माघ १४, काठमाडौं । चौरको बीचमा उस्तै देखिने दुई वटा घर। इट्टा र माटोको जडान गरिएका दुबै घरको छलमा पानी ट्याङ्की राखिएका थिए । 

एउटा घर पुरै र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १४, काठमाडौं । चौरको बीचमा उस्तै देखिने दुई वटा घर। इट्टा र माटोको जडान गरिएका दुबै घरको छलमा पानी ट्याङ्की राखिएका थिए । 

एउटा घर पुरै र"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटा घर गर्ल्यामगुर्लम्मै ढल्यो,अर्को जस्ताको तस्तै

१४ माघ २०७३, शुक्रबार ०२:३६


माघ १४, काठमाडौं । चौरको बीचमा उस्तै देखिने दुई वटा घर। इट्टा र माटोको जडान गरिएका दुबै घरको छलमा पानी ट्याङ्की राखिएका थिए । 

एउटा घर पुरै रातो माटोले पोतिका थिए भने अर्को घरको ठाउँ ठाउँमा सेतो तेर्सो धर्सा देखिन्थ्यो । दर्शकहरु पालैपालो दुबै घर नियाली रहेका थिए। दुबै घर छिनछिनमा हल्लिन थाले। पहिले रातो मात्रै देखिएको घरमा राखिएको पानीको ट्याङ्की मात्रै ढलेको थियो। जब घरहरु बेस्सरी हल्लियो सेतो धर्सा नदेखिएको चाही घर गर्ल्याममगुर्लुमै ढल्यो । 

भूकम्प प्रतिरोधी घर निर्माणका लागि बिहीबार धादिङबेसीमा डेमो प्रदर्शन गर्दाको दृष्य हो यो। अबको पुननिर्माण भूकम्प प्रतिरोधी बनाऔं भन्ने सन्देश दिन दैवि प्रकोप उद्धार समितिले यस्तो डेमो प्रदर्शन गरेको हो। जिल्लाका सरोकारवाला निकायका प्रमुखदेखि विद्यार्थीसम्म प्रदर्शनी हेर्न पुगेका थिए।

कम्पन मञ्चमा कच्ची र पक्की घरको नमूना राखेर कृत्रिम भूकम्पको धक्का दिएर घरहरु कसरी क्षति पुग्छ भन्ने वारे प्रदर्शनी गरेको थियो। कम्पन दिँदा ढलेको र नढलेको घर हेर्दा खासै फरक थिएन। फरक यक्ति थियो नढलेको घरको गारोमा टाइविम, कुनाबन्धन, शिलबन्धन, लिण्डल र बिम कसिएको थियो, ढलेकोमा थिएन।

हेर्दा उस्तै देखिए पनि घरको गारो (वाल) लगाउँदा बिम र बन्धन राखिएन भने त्यो घर कमजोर हुन्छ। सहरी विकास तथा भवन डिभिजन कार्यालय धादिङका प्रमुख इन्जिनियर दिलिप भण्डारीले भने, ‘निर्माणको बेला केही कुरालाई ख्याल गर्दा पनि भूकम्प प्रतिरोधी घर तथा भवन बन्छ भन्ने सन्देश दिनका लागि हामीले यो प्रदर्शन गरेका हौं।’ -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता