२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले-माओवादी एकताबारे बाहिर आएका सबै कुरा झुटा हुन्, सत्य के हो त ?

२०७४, १६ पुष आईतवार ०३:२५

पुस १५, काठमाडौँ | एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता जनअनुमोदित भइसकेको बताउँछन् माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा । अब चाहेर पनि दुवै पार्टी एकताबाट पछि हट्न नसक्ने उनको दाबी छ । महरासँगको राकृष्ण अधिकारीले गरेको कुराकानी आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । कुराकानीको केही अंश:

कहाँ पुग्यो एकता प्रक्रिया ?

छलफल चलिरहेको छ । अहिले सबै विषयमा टुंगो लागिसक्यो भन्ने बेला भएको छैन । दुईथरी पार्टी, दुई धारले चलेको पार्टीबीच एकता हुँदैछ । एकता गर्दा हाम्रो सोच भनेको दुवैको यथास्थितिको संरचना भंग गर्ने, पुरानोलाई भंग गरेर नयाँ अर्थमा खोज्ने खालको छ । एक अर्कामा विलयको अर्थमा होइन, एकअर्कालाई रुपान्तरण गरेर नयाँ चिजमा जाने, नयाँ उचाइमा उठाउने हाम्रो सैद्धान्तिक सहमति छ । बजारमा आएको हल्ला सत्यमा आधारित छैनन्

सत्य केहो त ?

सत्य यो हो कि, एकताका लागि आन्तरिक रुपले नेताहरु र खासगरी कमरेड केपी ओली र कमरेड प्रचण्ड बसिरहनुभएको छ । देशको आवश्यकता, जनताको आवश्यकता र आकांक्षा प्रतिबिम्बित हुने गरी पार्टी एकता हुन्छ ।

वाम गठबन्धन निर्माण, पार्टी एकता गर्नेदेखि सरकार गठनसम्म उत्तरको हात रहेको आरोप दक्षिणले लगाएको छ नि ?

पार्टी एकता गर्ने कुरा दुई पार्टीका दुई शीर्ष नेता बसेर आन्तरिक रुपमा गरेको विषय हो । यसमा वैदेशिक शक्ति केन्द्रहरुको हात छैन । यो हाम्रो आफ्नो मामिला भएकाले दुइटै पार्टीका नेताहरु बसेर गरेको फैसलालाई नितान्त कसैबाट निर्देशित, हस्तक्षेपकारी भूमिकाबाट भएको भन्ने आरोप सत्य होइन ।

नेपालका लागि भारतीय पूर्वराजदूतहरुले मिडियामा अन्तर्वार्ता दिँदा वा लेख नै लेखेर उत्तरको हात रहेको बताइरहेका छन् त ? त्यसलाई कसरी असत्य भन्ने ?

उहाँहरुले क कसरी वा कुन आधारमा त्यस्तो टिप्पणी गरिरहनुभएको छ, थाहा छैन । त्यो सत्यमा आधारित छैन । उहाँहरुले आफैंले बोलिरहेका त्यस्ता अभिव्यक्तिको पुष्टि उहाँहरुले आफैंले पनि गर्न सक्नु हुन्न ।

त्यसो भए कहिलेसम्म हुन्छ पार्टी एकता ?

छिट्टै हुन्छ । सरकार बन्ने प्रक्रियामा (शुक्रबार) अध्यादेश जारी भएपछि अगाडि गएको छ । यो सँगसँगै अब पार्टी एकता प्रक्रिया अगाडि बढ्छ ।

नयाँ सरकार एमाले माओवादीको मात्रै बन्छ कि मधेसकेन्द्रित दल पनि सहभागी हुन्छन् ?

पार्टीगत एकता भयो भने, एमाले र माओवादीको पहिला बन्छ । त्यसपछि अरु दललाई पनि नजिक ल्याउने र संयुक्त मोर्चा बनाउने गरी जान सकिन्छ । संयोजन समितिमा छलफल हुन्छ । को हाउँछन्, आउँदैनन् भन्ने कुरा अहिल्यै भन्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस