माघ २०, काठमाडौं । देशभरका दुई हजार सडक पुलमध्ये आठ सय (४० प्रतिशत) पुल जोखिमपूर्ण अवस्थामा छन् । तत्काल पुनः डिजाइन गरी मर्मतसम्भार र आंशिक विस्थापन नगरे त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २०, काठमाडौं । देशभरका दुई हजार सडक पुलमध्ये आठ सय (४० प्रतिशत) पुल जोखिमपूर्ण अवस्थामा छन् । तत्काल पुनः डिजाइन गरी मर्मतसम्भार र आंशिक विस्थापन नगरे त"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४० प्रतिशत पुल जोखिमपूर्ण, जुनसुकै बेला भाँचिन सक्ने

२० माघ २०७३, बिहीबार ०२:०७


माघ २०, काठमाडौं । देशभरका दुई हजार सडक पुलमध्ये आठ सय (४० प्रतिशत) पुल जोखिमपूर्ण अवस्थामा छन् । तत्काल पुनः डिजाइन गरी मर्मतसम्भार र आंशिक विस्थापन नगरे ती पुलहरू कुनै पनि वेला भत्किन सक्ने सडक विभागले जनाएको छ ।

‘जोखिमको अवस्थामा पुगेकामध्ये करिब ६ सय पुल पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्गमा पर्छन्,’ विभागका उपमहानिर्देशक तथा पुल शाखा प्रमुख सरोजकुमार प्रधानले भने । सामान्यतया एउटा पक्की पुलको आयु ५० वर्ष मानिन्छ । तर, अधिकांश पुल निर्माण भएको ४० वर्ष पूरा भइसकेको छ । केही ४५ वर्ष पुगेका छन् ।

जोखिममा पुगेकामध्ये केहीको ‘लाइफ स्पान’ पूरा हुन लागेका, केही खोलाको बहावका कारण असर गरेका र केही डिजाइनमा कमजोरी हुँदा जोखिमको अवस्थामा रहेका छन् । जोखिमको अवस्थामा पुगेकामध्ये २९ वटा रणनीतिक सडक पुल र ९७ वटा स्थानीय सडक पुल अझ बढी खतरामा रहेको प्रधानले बताए ।

पुल मर्मतमा बजेट थोरै

सडक विभागका अनुसार सरकारले नयाँ पुल निर्माणलाई धेरै प्राथमिकता दिए पनि बनेका पुलको मर्मतसम्भारमा ध्यान दिएको छैन । सडक मर्मत गर्न विनियोजित बजेटसमेत कम रहेको छ । चालू आर्थिक वर्ष ०७३/७४ मा पुल मर्मत गर्न ९० करोड रुपैयाँ विनियोजन गरिएको छ । 

गत आर्थिक वर्ष ०७२/७३ मा ७० करोड रुपैयाँ विनियोजन भएको महानिर्देशक प्रधानको भनाइ छ । यस वर्ष विभागले दुई सय ५४ वटा पुल मर्मतको योजना ल्याएको छ । सरकारले मर्मतसम्भार गर्न पर्याप्त बजेट नदिने र थप माग गर्दा प्रक्रिया पु¥याउँदा–पु¥याउँदै ढिला हुने गरेको विभागका अधिकारीहरूको अनुभव छ । जोखिमको अवस्थामा पुगेका देशभरका पुलको लगत पत्ता लगाउन अध्ययन गर्न मात्र दुई वर्ष लाग्ने विभागले जानकारी दिएको छ । ‘अध्ययन नगरेसम्म के–कस्तो मर्मत गर्ने, कति खर्च लाग्छ भन्ने कुरा यकिन भन्न सकिँदैन,’ उपमहानिर्देशक प्रधानले भने ।

१२ सयवटा पुल निर्माणाधीन

सडक विभाग, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गत अहिले एक हजार एक सय ९१ वटा पुल निर्माण भइरहेका छन । तीमध्ये स्थानीय सडक पुल नौ सय तीनवटा छन् भने रणनीतिक सडक पुल दुई सय ८८ वटा छन् ।

बारादेखि नवलपरासीसम्मका पुल उच्च जोखिममा

महेन्द्र राजमार्गअन्तर्गत बारादेखि नवलपरासीसम्मका ६८ पुल उच्च जोखिममा छन् । यो क्षेत्रमा पर्ने बागमती पुल, चाँदी पुल, रोतोगोला पुल, उनासी, तेह्रकिलो, पासाह, बैजुरा, बालगंगा लगायतका पुल जोखिममा छन् । त्यस्तै, काठमाडौं उपत्यकाभित्रको टेकु–कालीमाटीस्थित पुल पनि जोखिममा छ । ‘बारादेखि नवलपरासीसम्मका पुल उच्च जोखिममा छन् । तर, यही रुटको चितवन जिल्लामा पर्ने पुलहरू भने सुरक्षित छन्,’ सडक विभागको पुल महाशाखाका सिनियर डिभिजनल इन्जिनियर नरेशमान शाक्यले भने ।

मर्मत नगरे विस्थापन मात्र विकल्प

जोखिममा पुगेका पुललाई मर्मत, रिडिजाइन र आंशिक विस्थापन नगर्ने हो भने भत्काएर नया“ निर्माण गर्नुको विकल्प छैन । ‘यस्ता उपाय अपनाउने हो भने जोखिममा रहेका पुलको थप १० वर्ष आयु वृद्धि गर्न सकिन्छ,’ सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले भने । यसले राज्यको करोडौ“ रकम तत्कालका लागि खर्च हुनबाट जोगाउनेछ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता