३ मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘डेञ्जर जोन’ मा देउवादेखि बाबुरामसम्म, कसले बाजी मार्ला ?

२८ कार्तिक २०७४, मंगलवार ०२:१४

कात्तिक २८, काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा र पाँच जना पूर्वप्रधानमन्त्री प्रतिस्पर्धामा छन् ।

निरन्तर राजनीतिमा सक्रिय पूर्वप्रधानमन्त्री केही आफ्नै पूर्ववत् निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दै छन् भने केहीले नयाँ क्षेत्र रोजेका छन्।  यसअघिका चुनावी परिणाम र हालैको स्थानीय निर्वाचनको मत परिणामले पूर्वप्रधानमन्त्रीहरूको ‘सेफ’ र ‘डेन्जर जोन’ भने मिश्रित छ।

प्रधानमन्त्री देउवा आफ्नो नियमित निर्वाचन क्षेत्र डडेलधुराबाट चुनावमा प्रतिस्पर्धा गर्दै छन्। देउवासँग वाम गठबन्धनका तर्फबाट (माओवादी केन्द्र)का उम्मेदवार खगराज भट्ट तेस्रोपटक चुनावी मैदानमा छन्। भट्ट २०६४ र २०७० को संविधानसभा निर्वाचनमा देउवासँग पराजित भएका थिए।  दोस्रो संविधानसभा २०७० को मतान्तर ११ हजारभन्दा बढी थियो।

तर, हालैको स्थानीय निर्वाचनको नतिजाअनुसार देउवालाई सजिलो नभएको पनि आकलन गरिँदै  छ।  यसपटक वाम गठबन्धन एकै ठाउँमा रहेका कारण प्रधानमन्त्री देउवाका लागि चुनावी परिणाम यसअघिको जस्तो सहज नदेखिएको हो।  अङ्क गणितका हिसाबले स्थानीय निर्वाचनमा वाम दल काँग्रेसभन्दा आठ हजार मतले अघि छन्।

अहिलेसम्मका पाँचवटा संसदीय निर्वाचनमा अविजित देउवा अङ्क गणितमा यो पटक ‘डेन्जर जोन’मा देखिन्छन्। भट्टलाई दुई पटकको हारपछि जित हासिल गर्ने अवसर पनि छ।  डडेलधुरामा प्रतिनिधिसभामा छ उम्मेदवार प्रतिस्पर्धामा छन्।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल काठमाडौँ–२ बाट प्रतिस्पर्धामा छन्।  नेता नेपालको मुख्य प्रतिस्पर्धी काँग्रेसका दीपक कुइँकेल हुन्।  दोस्रो संविधानसभा उपनिर्वाचनमा पाँच हजारभन्दा बढी मतले कुइँकेल यही क्षेत्रबाट निर्वाचित भएका हुन्। संविधानसभा सदस्यमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित नेता नेपालले उक्त क्षेत्र छाडेका थिए।

पहिलो संविधानसभा (२०६४) मा दुई क्षेत्रबाट अनपेक्षित हार बेहोरेका नेता नेपाल २०७० को निर्वाचनमा रौतहट–१ र काठमाडौँ–२ बाट निर्वाचित भएका थिए। दुई क्षेत्रबाट निर्वाचित नेपालले कानुनी व्यवस्थाअनुसार काठमाडौँ–२ छाडेका हुन्। उक्त स्थानमा भएको उपनिर्वाचनमा काँग्रेसका कुइँकेल विजयी भए।

स्थानीय तहको अङ्क गणित र २०७० मा आठ हजारभन्दा बढीको मतान्तर नेपालको पक्षमा भए पनि निर्वाचित क्षेत्र छोड्नुले नेपालमाथि मतदाताले प्रश्न उठाएका छन्।  काठमाडौँ–२ मा प्रतिनिधिसभाका लागि २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल वि.सं. २०६४ र २०७० को संविधानसभा सदस्य निर्वाचनमा इलाम–१ बाट निर्वाचित भएका थिए।  योपटक पनि खनाल त्यही क्षेत्रबाट प्रतिस्पर्धामा छन्। खनालका मुख्य प्रतिस्पर्धी काँग्रेसका भूपेन्द्र कट्टेल छन्।  लगातार दुईपटक सोही क्षेत्रबाट निर्वाचित खनाल ह्याट्रिकको दौडमा छन् भने कट्टेल पहिलो जितको दौडमा उत्रिएका छन्।  य

सअघिको मतपरिणाम र स्थानीय तहको नतिजा भने खनालको पक्षमा छ।  प्रतिनिधिसभामा त्यस क्षेत्रबाट आठ जना प्रतिस्पर्धी छन्।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०६४ को संविधानसभा सदस्य निर्वाचनमा झापा–७ बाट तत्कालीन एमाओवादीका युवानेता विश्वदीप लिङ्देनसँग पराजय बेहोरेका थिए। २०७० को निर्वाचनमा भने ओली विजयी भए।

तुलनात्मक रूपमा ओली सुरक्षित निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा छन्। ओलीका मुख्य प्रतिस्पर्धीमा काँग्रेसका डा. खगेन्द्र अधिकारी छन्। शिक्षण पेसामा संलग्न अधिकारी उम्मेदवार बन्न त्रिभुवन विश्वविद्यालयको जागिर छाडेर झापा पुगेका हुन्। झापा–५ बाट प्रतिनिधिसभामा ओलीसहित १४ प्रतिस्पर्धी छन्।

जन्मथलो चितवनमा पहिलोपटक उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसामु कडा चुनौती छ।  काँग्रेसको बलियो क्षेत्र मानिएको चितवन–३ मा काँग्रेसकै समर्थनमा उम्मेदवार बनेका राप्रपा (प्रजातान्त्रिक)का विक्रम पाण्डे प्रचण्डका लागि चुनौती हुन्।

सशस्त्र सङ्घर्षपछिको पहिलो संविधानसभा सदस्य निर्वाचनमा प्रचण्ड रोल्पा–१ र काठमाडौँ–१० बाट निर्वाचित भएका थिए। दोस्रो संविधानसभामा रोल्पा छोडेका प्रचण्डलाई काठमाडौँका मतदाताले अस्वीकार गरे पनि सिरहा–५ का मतदाताले जनप्रतिनिधि चुने।

योपटक प्रचण्ड पुरानो निर्वाचित क्षेत्र सिरहा पनि छोडेर जन्मथलो चितवन पुगेका छन्। एमालेको सहयोगमा उम्मेदवार बनेका प्रचण्डलाई लोकतान्त्रिक गठबन्धनको चुनौती कमजोर नहुँदा ‘डेन्जर जोन’का रूपमा हेरिएको छ।

शान्तिपूर्ण राजनीतिमा रूपान्तरण भएपछि पहिलोपटक गोरखा–२ का मतदाताले डा. बाबुराम भट्टराईलाई दुई तिहाइ मत दिएका थिए।  गोर्खाली जनताको मतमा भट्टराई अर्थमन्त्री हुँदै प्रधानमन्त्री बने। दोस्रो संविधानसभा निर्वाचनमा उनले दुई क्षेत्र रोजे।  रूपन्देही–४ का मतदाताले पराजित गर्दा उनी गोरखाबाट पुनः बहुमत मतका साथ विजयी भए।

संविधान जारीपछि भट्टराईले राजनीतिक दिशा परिवर्तन गर्दै संसद्बाट पनि बाहिर आएपछि नयाँ दल गठन गरे।  अहिले उनी नयाँ शक्ति पार्टीका नामबाट पुनः गोर्खाली जनताको घरदैलोमा छन्। भट्टराईको प्रतिस्पर्धीमा उनकै मूल पार्टीका नेता नारायणकाजी श्रेष्ठ छन्।

भट्टराईका लागि श्रेष्ठ कडा चुनौती हुन्। एमालेको सहयोगमा उम्मेदवार बनेका श्रेष्ठ पछिल्लो अङ्क गणितमा केही अघि देखिएका छन्। भट्टराईलाई काँग्रेसको बलियो साथ छ।  पहिलो चरणमा निर्वाचन हुने ३७ क्षेत्रमध्ये अत्यन्तै रोचक निर्वाचन क्षेत्रका रूपमा गोरखा–२ लाई हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर चिसो बढ्दो, जुम्लामा तापक्रम झन्डै -४°C मा झर्‍यो राष्ट्रिय कृषि कम्पनीमा १६१ जनाभन्दा बढी कर्मचारी माग(सुचनासहित) कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा चेम्बरको जोड रोमानिया पठाइदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था बलियो बनाउन आयोगको आग्रह पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि चीनमा पोथी पाण्डाको ‘मार्सल आर्ट’ नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ ले कति कमायो ? सुदूरपश्चिम रोयल्सले धनगढीमा गर्यो भव्य र्‍याली दमननाथ ढुंगानाएक ऐतिहासिक व्यक्तित्व हुनुुहुन्थ्यो : अध्यक्ष दाहाल सी चिनफिङ र जो बाइडेनबीच भेट, ट्रम्पसँग सहकार्य गर्ने विषयमा छलफल पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ? चेक बाउन्स मुद्दामा कैद सजाय सुनाइएका गुण्डा नाइके सत्यमान पक्राउ ‘पुष्पा २’ को ट्रेलर रिलिज कार्यक्रममा अल्लू अर्जुनका फ्यानमाथि लाठीचार्ज भ्रष्टाचार मुद्दामा सफाइ पाएका पूर्व मुख्यसचिव अर्यालले दिए राजीनामा ‘ह्रस्व दीर्घ’को प्रवर्द्धन गर्न नेपाल आए प्रदीप पाँच दिनपछि उठाइयो नगरकोटी दप्पतीको शव, ५२ लाख क्षतिपूर्ति दिने सहमति कर्मचारी कार्यालय पुगिसकेपछि सार्वजनिक बिदा आज बढ्यो सुनचाँदीको भाउ! पृथ्वीराजमार्ग आजदेखि २० दिनसम्म दैनिक चार घण्टा बन्द हुने