असार ४, काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवाले ५ नम्बर प्रदेशका तीन जिल्ला नवलपरासी, रूपन्देही र कपिलवस्तुको चुनाव पनि प्रदेश २ सँगै गर्नुपर्ने प्रस्ताव लिएर गएका राजपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ४, काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवाले ५ नम्बर प्रदेशका तीन जिल्ला नवलपरासी, रूपन्देही र कपिलवस्तुको चुनाव पनि प्रदेश २ सँगै गर्नुपर्ने प्रस्ताव लिएर गएका राजपा"/>
2026-09-16 04:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

३ जिल्लाको चुनाव सार्ने राजपाको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार

असार ४, काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवाले ५ नम्बर प्रदेशका तीन जिल्ला नवलपरासी, रूपन्देही र कपिलवस्तुको चुनाव पनि प्रदेश २ सँगै गर्नुपर्ने प्रस्ताव लिएर गएका राजपा नेतालाई ‘असम्भव’ भनेर फर्काएका छन् । माओवादी केन्द्रका नेता मातृका यादवलाई लिएर गएका राजपाका अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवलाई देउवाले ‘अब चुनाव सार्ने प्रस्ताव नगर्न’ आग्रह गरेको स्रोतले बतायो ।

प्रधानमन्त्री देउवाले ‘राजपासँगको सहमतिमै प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति भएको’ उल्लेख गर्दै आन्दोलनको कार्यक्रम यथावत् राख्ने निर्णय राजपाले शुक्रबार गरेकामा असन्तुष्टि प्रकट गरेका थिए ।

तीनवटा प्रदेशका स्थानीय तहमा आइतबार मनोनयन हुँदैछ । चुनावको सक्रिय बहिष्कार गर्ने उद्घोष गरेको राजपाले यसअघि स्थानीय तह थप भएका ११ जिल्लाकै चुनाव असोज २ मा सार्न आग्रह गरेको थियो । चुनाव सम्पन्न भएपछि २ नम्बर प्रदेशबाहेक अन्य ठाउँमा स्थानीय तहको संख्या थप गर्न नमिल्ने भन्दै ११ जिल्लाको चुनाव असोज २ मा गर्नुपर्ने प्रस्ताव राजपा नेता यादवले गरेका थिए । तर देउवाले राजपा नेताहरूसँग भएको अनौपचारिक सहमतिअनुसारै २ नम्बर प्रदेशको चुनाव सारिएको बताउँदै अन्य ठाउँमा चुनाव नरोकिने बताए ।

प्रधानमन्त्री देउवाका सहयोगी भानु देउवाले भने माओवादी केन्द्रका नेता मातृका यादवले समय लिएर भेट्न आएको बताए । ‘राजनीतिक भन्दा पनि व्यक्तिगत कुरा गर्न उहाँहरू आउनुभएको हो’, उनले भने, ‘बाहिर आएजस्तो चुनाव सार्ने प्रस्ताव लिएर आउनुभएको होइन ।’ राजपा नेता यादवले भने प्रधानमन्त्री देउवासँगको भेटघाटबारे केही बताउन चाहेनन् । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग