माघ १५, काठमाडौं । यो ‘रेड एन्ड हवाइट’ भवन राष्ट्रपति निवास हो । 

साढे चार वर्ष लगाएर बनाइएको शीतल निवासको यो अत्याधुनिक भवनमा राष्ट्रपति विद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १५, काठमाडौं । यो ‘रेड एन्ड हवाइट’ भवन राष्ट्रपति निवास हो । 

साढे चार वर्ष लगाएर बनाइएको शीतल निवासको यो अत्याधुनिक भवनमा राष्ट्रपति विद"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिको नयाँ अत्याधुनिक भवन यस्तो छ

१५ माघ २०७३, शनिबार ०२:१५


माघ १५, काठमाडौं । यो ‘रेड एन्ड हवाइट’ भवन राष्ट्रपति निवास हो । 

साढे चार वर्ष लगाएर बनाइएको शीतल निवासको यो अत्याधुनिक भवनमा राष्ट्रपति विद्यादेवी भण्डारी माघ ७ देखि बस्न थालेकी छन् । भूकम्पले क्षति पुगेपछि राष्ट्रपति प्रिफेव भवनमा बस्दै आएकी थिइन् । नयाँ भवन भूकम्प जानुअघिदेखि नै बनाउन थालिएको थियो । निवास बन्नुअघिसम्म राष्ट्रपति भवनमै अफिस र निवास थियो । 

राष्ट्रपति बस्नकै लागि यो भवन बनाइएको हो । अफिस भने पुरानै भवनबाट सञ्चालन हुनेछ । पुरानो भवन पछाडि बनाइएको निवासमा चार ब्लक रहेको इन्जिनियर महेश भट्टले बताए । जसलाई ए, बी, सी र डी नाम दिइएको छ । 

ए ब्लक सबैभन्दा ठूलो ५ तलाको छ । जसमा राष्ट्रपति बस्ने हो । अन्य तीन ब्लक दुई तलाका छन् । चारवटै ब्लकबीचमा राणाकालीन शैलीको ‘कोडयार्ड’ अर्थात् पार्टी हल छ । चारवटा ब्लकबाट घेरिएर बनेको हल साठी जना क्षमताको छ । त्यस अतिरिक्त बैठकका लागि अन्य तीनवटा हल छन् ।

निवासमा चारै दिशाबाट प्रवेशद्वार छ । पूर्व ढोकाबाट राष्ट्रपति मात्रै प्रवेश गर्ने व्यवस्था छ । उत्तर ढोकाबाट विदेशी पाहुना, दक्षिण ढोकाबाट नेपाली पाहुना र पश्चिम ढोकाबाट कर्मचारी छिर्ने व्यवस्था छ । राष्ट्रपति बस्ने ए ब्लकको भवन पूरै सेर वाल अर्थात् इँट्टाढुंगाको प्रयोग नगरी ढलानबाट बनाइएको हो । 

सुरक्षाका दृष्टिले यसरी बनाइएको प्राविधिकहरूको भनाइ छ । ब्लक बी, सी र डीमा बैंइकेट, बैठक, हेल्थ सर्भिसलगायत सुवधा छन् । राष्ट्रपतिको उपचार निवासमै गर्न सकिने व्यवस्था छ । एक निजी चिकित्सकका लागि आवाससमेतको व्यवस्था छ । सम्पूर्ण भवनको कन्ट्रोल ग्राउन्ड फ्लोरबाट गरिन्छ ।

अन्डर ग्राउन्डमा हेल्थ क्लब छ । जसमा जिम, सोना स्टिमदेखि सबै सुविधा उपलब्ध छ । अन्डर ग्राउन्डमा कोल्ड स्टोरको व्यवस्थासमेत छ । खासमा यसको प्रयोजन अर्कै छ । मुलुकमा कुनै आपतकालीन अवस्था परेमा राष्ट्रपतिलाई अन्डर ग्राउन्डमै बस्न मिल्ने र त्यहींबाट कार्यालय सञ्चालन गर्न मिल्ने डिजाइनमा बनाइएको हो ।

यसमा सेन्टर हिट प्रणाली जडित छ । भवनको डिजाइन इस्टवेस्ट इन्जिनियरिङले गरेको हो । भवन डिजाइनका लागि गरिएको प्रतिस्पर्धामा यो पहिलो भएको थियो । इस्टवेस्ट इन्जिनियरिङको डिजाइनमा तुन्डी समानान्तर जेवीले भवन निर्माण गरेको हो । भवन बनाउन साढे ६२ करोड रुपैयाँ खर्च भएको छ । -कान्पिुर दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता