२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनमा तीन प्रकारको मतपत्र हुन्छ: यसरी गर्नुस् मतदान

९ मंसिर २०७४, शनिबार ०१:४८

मङ्सिर ९, काठमाडौँ । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदानका लागि अब २४ घण्टाको समय बाँकी छ । निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारीसहित आवश्यक सामग्री पुर्याइसकेको छ ।

शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण सुरु भएको छ । मतदाता परिचयपत्र वितरणसँगै आयोगका कर्मचारीले मतसङ्केतको विधिसमेत मतदातालाई बुझाइरहेका छन् । सर्वोच्चको आदेश अनुसार अन्तिम समयमा मतपत्र परिमार्जन गरेसँगै आयोगले यो पटक पनि मतदाता शिक्षा कार्यकर्ता परिचालनमा केही ढिलाइ गरेको थियो ।

मतदाता शिक्षाका लागि कर्मचारी मतदाताका घरघरमा पुग्न ढिलाइ भएसँगै यो पटक पनि मतदाता शिक्षा कार्यक्रम सोचेजस्तो प्रभावकारी भएको पाइन्न । कतिपय मतदाता मतसङ्केतको विधिमा अन्योल छन् भने निर्वाचन आयोग पनि अघिल्लो पटकभन्दा बदर मत कम हुनेमा आशावादी छ । तर विश्वस्त छैन ।

निर्वाचन आयोगले भने मतदाता शिक्षाको प्रचारप्रसारलाई प्राथमिकता दिएको जनाएको छ । आयोग प्रवक्ता नवराज ढकालले मतदाता शिक्षा आयोगको प्राथमिकता भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले मतसङ्केत गर्ने विधि सिकाउनेदेखि अन्य प्राविधिक कुराको जानकारी दिन मतदाता शिक्षा कार्यकर्ता सबैतिर खटाएका छौँ । आमसञ्चार माध्यबाट समेत प्रभावकारी रूपमा प्रचारप्रसार गरेका छौँ । ’

यसरी दिनुस् मत

यो पटक निर्वाचनमा तीन प्रकारका मतपत्र छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ र प्रदेशसभाको प्रत्यक्षतर्फ छुट्टाछुट्टै रङका मतपत्र छन् । प्रतिनिधिसभा प्रत्यक्षका लागि हरियो रङको मतपत्र छ । हरियो रङको मतपत्रमा हरियो रङका नै चुनाव चिह्न छन् । मतदाताले आफूले चाहेको दल वा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्नमा मत दिनुपर्नेछ । एकभन्दा बढी चिह्नमा मत दिए स्वतः बदर हुनेछ । यस्तै, प्रदेशसभाको प्रत्यक्षका लागि कालो रङको मतपत्र छ । कालो रङको मतपत्रमा सोही रङकै चुनाव चिह्न छन् । मतदाताले मतपत्रमा उल्लेख चिह्नमध्ये एउटामा मात्र मतसङ्केत गर्नुपर्नेछ ।

समानुपातिकमा भने एउटै पानामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिने दलका चुनाव चिह्न छन् । रातो रङको पानामा रहेको माथिल्लो भागमा प्रतिनिधिसभाको समानुपातिकमा भाग लिने दलका चुनाव चिह्न छन् । मतदाताले कुनै एउटा दलको चिह्नमा मात्र मत दिन पाउछन् । यस्तै तल्लो भागमा प्रदेशसभाको समानुपातिकमा भाग लिने दलको चिह्न रहनेछ । जसमध्ये पनि मतदाताले आफूले रोजेको कुनै एउटा दलको चिह्नमा मात्र मत दिन पाउनेछन् । एकभन्दा बढी चिह्नमा मत दिए मत बदर हुनेछ ।

यसरी हुन्छ बदर

मतदाताले एकभन्दा बढी निर्वाचन चिह्नमा मतसङ्केत गरे मत बदर हुन्छ । यस्तै, चुनाव चिह्न रहेको कोठा बाहिर मतसङ्केत भएमा पनि मत बदर हुन्छ । मतसङ्केत गर्दा स्वस्तिक चिह्न बाहेक अन्य कुनै वस्तु प्रयोग भएमा पनि मत बदर हुन्छ । यस्तै मतदान अधिकृतको सही नभएको मतपत्रबाट मतदान गरेमा पनि मत बदर हुन्छ । मतदाताले यो पटक तीनवटा मतपत्रको चार ठाउँमा आफूले रोजेको उम्मेदवार वा दलको चुनाव चिह्नमा मत दिन पाउनु हुनेछ ।  गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई भद्रकालीको हिरासतमा राखिने, सोमबार अदालत हाजिर गरिने केरलामा दलित छात्रालाई सामूहिक बलात्कार, ६४ आरोपितमध्ये २० जना पक्राउ एनपीलगत्तै चन्द्र भण्डारीलेपनि गरे अध्यादेशको विरोध ओलीप्रति नेपालको कटाक्ष : अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरू सत्ताका लागि मसँग दौडिएर आए ८४ को चुनावपछि मात्र कांग्रेस महाधिवेशन हुन्छ : शशाङ्क कोइराला रवि लामिछानेलाई फेरि पठाइयो हिरासत पाँच वर्षमा कृषि अनुदानमा १ खर्ब ७ अर्ब खर्च बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस हुने मकवानपुरमा दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा नेकपा एससँग एकता गर्न हच्किए वामदेव गौतम, अभियानको बैठक अनिर्णित आर्मीले जित्यो पहिलो खेल, पुलिससँग फाइनल खेल्ने पक्का जय ट्रफीमा आर्मीलाई मधेशले दियो २८ रनको लक्ष्य लोकसेवा आयोग, विद्युत् प्राधिकरण र शिक्षा मन्त्रालयविरुद्ध सर्वोच्चमा रिट दायर नेपालमा टी२०आई खेल्न आउने नेदरल्याण्ड्स महिला क्रिकेट टोलीको घोषणा जय ट्रफी एलिट कप क्रिकेट: रित र शुभको अर्धशतकमा बागमतीले दियो पुलिसलाई ११६ रनको लक्ष्य काठमाडौँ जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु सरकारले अध्यादेश ल्याउनु गलत, ओली एकलौटी अघि बढे : एनपी साउद दुई हजार करोड क्लबतर्फ लम्किँदै ‘पुष्पा-२’ कोलम्बियामा विमान दुर्घटना: १० जना मृत फेला, ५ जना एकै परिवारका