२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

एनआरएन

मध्यपूर्वको शक्ति र विश्वव्यापी समर्थनका साथ एनआरएनए आईसीसी उपाध्यक्षमा प्रविन गुरुङको उम्मेदवारी

२०८२, ११ फाल्गुन सोमबार ०९:१८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) उपाध्यक्ष पदमा प्रविन गुरुङको उम्मेदवारीले प्रवासी नेपाली राजनीतिमा नयाँ समीकरणको संकेत दिएको छ । मध्यपूर्वमा रहेका लाखौँ नेपाली श्रमिक, व्यवसायी तथा पेशागत समुदायको प्रतिनिधित्व गर्दै आएका गुरुङ अहिले संस्थाभित्र परिणाममुखी, समन्वयकारी र एकतामुखी नेतृत्वका रूपमा उभिएका छन् ।

एनआरएनए कतारको उपाध्यक्षबाट सुरु भएको उनको यात्रा मध्यपूर्व डिआरसी, क्षेत्रीय संयोजक, आईसीसी सचिव हुँदै उपमहासचिवसम्म सफलतापुर्वक पुगेको छ। अघिल्लो निर्वाचनमा अत्याधिक मतका साथ उपमहासचिवमा निर्वाचित भएपछि उनले संस्थाभित्र कार्यसम्पादनकै आधारमा विश्वसनीयता निर्माण गरेका थिए ।

संकटमा देखिएको सक्रियता, संरचनामा देखिएको परिणाम

उपमहासचिवको जिम्मेवारी सम्हाल्दा गुरुङले दूतावास, श्रम कूटनीति संयन्त्र र एनआरएनए सञ्जालबीच प्रभावकारी समन्वय गर्दै समस्यामा परेका नेपालीहरूको उद्धार, कानुनी सहजीकरण, स्वास्थ्य सहयोग तथा सामाजिक सुरक्षा अभियानमा सक्रिय भूमिका निर्वाह गरे।

कोभिड–१९ महामारीका बेला विदेशबाट अक्सिजन सिलिन्डर तथा स्वास्थ्य सामग्री नेपाल पठाउने पहल, मध्यपूर्वमा अलपत्र परेका श्रमिकहरूको व्यवस्थापन, र आपतकालीन राहत संयोजनले उनको नेतृत्वलाई व्यवहारिक र परिणाममुखी बनायो। महाभूकम्पपछिका राहत वितरण र पुनःस्थापनामा प्रत्यक्ष सहभागिता जनाउँदै उनले “संकटमा साथ दिने एनआरएनए” को छवि सुदृढ गरेका थिए।

गुरुङले मध्यपुर्वमा रहेर आफ्नो ब्याबसाय र सामाजिक कार्यसङ्गै नेपाली कलाकारितालाई पनि बिश्वमाझ चिनाउन सक्रिय भुमिका खेलेका छन । उनले कतारमा नेपाल आईडलको ग्रान्ड फिनाले,द भ्वाईस अफ नेपालको ग्रान्ड फिनालेजस्ता चर्चित कार्यक्रम गराईसकेका छन । उनले एनआरएनए सिङ्गिङ आईडल गराउनसमेत बिशेष योगदान दिएका थिए ।

मध्यपूर्वदेखि विश्वसम्म फैलिएको समर्थन

कतार, साउदी अरब, यूएई, कुवेत, ओमान र बहराइनजस्ता देशमा सक्रिय नेपाली समुदायबीच गुरुङले संस्थाप्रति अपनत्वको भावना विकास गराएका छन्। श्रमिकदेखि व्यवसायी, युवा देखि पेशागत वर्गसम्मलाई जोड्ने उनको शैलीले मध्यपूर्वमा एनआरएनएको आधार विस्तार भएको विश्लेषण गरिएको छ।

उनलाई एशिया प्यासिफिक, अमेरिकाज र युरोपियन क्षेत्रबाट समेत व्यापक समर्थन प्राप्त भइरहेको छ। यसले उनको उम्मेदवारीलाई क्षेत्रीय सीमाभन्दा धेरै माथि उठाएर विश्वव्यापी समर्थनसहितको दाबेदारीमा रूपान्तरण गरेको छ।

एकता, प्रत्यक्ष निर्वाचन र संस्थागत सुधारको एजेन्डा

एनआरएनएभित्र देखिएको मतभेद अन्त्य गर्दै संस्थालाई एकताबद्ध बनाउने उनको मुख्य एजेन्डा हो। “देश र नेपालीका लागि स्थापना भएको संस्था आफैंभित्र जुधेर बस्नु हुँदैन,” भन्ने उनको स्पष्ट धारणा छ।
प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने उनको प्रस्तावलाई संस्थागत लोकतन्त्र सुदृढीकरणको पहलका रूपमा हेरिएको छ। पारदर्शिता, सहभागिता र जवाफदेहितालाई प्राथमिकता दिने नेतृत्व आवश्यक रहेको उनको तर्क छ।

भाषणभन्दा काम, पदभन्दा सेवा र प्रचारभन्दा परिणामलाई प्राथमिकता दिने कार्यशैलीका कारण प्रविन गुरुङ आज आईसीसी उपाध्यक्ष पदका लागि केवल उम्मेदवार मात्र नभई संस्थागत स्थायित्व, एकता र प्रभावकारी नेतृत्वको प्रतीकका रूपमा उभिएका छन्। उनको उम्मेदवारीलाई बिश्वले स्वागत गरेको छ ।

आगामी निर्वाचनले एनआरएनएको भावी दिशा निर्धारण गर्ने सन्दर्भमा गुरुङको उम्मेदवारीलाई मध्यपूर्वका लाखौँ नेपालीको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा संस्थागत र निर्णायक रूपमा स्थापित गर्ने अवसरका रूपमा विश्लेषण गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त