पढ्न करिब 1 मिनेट लाग्छ
<p><b> वैशाख १०, सर्लाही</b> | सर्लाहीमा एक जनप्रतिनिधिले राजीनामा दिइसकेपछि सचिवलाई कुटपिट गरेका छन् । सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अवधेश मण्डलले वडाका सचिव रामेश्वर पण्डितलाई कुटेका हुन् ।<br></p><p>शुक्रबार दिउँसो वडाध्यक्षबाट राजीनामा दिएर वडाको सबै सरसामान बरबुझारथ गरेर ल्याएको भरपाईमा सही गर्न नमानेका कारण मण्डलले आफूलाई कुटेको पण्डितले बताए । 'वडा कार्यालयमा भएका सबै सामान बरबुझारथ गरेको र आफूले जिम्मा लिएको कागज गरिदिएको थिएँ,' उनले भने, ' उनले फेरि अर्को कागज ल्याए, जुन कागजमा मैले सही गर्न मिल्ने थिएन, त्यसका सही गर्दिन भनेपछि मलाई कुर्सीले हाने ।’</p><p>उनले वडाध्यक्षले सही गर्न लगाएको कागजपत्र नगरपालिकाले मात्र प्रमाणित गर्न मिल्ने खालको भएको बताए । वडाअध्यक्षको कुटाइबाट घाइते भएका सचिव पण्डितलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि सर्लाही अस्पतालमा पठाइएको थियो । तर वडाध्यक्ष मण्डलले भने आफूले कसैलाई कुटपिट नगरेको दाबी गरे । उनले भने, ‘वडा कार्यालयमा के भएको हो मलाई थाहा छैन ।’</p>

