Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ माघ १६ गते, राति २:४९ बजे
कास्की - KSK

पोखरामा दश चितुवा मृत भेटिए

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १६, पोखरा । कास्कीमा बैशाखदेखि अहिलेसम्म १० वटा चितुवा मृत फेला परेका छन् । 

जिल्ला वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालका अनुसार कास्कीका विभिन्न ठाउँमा ती चितुवा मृत फेला परेका हुन् । 

मृत फेला परेकामध्ये ७ वटा भाले र ३ वटा पोथी चितुवा रहेका छन् । साउन, भदौ र असोजमा १/१ वटा, पुसमा ४ वटा र माघमा ३ वटा चितुवा मृत फेला परेको जिल्ला वन कार्यालयले जनाएको छ ।