२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेलम्ची खानेपानीको सुरुङ दुई महिनाभित्र तयार हुँदै

२०७४, २२ कार्तिक बुधबार ०१:३६

कात्तिक २२, काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम अबको दुई महिनाभित्रै पूरा हुने भएको छ । 

अब करिब १२ सय मिटर मात्रै सुरुङ खन्न बाँकी छ । हाल दैनिक १८ मिटरका दरले खन्ने काम भइरहेकाले ६२ दिनभित्रै सुरुङ तयार भइसक्नेछ। आगामी १५ पुसभित्र सुरुङको ‘ब्रेक थ्रु’ हुने आयोजनाले जनाएको छ । यो खबर टेकराज थामीले आजको नयाँ पत्रिकामा लेखेका छन् ।

आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले आगामी १५ पुस आसपासमा सुरुङ खन्ने काम पूरा हुने बताए। ‘अब १२ सय मिटर सुरुङ खन्न बाँकी छ। दैनिक १८ मिटर सरदरमा खन्ने काम भए बाँकी भाग खन्न ६२ दिनमै ब्रेक थ्रु हुन्छ,’ उनले भने।

लार्के र यांग्रीको डिपिआर अन्तिम चरणमा

मेलम्ची खानेपानीको दोस्रो फेजका रूपमा लार्के र यांग्री खानेपानी आयोजना निर्माण कार्य यसै वर्ष सुरु हुनेछ। यसका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

डिपिआर पास भएलगत्तै लार्के र यांग्री खानेपानी आयोजना निर्माण कार्य अघि बढ्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक देवकोटाको भनाइ छ।

उनका अनुसार लार्के र यांग्रीको पानी राजधानी ल्याउन ११ किमि सुरुङ खन्नुपर्छ । ‘लार्के र यांग्री खानेपानी आयोजनाका डिपिआर दुई महिनामा सकिनेछ। त्यसलगत्तै सुरुङ निर्माणका लागि टेन्डर आह्वान हुनेछ। यसै आर्थिक वर्षभित्र काम सुरु गर्ने लक्ष्य छ,’ उनले भने।

लार्के र यांग्रीको डिपिआर स्पेनिस परामर्शदाता इपिसाले तयार गर्दै छ । १० महिनादेखि डिपिआर निर्माणमा लागेको इपिसाले दुई महिनाभित्र सबै काम सक्ने जनाएको छ । योजनाअनुसार लार्के र यांग्री खोलाबाट दैनिक ३४ करोड लिटर खानेपानी काठमाडौं उपत्यका ल्याइनेछ । यसपछि मेलम्ची खानेपानीको सुरुङ भएर दैनिक ५१ करोड लिटर पानी उपत्यका भित्रिनेछ ।

९६ प्रतिशत काम पूरा

सिन्धुपाल्चोकको मेलम्चीबाट पानी ल्याउन २७.५८४ किमि सुरुङ खन्नुपर्ने हुन्छ। त्यसमध्ये २६.५८४ किमि सुरुङ खनिसकिएको छ । हालसम्म ९६ प्रतिशत सुरुङ खन्ने काम सम्पन्न भइसकेको आयोजनाको भनाइ छ। यसक्रममा करिब २२ अर्ब रुपैयाँ सकिइसकेको छ। आयोजनाका लागि झन्डै २७ अर्ब रुपैयाँ बजेट विनियोजित गरिएको छ ।

आयोजनाका अनुसार अहिले अम्बाथानको तल्लो भाग, सिन्धुको माथिल्लो भाग र ग्याल्थुमको माथिल्लो र तल्लो दुवै भागबाट सुरुङ खन्ने काम दु्रत रूपमा अघि बढेको छ । 

‘सुरुङ खन्न चार प्रतिशत मात्र बाँकी छ, द्रुत रूपमा काम सक्न ठेकेदार कम्पनीले सोहीअनुसार कामदार खटाएको छ । यसले चाँडै आयोजना पूरा हुनेमा आत्मविश्वास जगाएको छ,’ कार्यकारी निर्देशक देवकोटाले भने ।

स्वदेशी र विदेशी व्यवसायीबीचको विवाद साम्य

मेलम्ची खानेपानी आयोजनाको जिम्मा लिएको इटालियन कम्पनी सिएमसी डी राभेना र नेपाली व्यवसायीबीचको विवाद पनि साम्य भएको छ। सिएमसीविरुद्ध संघर्ष समिति नै गठन गरेका नेपाली व्यवसायीले काठमाडौंवासीको मेलम्ची सपना छिटोभन्दा छिटो पूरा गर्न इटालियन कम्पनीसँगको सहकार्य र समझदारी जारी रहने जनाएका छन् ।

हाई हिमालय मेगाटेकका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘विवादका रूपमा राखिएका सबै माग हामीले फिर्ता लिएका छौँ। र, सो कम्पनीको अपमान हुने गरी व्यक्त भएका विचारहरूप्रति क्षमाप्रार्थी छौँ ।’ मुख्य कम्पनी, नेपाली ठेकेदार र सर्वसाधारण सबै मिलेर यो परियोजना छिटो सक्ने लक्ष्यमा आफूहरू स्पष्ट रहेको पनि सो कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी