<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

<"/>
२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यसचिव बन्न दौड सुरू, को छन् लाइनमा ?

२०७४, ८ आश्विन आईतवार ०१:५८

असोज ८, काठमाडौं । सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीको पदावधि सकिनै लाग्दा नयाँ मुख्यसचिव बन्न सरकारका वरिष्ठ सचिवहरू दौडधुपमा लाग्न थालेका छन् । 


मुख्यसचिव क्षत्री आगामी ७ कात्तिकमा ५८ वर्षे सेवा अवधिका कारण अवकाश हुँदै छन् । ‘दसैं तिहारको लामो बिदा पर्ने हुनाले अब मुख्यसचिवका रूपमा काम गर्न १८ दिन मात्रै बाँकी छ’, मुख्यसचिव क्षत्रीले शनिबार अन्नपूर्णसँग भने । 

उनी गत २९ असारमा मुख्यसचिवमा नियुक्त भएका थिए । क्षत्रीको अवकाश मिति नजिकिँदै गर्दा निजामती क्षेत्रकै सबैभन्दा उच्च पदका रूपमा रहेको मुख्यसचिव बन्न मुख्यतः तीन जना सचिव प्रतिस्पर्धामा छन् । आजको तत्कालीन मुख्यसचिव डा.सोमलाल सुवेदी पदावधि १ वर्ष बाँकी नै रहँदा पद त्यागेर एडीबीमा जागिर खान गएपछि क्षत्रीले छोटो अवधिका लागि मुख्यसचिव हुने अवसर पाएका थिए ।

हाल रहेका करिब ५० जना सचिवमध्ये ज्येष्ठताका आधारमा मुख्यसचिवको प्रतिस्पर्धामा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्वय शंकरप्रसाद अधिकारी र ङइन्द्रप्रसाद उपाध्याय छन् । त्यसो त यी तीनभन्दा वरिष्ठ सचिवमा अर्थसचिव शान्तराज सुवेदी र शिक्षासचिव शान्तबहादुर श्रेष्ठ पनि छन् । तर, मुख्यसचिव क्षत्री सेवानिवृत्त हुनुभन्दा ५ दिनअघि नै यी दुवै सेवानिवृत्त हुने भएकाले उनीहरू मुख्यसचिवको प्रतिस्पर्धामा छैनन् । सुवेदी र श्रेष्ठ पाँचवर्षे सचिवको पदावधि सकेर २ कात्तिकमा सेवानिवृत्त हुँदै छन् ।

दौडमा तीन सचिव

मुख्यसचिवको दौडमा गृहसचिव लोकदर्शन रेग्मी सबैभन्दा अघि छन् । एक उच्च अधिकारी भन्छन्, ‘गृहसचिव रेग्मी जोसँग पनि सम्बन्ध राख्न सिपालु छन् । त्यसमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणासँग उनको विशेष सम्बन्ध छ । त्यसकारण यो दौडमा उनी अघि छन् ।’ रेग्मीको प्रमुख तीनवटै दल कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूसँग सम्बन्ध राम्रो भएको चर्चा सिंहदरबारमा चल्ने गर्छ । एमाले नेता विष्णु पौडेल अर्थमन्त्री हुँदा रेग्मीलाई अर्थसचिव बनाएका थिए ।

यस्तै, कांग्रेस नेता विमलेन्द्र निधि गृहमन्त्री भएका बेला निधिले रेग्मीलाई अर्थबाट गृहमा ल्याएका थिए भने अहिले माओवादी नेता जनार्दन शर्मा गृहमन्त्री हुँदा पनि गृहसचिव उनै छन् । समकालीनहरू उनलाई मन्त्रीको ‘एसम्यान’ भनेर टिप्पणी गर्छन् । ‘मन्त्रीहरूले जस्तोसुकै खराब काम गराउन दबाब दिए पनि त्यसको प्रतिरोध गर्दैनन् बरु सहर्ष स्विकार्छन्’, उनका एक समकालीनले अन्नपूर्णसँग भने । यी सबैका बाबजुद आगामी मुख्यसचिवको दौडमा धेरैले रेग्मीलाई नै अघि बढेको देखेका छन् ।

तर, मुख्यसचिवको प्रतिस्पर्धामा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शंकरप्रसाद अधिकारीले आफू तीन जना प्रतिस्पर्धीमध्ये ज्येष्ठताका आधारमा आफू हुनुपर्ने दाबी गर्छन् । ‘मुख्यसचिव बनाउँदा ज्येष्ठतालाई नै मुख्य प्राथमिकता दिनुपर्छ । 

त्यसका आधारमा एक नम्बर मै हुँ । राजनीतिक नेतृत्वले यस विषयमा ध्यान दिन जरुरी छ’, सचिव अधिकारीले भने । उनले थपे, ‘ब्युरोक्रेसीलाई एउटा नम्र्स र सिस्टममा चलाउन पनि ज्येष्ठता र कार्यसम्पादन दुवैलाई महत्वपूर्ण आधार बनाएर मुख्यसचिव नियुक्ति गर्नुपर्छ ।’ज्येष्ठताका आधारमा पहिलो नम्बरमा अधिकारी, दोस्रो नम्बरमा उपाध्याय र तेस्रो नम्बरमा गृहसचिव रेग्मी हुन् ।

सचिव अधिकारीलाई सरकारले केही दिनअघि मात्रै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट निर्वाचन आयोगमा सरुवा गरेको थियो । अधिकारीलाई निर्वाचन आयोगमा सरुवा गरिएको तीन दिनभित्रै फेरि निर्वाचन आयोगबाट तानेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेर ‘पेन्डुलम’ पार्ने काम गरिएको थियो । 

‘यही सरकारले पेन्डुलम बनाएका अधिकारीलाई यही सरकारबाट मुख्यसचिव बनाउने कुरै छैन त्यसैले उनको सम्भावना निकै न्यून छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने । अधिकारी मुख्यसचिव नभए पनि उनी ०७५ साल ६ साउनसम्म सचिवका रूपमा कार्यरत रहनेछन् ।

अर्का प्रतिस्पर्धी ङइन्द्रप्रसाद उपाध्याय मुख्यसचिव बन्ने सम्भावना निकै न्यून छ । उनको राजनीतिक दलका नेतासँग खासै निकट सम्बन्ध छैन । मन्त्रीहरूले गर्न खोज्ने खराब काममा यिनले साथ नदिने गरेको भए पनि उनीमाथि निर्णय क्षमता कमजोर रहेको आरोप लाग्ने गरेको छ । उपाध्याय मुख्यसचिव नभए पनि ०७५ साल ६ साउनसम्म सचिवका रूपमा कार्यरत रहनेछन् ।

‘सिस्टम’ बिगार्ने सुवेदी

२० साउन ०७५ सम्म कार्यकाल भएका तत्कालीन मुख्यसचिव सोमलाल सुवेदी मुख्यसचिव पद त्यागेर १ साउनदेखि एडीबीमा जागिर खान गएका थिए । मुख्यसचिवको पद बीचैमा छाडेर हिँडिदिएपछि मुख्यसचिवको अनुमानयोग्य बढुवा प्रणाली नै बिग्रन पुगेको थियो । 

सुवेदी तोकिएको कार्यकाल मुख्यसचिवका रूपमा रहेको भए हालका मुख्यसचिव क्षत्रीले मुख्यसचिव हुने अवसर पाउँदैनथे भने मुख्यसचिव बन्ने दौडमा रहेका रेग्मी, अधिकारी र उपाध्याय कसैको पनि मुख्यसचिव बन्ने सम्भावना रहँदैनथ्यो । सुवेदीभन्दा पहिला उनीहरू सबै सेवानिवृत्त हुन्थे ।

एडीबीमा जागिर खान नगएर २० साउनसम्म मुख्यसचिव सुवेदी कार्यरत भइरहेको भए त्यतिबेला ज्येष्ठ सचिवका रूपमा लोकसेवा आयोगका सचिव मधुप्रसाद रेग्मी र ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायबीच मात्रै मुख्य सचिवका लागि प्रतिस्पर्धा हुने अवस्था थियो । तर, अहिले भने उनीहरू दुवैको मुख्यसचिव हुने बाटो बन्द भएको छ ।

मुख्यसचिवका मुख्य जिम्मेवारी

मुख्यसचिव नेपाल सरकारको प्रमुख प्रशासकीय अधिकारी हो र सोही हैसियतमा निजले आफ्नो जिम्मेवारी वहन गर्ने गर्छ । सरकारका हरेक गतिविधिमा मुख्यसचिवले निर्णायक भूमिकासमेत खेल्न सक्छ । मुख्यसचिवले प्रधानमन्त्रीको सुपरिवेक्षण तथा निर्देशनको अधीनमा रही प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासनिक प्रमुखका रूपमा कार्यालयको कार्यसम्पादन गराउने गर्छन् भने सरकारका सचिव तथा अन्य विशिष्ट श्रेणीका अधिकृतको सुपरिवेक्षकको हैसियतले निजहरूले सम्पादन गरेका कार्यको सुपरिवेक्षण गर्ने तथा सचिवले सम्पादन गर्नुपर्ने कार्यमा आवश्यक निर्देशन दिने काम मुख्यसचिवले गर्छन् । निजामती प्रशासनको सर्वोच्च पद भएकाले मुख्यसचिव पद सबैका लागि आकर्षक पद हो । -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल