माघ १४, काठमाडौं । चौरको बीचमा उस्तै देखिने दुई वटा घर। इट्टा र माटोको जडान गरिएका दुबै घरको छलमा पानी ट्याङ्की राखिएका थिए । 

एउटा घर पुरै र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १४, काठमाडौं । चौरको बीचमा उस्तै देखिने दुई वटा घर। इट्टा र माटोको जडान गरिएका दुबै घरको छलमा पानी ट्याङ्की राखिएका थिए । 

एउटा घर पुरै र"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटा घर गर्ल्यामगुर्लम्मै ढल्यो,अर्को जस्ताको तस्तै

२०७३, १४ माघ शुक्रबार ०२:३६


माघ १४, काठमाडौं । चौरको बीचमा उस्तै देखिने दुई वटा घर। इट्टा र माटोको जडान गरिएका दुबै घरको छलमा पानी ट्याङ्की राखिएका थिए । 

एउटा घर पुरै रातो माटोले पोतिका थिए भने अर्को घरको ठाउँ ठाउँमा सेतो तेर्सो धर्सा देखिन्थ्यो । दर्शकहरु पालैपालो दुबै घर नियाली रहेका थिए। दुबै घर छिनछिनमा हल्लिन थाले। पहिले रातो मात्रै देखिएको घरमा राखिएको पानीको ट्याङ्की मात्रै ढलेको थियो। जब घरहरु बेस्सरी हल्लियो सेतो धर्सा नदेखिएको चाही घर गर्ल्याममगुर्लुमै ढल्यो । 

भूकम्प प्रतिरोधी घर निर्माणका लागि बिहीबार धादिङबेसीमा डेमो प्रदर्शन गर्दाको दृष्य हो यो। अबको पुननिर्माण भूकम्प प्रतिरोधी बनाऔं भन्ने सन्देश दिन दैवि प्रकोप उद्धार समितिले यस्तो डेमो प्रदर्शन गरेको हो। जिल्लाका सरोकारवाला निकायका प्रमुखदेखि विद्यार्थीसम्म प्रदर्शनी हेर्न पुगेका थिए।

कम्पन मञ्चमा कच्ची र पक्की घरको नमूना राखेर कृत्रिम भूकम्पको धक्का दिएर घरहरु कसरी क्षति पुग्छ भन्ने वारे प्रदर्शनी गरेको थियो। कम्पन दिँदा ढलेको र नढलेको घर हेर्दा खासै फरक थिएन। फरक यक्ति थियो नढलेको घरको गारोमा टाइविम, कुनाबन्धन, शिलबन्धन, लिण्डल र बिम कसिएको थियो, ढलेकोमा थिएन।

हेर्दा उस्तै देखिए पनि घरको गारो (वाल) लगाउँदा बिम र बन्धन राखिएन भने त्यो घर कमजोर हुन्छ। सहरी विकास तथा भवन डिभिजन कार्यालय धादिङका प्रमुख इन्जिनियर दिलिप भण्डारीले भने, ‘निर्माणको बेला केही कुरालाई ख्याल गर्दा पनि भूकम्प प्रतिरोधी घर तथा भवन बन्छ भन्ने सन्देश दिनका लागि हामीले यो प्रदर्शन गरेका हौं।’ -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह