२८ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी पोलिट्ब्युरो बैठकमा कसले के–के भने ?

२२ आश्विन २०७४, आईतवार ०१:४७

असोज २२, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तालमेलसहित एकीकरणसम्मको निर्णय लिँदा अत्यन्तै तनाव र दबाब झेलेको बताएका छन् । 

शनिबार माओवादी पोलिटब्युरो बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘अहिलेको परिस्थितिमा अपर्झट तालमेलसहित एकता संयोजन समिति गठन गर्ने सानो कुरा होइन । यस्तो निर्णयले चारैतिर तरंग पैदा भएको छ । यस्ता ठूलो निर्णय गर्दा पार्टीबाट संस्थागत निर्णय, बहस, छलफल नगरीकन नेतृत्वले आकस्मिक रूपमा गर्ने निर्णयले धेरै नेतालाई चिन्तित पनि बनायो,’ प्रचण्डले भने ।

त्यसअघि केही पोलिट्ब्युरो सदस्यले त्यस्तो निर्णय गर्दा पार्टीको कुनै तहको बैठकबाट किन निर्णय गराइएन भनी राखिएको जिज्ञासा राखेका थिए । जवाफमा उनले जिज्ञासा जायज भए पनि कहिले काँही त्यस्तो निर्णय गर्न पर्याप्त समय नमिल्ने भन्दै नेतृत्वले जोखिम उठाउने अवस्था आउने भन्दै नेताहरूलाई आश्वस्त पार्न खोजेका थिए ।

पार्टी एकीकरणको पहल एमालेले गरेको होइन

अहिलेको एकीकरण पहल एमालेले नगरेको प्रचण्डले दाबी गरे । ‘जनयुद्धमा हँुदा पनि वामदेव गौतमसँग मेरो कुरा भइरहन्थ्यो । उहाँसँग एक किसिमले भावनात्मक सम्बन्ध जोडिएको छ । स्थानीय तह निर्वाचनमा पनि तालमेल गर्नुपर्छ भन्नुभएको थियो, तर हुन सकेन ।

अहिले प्रदेश र संघको निर्वाचनमा पनि तालमेलको कुरा वामदेवजीबाटै आएको हो । तर, मैले तालमेलले मात्र हुँदै पार्टी एकीकरण नै गरौँ भनेँ । त्यसपछि एमाले नेतृत्वसँग गम्भीर छलफलहरु भए र चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति जुट्यो,’ प्रचण्डले भने ।

जनयुद्धजस्तै शान्ति प्रक्रियामा अर्को जोखिम लिएँ

जनयुद्धजस्तै शान्ति प्रक्रियाको अर्को जोखिम मोलेको प्रचण्डले बताए । ‘हामीले जनयुद्धमा अनेक दुःख, कष्ट गरेर जोखिम मोल्यौँ । जनयुद्धबाट शान्ति प्रक्रियामा आउँदा पनि जोखिम नै मोलेका हौँ, बीचमा पार्टी फुट विभाजन झेल्यौँ, अहिले सबै कम्युनिस्ट एकीकरण र धु्रवीकरण हुँदै थियौँ । एमालेसँग तालमेलसहित एकीकरण गर्ने निर्णय पनि जनयुद्ध जत्तिकै जोखिमपूर्ण हो,’ उनले भने ।

एकीकरणसँगै समाजवादको ठूलो घान हालेका छौँ

एकीकरणसँगै समाजवादको ठूलो घान हालेको प्रचण्डले दाबी गरे । ‘यो बहस र छलफलको अन्त्य होइन, सुरुवात हो । सानो स्केलमा भित्र आफैँभित्रको बहस छलफलले समाजवादसम्म पुग्न सम्भव छैन । सम्भव हँुदैन पनि । एउटा मात्र धाराले मात्र पुग्दैन, शक्तिशाली लिडरसिपको विकास गर्न बृहत् वाम एकता हुनुपर्छ,’ उनले भने ।

एमाले माओवादी कोही पनि विलय हुने होइन

एमाले र माओवादी केन्द्र एकआपसमा विलय नहुने प्रचण्डले बताए । दुई पार्टीबीचको एकताले एउटा नयाँ खालको पार्टी निर्माण गर्ने उनको भनाइ थियो । ‘यदि कसैले एकले अर्कोलाई खाने भन्ने सोचेको छ भने कोही कतै पुग्न सक्दैन,’ उनले भने, ‘हामी शान्ति प्रक्रियामा आएपछि पहिलो संविधानसभा निर्वाचनमा ठूलो दल भयाैँ । पहिलो शक्ति भएपछि एमालेलाई सजिलै पचाउन सकिन्छ भन्ने भयो । 

तर, दोस्रो संविधानसभा निर्वाचनमा त्यसको ठीक उल्टो एमालेले माओवादीलाई पचाउने अवस्थामा आयो । यस्तो भएपछि एमालेमा अहंकार पलायो । माओवादी विभाजन भयो, धेरै राष्ट्रघाती काम पनि भए । जनताबाट बदनाम पनि भयो माओवादी सकियो भन्ने एमालेलाई पर्यो ।’

प्रदेश नम्बर २ को निर्वाचनपछि माओवादी शक्ति हो, यसलाई पचाउन सकिँदैन भन्ने निष्कर्षमा एमाले पुगेको प्रचण्डले दाबी गरे । माओवादीले चाह्यो भने एमालेलाई १० वर्ष सत्ताबाहिर राख्न सक्ने बुझेरै तालमेलसहित एकीकरणसम्मको वातावरण बनेको प्रचण्डले बताए ।

सहमतिअनुसार निर्वाचनसम्म सरकारलाई साथ दिन्छाैँ

माओवादी कांग्रेस सहमतिअनुसार आगामी निर्वाचनसम्म साथ दिने प्रचण्डले बताए । ‘हामी र कांग्रेसबीच सरकारलाई निर्वाचनसम्म साथ दिने सहमति भएको थियो । सोहीअनुसार निर्वाचनसम्म सरकारलाई साथ दिन्छौँ,’ उनले भने ।

एमालेसँगको तालमेल कसैका विरुद्ध होइन

प्रचण्डले वाम तालमेल र एकता कसैका विरुद्ध नभई देश र जनताका लागि भएको दाबी गरे । ‘एमालेसँग एकीकरण गर्ने विषयलाई कांग्रेसले अतिरञ्जित रूपमा लिएको छ,’ उनले भने, ‘शान्तिपूर्ण लोकतान्त्रिक ढंगले वामपन्थी गठबन्धन जान्छ । कुनै क्रान्तिका लागि वामपन्थी गठबन्धन बनाएको होइन ।’ अर्को गठबन्धन बनाई निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्न कांग्रेसलाई प्रचण्डले आग्रह गरे ।

बैठकमा कुन नेताले के भने ?

सावित्रीकुमार काफ्ले 
संयोजक प्रदेश नम्बर १

यस प्रदेशमा स्थानीय निर्वाचनमा माओवादीको उपस्थित सोचेजस्तो राम्रो हुन सकेन । एमाले माओवादी एकतासम्म जाने निर्णय भएपछि कार्यकर्तामा अन्योल छ । एकतामा गए कतै एमालेले माओवादीलाई खोने त होइन भन्ने डर पैदा भएको छ ।

मातृका यादव 
इन्चार्ज प्रदेश नम्बर २

यस प्रदेशको स्थानीय निर्वाचनमा उम्मेदवार जिताउने मामिलामा नेताहरू मिल्न सकेनौँ । वस्तुगत आधारमा यस प्रदेशमा पहिलो हुने अवस्था भए पनि हाम्रा उम्मेदवारलाई हाम्रैले हराए । एमालेसँग एकता गर्ने विषयलाई सकारात्मक रूपमा लिनुपर्छ । तर, माओवादी एमालेकरण हुने होइन, माओवादी एमालेकरण हँुदा समाजवादी क्रान्ति हुँदैन । त्यसैले, एमालेलाई माओवादीकरण बनाउँदै समाजवादी क्रान्ति गर्नुपर्छ ।

हितमान शाक्य 
इन्चार्ज प्रदेश नम्बर ३

यस प्रदेशमा स्थानीय निर्वाचनमा राम्रो नतिजा ल्याउन सकेनौँ । संगठानिक रूपमा कमजोर हुँदा राम्रो नतिजा नआएको हो । एमालेसँग एकतासम्म गर्ने भनेपछि ठूलो तरंग गएको छ । कार्यकर्ताबाट फोन आइरहेका छन् । पार्टीले के गर्न खोजेको हो भन्ने जस्तो अन्योल छ ।

देव गुरुङ
इन्चार्ज प्रदेश नम्बर ४

यस प्रदेशमा माओवादी कमजोर भएको स्वीकार गर्नुपर्छ । एमाले काग्रेससँग तालमेल गर्ने भनियो । पछि कुनै दलसँग पनि तालमेल हुन सकेन । जसले गर्दा स्थानीय निर्वाचनमा राम्रो नतिजा आएन । एमालेसँगको एकता सकारात्मक छ । पार्टी नेतृत्वले विश्वासका साथ कदम चालेको छ । एकतालाई सफल पार्नुपर्छ ।

वर्षमान पुन 
इन्चार्ज प्रदेश नम्बर ५

माओवादीको यस प्रदेशमा स्थानीय निर्वाचनमा सन्तोषजनक नतिजा आयो । पहिलो चरणको निर्वाचनमा एमालेको प्रभावले दोस्रो चरणमा प्रभाव परेपछि कम नतिजा आयो । एमाले माओवादी एकता गर्ने भनेपछि तरंग भएको छ । एकता गर्ने भनेपछि कार्यकर्तामा ठूलो जिज्ञासा छ ।

मायाप्रसाद शर्मा 
संयोजक प्रदेश नम्बर ६

यस प्रदेशमा ७९ स्थानीय तहमध्ये २७ एमाले, कांग्रेस र माओवादीले २५÷२५ तह जितेका छन् । पार्टी एकता गर्दा नेतृत्व, विचार र सिद्धान्तको हिसाबमा सोच्नुपर्छ भन्ने छ । सोलोडोलो मिल्ने कुराले माओवादी जनयुद्धले प्राप्त गरेका उपलब्धिसहित मृत्यु, बेपत्ता, घाइतेको विषयमा अर्कै ठाउँमा जान्छ कि भन्नेछ ।

लेखराज भट
इन्चार्ज प्रदेश नम्बर ७

माओवादी एमालेमा विलय भएको भन्ने खालका अभिव्यक्ति आएका छन् । सैद्धान्तिक र वैचारिक रूपमा यस्ता विषय तलसम्म पु¥याउन आवश्यक छ । समग्रमा एमाले–माओवादी तालमेलले कार्यकर्तामा उत्साह देखिएको छ । -नयाँ पत्रिका दैनिक 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई भद्रकालीको हिरासतमा राखिने, सोमबार अदालत हाजिर गरिने केरलामा दलित छात्रालाई सामूहिक बलात्कार, ६४ आरोपितमध्ये २० जना पक्राउ एनपीलगत्तै चन्द्र भण्डारीलेपनि गरे अध्यादेशको विरोध ओलीप्रति नेपालको कटाक्ष : अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरू सत्ताका लागि मसँग दौडिएर आए ८४ को चुनावपछि मात्र कांग्रेस महाधिवेशन हुन्छ : शशाङ्क कोइराला रवि लामिछानेलाई फेरि पठाइयो हिरासत पाँच वर्षमा कृषि अनुदानमा १ खर्ब ७ अर्ब खर्च बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस हुने मकवानपुरमा दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा नेकपा एससँग एकता गर्न हच्किए वामदेव गौतम, अभियानको बैठक अनिर्णित आर्मीले जित्यो पहिलो खेल, पुलिससँग फाइनल खेल्ने पक्का जय ट्रफीमा आर्मीलाई मधेशले दियो २८ रनको लक्ष्य लोकसेवा आयोग, विद्युत् प्राधिकरण र शिक्षा मन्त्रालयविरुद्ध सर्वोच्चमा रिट दायर नेपालमा टी२०आई खेल्न आउने नेदरल्याण्ड्स महिला क्रिकेट टोलीको घोषणा जय ट्रफी एलिट कप क्रिकेट: रित र शुभको अर्धशतकमा बागमतीले दियो पुलिसलाई ११६ रनको लक्ष्य काठमाडौँ जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु सरकारले अध्यादेश ल्याउनु गलत, ओली एकलौटी अघि बढे : एनपी साउद दुई हजार करोड क्लबतर्फ लम्किँदै ‘पुष्पा-२’ कोलम्बियामा विमान दुर्घटना: १० जना मृत फेला, ५ जना एकै परिवारका