१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

बाजुरा स्थित हिमाली गाउँपालिका–३ का मतदाता भन्छन्– मत हाल्न जान्नौं

१० बैशाख २०७४, आईतवार ०३:३८

वैशाख १०, बाजुरा | जिल्लाभर स्थानीय तहको चुनावी रन्को बढेको छ। गाउँगाउँमा कसलाई मत दिने छलफल जारी छ। तर सदरमुकामबाट ६० कोस टाडाको हिमाली गाउँपालिका–३ गुम्बा गाउँका मतदाता भने चुनावी चर्चा गर्दागर्दै पनि मतदान गर्न नजाने निर्णयमा पुगेका छन्।

गुम्बा गाउँका मतदाताले उम्मेदवार मन नपरेर या बहिष्कार नीतिका कारण भने मतदान नगर्ने निर्णय गरेका होइनन्। मतदान गरेर घर आइपुग्दा तीन दिन बित्ने भएपछि खर्च र समयको बर्बादी हुने भन्दै उनीहरू मतदान नगर्ने निर्णयमा पुगेका हुन्। २६ परिवारको थातथलो रहेको लाम्पाटा र गुम्बा गाउँका मतदाताका लागि निर्वाचन कार्यालयले डेढ दिन हिँडेर मात्र पुगिने गंगा आधारभूत विद्यालय बौडीमा मतदान केन्द्र कायम गरिदिएपछि उनीहरू रहर हुँदाहुँदै बाध्यतावश मतदान नै नगर्ने निष्कर्षमा पुगेका हुन्।

‘१९ वर्षपछि मत हाल्न पाइने आशा थियो तर मत हालेर आउँदै तीन दिन लाग्ने भएपछि बुढाबुढी र बिरामी लिएर जान नसकिने भएकाले हामीले मत नहाल्ने निर्णय गरेका छौं,’ स्थानीय छिरिङ घोर्चे लामा भन्छन्।

गुम्बा गाउँमा ३० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराकी प्रमुख सुभद्रा गौतम बताउँछिन्। यीमध्ये आठजना महिला र २२ जना पुरुष मतदाता छन्।

मतदान केन्द्र टाढा भएका कारण यसअघिका निर्वाचनमा समेत मत हाल्न जान नसकेको लामाले बताए। दुःख गरेर मत हाल्न गए पनि बस्ने खाने र सहजीकरण गर्ने कार्यमा कसैले सहयोग गर्ने आश्वासन नदिएपछि उनीहरू मताधिकार पाएर पनि सदुपयोग गर्ने निर्णयमा पुगेका हुन्।

‘तीन दिन बिताएर के गर्ने ? हाम्रो सुख कसैले गर्ने होइन,’ लामा भन्छन्। गुम्बा गाउँकै छेवाङ लामा गाउँकै विद्यालयमा मतदान केन्द्र तोक्न सक्ने अवस्था हुँदाहुँदै जबर्जस्ती टाडा लगिएपछि मतदान गर्न जान नसक्ने बताउँछन्। ‘हाम्रो गाउँमा पनि स्कुल छ, तीन दिन हिँड्नुपर्ने ठाउँमा लानै नपर्ने अब हामी कसरी भोट हाल्न जान सक्छौं ?’ लामा गुनासो पोख्छन्। लामाका अनुसार गुम्बा गाउँबाट मतदान केन्द्र भएको ठाउँमा पुग्न युवाहरूलाई कस्सिएर हिँड्दासमेत एक दिन पूरै समय लाग्ने लामा बताउँछन्।

गाउँमा ६० वर्ष नाघेका तीनजना छन् भने आठजना महिला मतदाता रहेका छन्। ‘दुई–तिन दिन खर्च गरेर कुनै उपलब्धि हँुदैन, समस्या जस्ताको त्यस्तै छन्, मतदान गरेर पनि के गर्ने ?’ स्थानीय कालिबहादुर गुरुङ भन्छन्। उनीहरूले २०७० सालको संविधानसभाको निर्वाचनमा पनि गाउँमै मतदान केन्द्र तोक्न पटकपटक माग गरे। तर, जिल्ला निर्वाचन कार्यालयले अर्को पटक व्यवस्था गर्ने आश्वासन दिएको थियो।

गाउँपालिका निर्माणमा धेरै गाविसलाई मिलाइएको र मतदान केन्द्र तोक्दा सुगममा मात्र राखिएका कारण आफूहरू नचाहेर पनि मतदान गर्नबाट वञ्चित हुने अवस्था आएको भन्दै स्थानीय आक्रोसित समेत छन्। जिल्लाको विकट गाउँका रूपमा रहेको बिच्छ्याँको लाम्पाटा र गुम्बा गाउँमा राज्यले बेवास्ता गरेकाले निर्वाचनमा मतदान गर्ने अधिकारबाट वञ्चित हुनुपरेको इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंह बताउँछन्। – राजधानी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण