानुमान गर्न गाह्रो भइरहेको र अब स्थापना हुने नयाँ केन्द्रले देशभरमा बाक्लो उपस्थिति हुने हुँदा सूचनाको विश्वसनीयतमा वृद्धि हुनेछ ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माका अनुसार चार हजार मिटरको उचाइसम्मका स्थानमा ती केन्द्र स्थापना गरिने भएका छन् ।  ती केन्द्र निर्माणका लागि मङ्गलबार विभाग र स्लोभाकियाको परामर्शदाता कम्पनीबीच सम्झौता भएको छ ।  विश्व बैङ्कको ऋण सहयोगमा निर्माण गर्न थालिएका केन्द्र निर्माणका लागि सरकारले ‘ग्लोबल टेन्डर’ आह्वान गरेको थियो ।  हरेक दिनका मौसमसम्बन्धी विभिन्न सही सूचना प्रवाह गर्नका लागि आगामी डेढ वर्षभित्र ती केन्द्र निर्माण गरिसक्ने लक्ष्य सरकारले लिएको छ ।

मङ्गलबार भएको सम्झौता अनुसार आगामी छ महिनाभित्र परामर्शदाता कम्पनीले सबै किसिमका यन्त्र, उपकरण सम्बन्धित स्थानमा ढुवानी गरिसक्ने र आगामी डेढ वर्षभित्र जडानका काम सम्पन्न गरी सूचना प्रवाह गरिेने उल्लेख गरिएको छ ।  ती केन्द्र करिब ४२ करोड रुपियाँको लागतमा निर्माण हुन थालेका विभागले जनाएको छ ।

विभागका महानिर्देशक डा. शर्माले भने, ‘अहिलेका स्टेसनबाट उडान हुने र अवतरण हुने दुवै स्थानको मौसमको अवस्था मात्र देखाउने गरेको तर बीच बाटाको बादलको उचाइ, बदली, झरी भइरहेको वा हावाको गतिलगायतका अन्य सूचना प्रवाह गर्न सक्ने स्थिति छैन ।’ उनले यस्ता समस्याले गर्दा ती दुई स्थानको मौसमलाई मात्र हेरेर उडान भर्ने गरिएको छ तर आउँदा दिनमा बीच बाटोको समेत सूचना समेत दिन सकिने हुँदा हवाई उडानमा सहज हुने बताए। यसका लागि विभागले यो सूचना प्रवाह गर्ने शिलोमिटर जडान गर्ने योजना बनाएको छ। हवाई उडान रुट (बाटो)को समेत अवस्थाबारे यथार्थ सूचना प्रवाह हुने भएपछि नेपाली आकास सुरक्षित हुने आशा विज्ञले गरेका छन् ।

त्यसैगरी हावापानी, वर्षा, खडेरी, बदली हुन सक्ने लगायतका सूचनाले कृषि प्रणालीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  भारी वर्षा, हिमपात हुन सक्ने जस्ता महìवपूर्ण सूचना प्रवाह हुँदा ट्रेकिङ तथा समग्र पर्यटन व्यवसाय पनि लाभान्वित हुने विभागका महानिर्देशक डा. शर्माको भनाइ छ ।

तापक्रमका कारणले मानव स्वास्थ्यमा पारेको असरबारे सरकारलाई रणनीतिक योजना बनाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  महामारी फैलिन सक्ने, रोगको कीटाणु फैलिन सक्ने उपयुक्त वातावरण छ वा छैन लगायतका तापक्रमसम्बन्धी सूचना उपयुक्त समयमा प्रवाह हुँदा मानिस आफैँमा सचेत हुन र सम्बन्धित निकायले सचेतना जगाउने मौका पाउँदा महामारीबाट जोगिन मद्दत हुने विश्वास विभागले गरेको छ ।   -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह