अराज सिहं बेल्बासे । भदौ २४, कपिलवस्तु | नेपाल सरकार शिक्षा मन्त्रालयको गत वर्षदेखि लागु गरेको तत्काल सुधारको कार्ययोजना २०७३/७४ अनु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अराज सिहं बेल्बासे । भदौ २४, कपिलवस्तु | नेपाल सरकार शिक्षा मन्त्रालयको गत वर्षदेखि लागु गरेको तत्काल सुधारको कार्ययोजना २०७३/७४ अनु"/>
2026-09-16 10:16 AM
कपिलवस्तु - KPL

कपिलवस्तुको नेपाल आदर्श मावि प्रदेशकै नमुना बन्न सफल

अराज सिहं बेल्बासे । भदौ २४, कपिलवस्तु | नेपाल सरकार शिक्षा मन्त्रालयको गत वर्षदेखि लागु गरेको तत्काल सुधारको कार्ययोजना २०७३/७४ अनुसार कपिलवस्तुको श्री नेपाल आदर्श मा.वि शिवराज पाँच नम्वर प्रदेशकै नमुना सामुदायिक मावि बन्न सफल भएकोछ । शिक्षा नियमावली र निर्देशीकाले तोकेका मापदण्ड अनुसारको विद्यालयको आफ्नै प्रयाप्त जग्गा र भवन, उच्च बिद्यार्थी संख्या, प्राविधिक विषयको पढाई ,सुरक्षा र वजार पहुचले सुगम, शिक्षक दरवन्दीको प्रयाप्तता आदीका आधारमा गरिएको मुल्यांकनमा आदर्श मावि शिवराज प्रथम भएको हो ।

प्रतिस्प्रधाका लागि आवेदन दिएका पाँचवटा मावि मध्ये नेपाल आदर्श मावि शिवराज प्रथम हुदै ५ नम्वर प्रदेशकै एकमात्र नमुनाको रुपमा छनौट भएको सहायक जिल्ला शिक्षा अधिकारी सूर्य भुसालले वताए । शिक्षा मन्त्रालयले तोकेको मापदण्ड अनुसार कपिलवस्तुका ५ वटा सहित अन्य जिल्लाका दर्जनौ माविलाई पछिपार्दै यो मावि नमुना वनेको हो ।

कपिलवस्तुवाट नमुना मा.वि.का लागि आवेदन दिने विद्यालयहरुमा जनता मा.वि. वाणगंगा पिपरा, गौतम बुद्ध मावि जयनगर, छत्रपाली तीर्थादेवि मावि पकडी, बुद्ध पदम मावि तौलिहवा रहेका थिए । यी चारवटा माविहरु सफल हुन सकेनन । नेपाल आदर्श मावि शिवराज जिल्लामा मत्रै प्रथम भएन ।सिंगो प्रदेशमा सफल भएर जिल्लाको शान वढाएकोछ जिसिअ हरिराज गौतमले स्पष्ट पार्नु भयो । यता सो माविका प्रधानाध्यापक मुक्तिराम पोख्र्रेलले प्राप्त सफलताले गौरवान्वित महशुस भएको बताउनु भयो । तत्काल सुधार कार्ययोजनाको कार्यान्वयन सम्बन्धमा शिक्षा मन्त्रालयको शैक्षिक नक्साङ्कन शाखाले हालसम्म गरेको प्रगति अध्ययन तथा विष्लेषण गरेर नतिजा सार्वजनिक गरेको हो ।

५ नम्वर प्रदेश स्तरमा नमुना सामुदायिक आवासीय माविको रुपमा विकासीत हुने अवसर प्राप्त गर्ने गरि कपिलवस्तुको नेपाल आदर्श मावि शिवपुर परेको हो । यसले आवासिय विद्यायल भवन निर्माणका लागि रकम पाउनेछ । सुविधा युक्त पुस्तकालय, खेलकुद तथा मनोरञ्जन पार्क, सबै भाषामा पढाउन पाउने गरि दरवन्दी थप, आधुनिक प्रविधीयुक्त पठन पाठन पद्धतीमा सहयोग मन्त्रालयले पुर्याउनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु