2026-09-14 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्याला माग्दा प्रहरीकै गोलीबाट मारिए म्यादी प्रहरी

पुस ८, सुर्खेत । जिल्ला प्रहरी कार्यालय कालिकोटले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै शुक्रबार बिहान म्यादी प्रहरीलाई अबिर लगाएर बिदा गर्‍यो । 

बिहान हात मिलाएर खुसीसाथ बिदा भएका उनीहरू दिउँसो एकाएक प्रहरी कार्यालय फर्किए। तलब र भत्ता कम भएको गुनासो गर्न पुगेका उनीहरूको कुरा सुन्न कार्यालयले अटेर मात्रै गरेन, प्रहरीले अन्धाधुन्द लाठीचार्ज गरेर लखेट्ने प्रयास गर्‍यो। झडपक्रममा प्रहरीले गोली चलाउँदा एक जना म्यादी प्रहरीको मृत्यु नै भयो। यो खबर ललितबहादुर बुढाले आजको अन्नपूर्णमा लेखेका छन्।

निर्वाचन सुरक्षाका लागि दुई महिनासम्म सँगै काम गरेका म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा सान्नीत्रिवेणी गाउँपालिकाका २१ वर्षीय विवेक ऐडीको ज्यान गएको हो। 

टाउकोमा गोली लागेका उनी जिल्ला प्रहरी कार्यालयको गेटमै ढलेका थिए। निर्वाचनमा खटिएबापतको भत्ता माग्न गएका ऐडी आफूलाई अबिर लगाएर बिदा गर्ने प्रहरीकै हातबाट मारिए। उनको ज्यान गएपछि सदरमुकाम मान्म तनावग्रस्त बनेको छ।

झडपमा अन्य दुई जना म्यादी प्रहरी घाइते भएका छन्। उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। घटनापछि म्यादीले मान्ममा रहेका प्रहरीका दुईवटा बिट तोडफोड र आगजनी गरे भने प्रहरीले हवाईफायर र अ श्रुग्यास प्रहार गरेर तिनलाई धपाउने प्रयास गरेको थियो। कालिकोटका डीएसपी सुवासचन्द्र बोहोराले भने, ‘हामीले तलब–भत्ताको बारेमा सबै स्पष्ट पारेका थियौं। 

बिहान खुसी हुँदै अबिर लगाएर बिदा भएका हुन् तर दिउँसो एकाएक प्रहरी कार्यालय घेर्न आए, दुखद् घटना हुन पुग्यो।’

सरकारले तोकेको सबै रकम र सुविधा उपलब्ध गराएको उनको दाबी छ। तर म्यादी प्रहरीले भने जुम्लाको तुलनामा आफूहरूलाई कम भत्ता दिइएको गुनासो गरेका छन्। आफूहरूले पाउनेभन्दा कम रकम दिइएकाले आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ।

अवस्था नियन्त्रणमा नआएपछि बाध्य भएर गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै म्यादी प्रहरीले शुक्रबार अबेरसम्म मान्ममा प्रदर्शन गरेका छन्। आफ्नो माग पूरा नभएसम्म र सहकर्मीको हत्या गर्ने प्रहरीलाई कारबाही नगरिएसम्म आन्दोलन जारी राख्ने उनीहरूले जनाएका छन्।

प्रहरीले ज्यादति गरेको भन्दै स्थानीय बासिन्दाले पनि कडा विरोध जनाएका छन्। उनीहरूले घटनाको छानबिन गर्न माग गरिरहेका छन्। म्यादी प्रहरीले भत्ता कम दिइएको गुनासो गरे पनि प्रहरीले तोकिएकै रकम दिइएको जनाएको छ। 

प्रहरीका अनुसार म्यादीले पाउनुपर्ने तलब, पोसाकभत्ता र रासन खर्च गरी ५८ हजार तीन सय रुपैयाँ उपलब्ध गराइएको छ। पहिलो किस्ता २३ हजार पहिले नै खातामा जम्मा भएको र दोस्रो किस्ताअन्तर्गत ३५ हजार तीन सय पनि खातामा जम्मा हुने प्रहरीको भनाइ छ।

जिल्ला प्रशासन कार्यालयले भने म्यादीले एकाएक ढुंगामुढा गरेपछि अवस्था तनावपूर्ण बनेको जनाएको छ। म्यादीको गोलीले नभई ढुंगाले लागेर मृत्यु भएको हुनसक्ने प्रशासनको दाबी छ। 

यद्यपि जिल्ला अस्पतालले पोस्टमार्टम गरेपछि मात्र यसको पुष्टि हुने जनाएको छ। प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले भने, ‘हामीले अबिर लगाएर उहाँहरूलाई बिदा गरेका हौं, तलब र भत्ताको बारेमा पनि उहाँहरू सन्तुष्ट भएर जानुभएको थियो। 

तर बिचमा निर्वाचन बिथोल्न खोज्नेहरूले उचालेको देखियो। निर्वाचन नचाहनेहरूले नै म्यादीलाई भड्काएर द्वन्द्व सिर्जना गरेका हुन्।’ उनले अवस्थालाई सामान्य बनाउन स्थानीय दलहरूसँग परामर्श भइरहेको जानकारी दिए। 

म्यादीले जुम्लाको जति भत्ता पाउनुपर्ने माग गरिरहेका छन् तर कालिकोट प्रहरीले भने जुम्लाको तुलनामा कालिकोटको स्थानीय भत्ता कम भएकाले दिन नसकिएको जनाएको छ। ०००१) सहकर्मीलाई प्रहरीको गोली लागेपछि उपचारका लागि लैजाँदै म्यादी प्रहरी।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले