२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

बाजुरा स्थित हिमाली गाउँपालिका–३ का मतदाता भन्छन्– मत हाल्न जान्नौं

२०७४, १० बैशाख आईतवार ०३:३८

वैशाख १०, बाजुरा | जिल्लाभर स्थानीय तहको चुनावी रन्को बढेको छ। गाउँगाउँमा कसलाई मत दिने छलफल जारी छ। तर सदरमुकामबाट ६० कोस टाडाको हिमाली गाउँपालिका–३ गुम्बा गाउँका मतदाता भने चुनावी चर्चा गर्दागर्दै पनि मतदान गर्न नजाने निर्णयमा पुगेका छन्।

गुम्बा गाउँका मतदाताले उम्मेदवार मन नपरेर या बहिष्कार नीतिका कारण भने मतदान नगर्ने निर्णय गरेका होइनन्। मतदान गरेर घर आइपुग्दा तीन दिन बित्ने भएपछि खर्च र समयको बर्बादी हुने भन्दै उनीहरू मतदान नगर्ने निर्णयमा पुगेका हुन्। २६ परिवारको थातथलो रहेको लाम्पाटा र गुम्बा गाउँका मतदाताका लागि निर्वाचन कार्यालयले डेढ दिन हिँडेर मात्र पुगिने गंगा आधारभूत विद्यालय बौडीमा मतदान केन्द्र कायम गरिदिएपछि उनीहरू रहर हुँदाहुँदै बाध्यतावश मतदान नै नगर्ने निष्कर्षमा पुगेका हुन्।

‘१९ वर्षपछि मत हाल्न पाइने आशा थियो तर मत हालेर आउँदै तीन दिन लाग्ने भएपछि बुढाबुढी र बिरामी लिएर जान नसकिने भएकाले हामीले मत नहाल्ने निर्णय गरेका छौं,’ स्थानीय छिरिङ घोर्चे लामा भन्छन्।

गुम्बा गाउँमा ३० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराकी प्रमुख सुभद्रा गौतम बताउँछिन्। यीमध्ये आठजना महिला र २२ जना पुरुष मतदाता छन्।

मतदान केन्द्र टाढा भएका कारण यसअघिका निर्वाचनमा समेत मत हाल्न जान नसकेको लामाले बताए। दुःख गरेर मत हाल्न गए पनि बस्ने खाने र सहजीकरण गर्ने कार्यमा कसैले सहयोग गर्ने आश्वासन नदिएपछि उनीहरू मताधिकार पाएर पनि सदुपयोग गर्ने निर्णयमा पुगेका हुन्।

‘तीन दिन बिताएर के गर्ने ? हाम्रो सुख कसैले गर्ने होइन,’ लामा भन्छन्। गुम्बा गाउँकै छेवाङ लामा गाउँकै विद्यालयमा मतदान केन्द्र तोक्न सक्ने अवस्था हुँदाहुँदै जबर्जस्ती टाडा लगिएपछि मतदान गर्न जान नसक्ने बताउँछन्। ‘हाम्रो गाउँमा पनि स्कुल छ, तीन दिन हिँड्नुपर्ने ठाउँमा लानै नपर्ने अब हामी कसरी भोट हाल्न जान सक्छौं ?’ लामा गुनासो पोख्छन्। लामाका अनुसार गुम्बा गाउँबाट मतदान केन्द्र भएको ठाउँमा पुग्न युवाहरूलाई कस्सिएर हिँड्दासमेत एक दिन पूरै समय लाग्ने लामा बताउँछन्।

गाउँमा ६० वर्ष नाघेका तीनजना छन् भने आठजना महिला मतदाता रहेका छन्। ‘दुई–तिन दिन खर्च गरेर कुनै उपलब्धि हँुदैन, समस्या जस्ताको त्यस्तै छन्, मतदान गरेर पनि के गर्ने ?’ स्थानीय कालिबहादुर गुरुङ भन्छन्। उनीहरूले २०७० सालको संविधानसभाको निर्वाचनमा पनि गाउँमै मतदान केन्द्र तोक्न पटकपटक माग गरे। तर, जिल्ला निर्वाचन कार्यालयले अर्को पटक व्यवस्था गर्ने आश्वासन दिएको थियो।

गाउँपालिका निर्माणमा धेरै गाविसलाई मिलाइएको र मतदान केन्द्र तोक्दा सुगममा मात्र राखिएका कारण आफूहरू नचाहेर पनि मतदान गर्नबाट वञ्चित हुने अवस्था आएको भन्दै स्थानीय आक्रोसित समेत छन्। जिल्लाको विकट गाउँका रूपमा रहेको बिच्छ्याँको लाम्पाटा र गुम्बा गाउँमा राज्यले बेवास्ता गरेकाले निर्वाचनमा मतदान गर्ने अधिकारबाट वञ्चित हुनुपरेको इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंह बताउँछन्। – राजधानी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह