सन्तोषकुमार गुप्ता । असोज, १२ दाङ । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने तयारी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । असोज, १२ दाङ । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने तयारी "/>
२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

स्थानीय निकाएको निर्वाचन कसैले चाहदैमा रोकिदैन – वर्षमान पुन

२०७३, १२ आश्विन बुधबार १७:३२

सन्तोषकुमार गुप्ता । असोज, १२ दाङ । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने तयारी भइरहेको छ भन्ने हल्ला वाईह्यात हल्ला मात्रै भएको बताएका छन् । रिपोटर्स क्लव नेपाल दाङ शाखाले बुधवार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्वोधनगर्दै नेता पुनले त्यस्तो बताएका हुन । उनले भने ‘कुन भाषालाई राष्ट्रिय भाषा बनाउने भन्ने सवाल भाषा आयोग र संवैधानिक आयोगको सिफारिसको आधारमा मात्रै हुने कुरा हो ।’ उनले यो केवल राजनीतिक रुपमा उत्तेजना फैलाउन गरिएको षडेन्त्र मात्रै भएको बताए । त्यस्तै उनले अंगिकृत नागरिकताको सवाल उठाएर राष्ट्र भक्त जनतालाई विभाजन गर्न र भड्काउनकालागि गरिएको षडेन्त्रको संज्ञा दिए । यो विषय संघीय कानुनले निर्णय गर्ने भएकोले राजनीतिक फाईदाका लागि प्रतिपक्षीले अर्नगल प्रचार गरिरहेको उनले आरोप लगाए । नेता पुनले भने ‘ अब भारतवाट मात्रै बुहारी भित्र्याईन्छ भन्नु गलत हो , यूरोपबाट पनि बुहारीहरु नेपाल आउन सक्छन ।’

रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उनले संघीय कानुन बन्दैन कि भन्ने चिन्ता जायज रहेपनि अन्तरिम संविधानमा टकेर बैवाहिक अंगिकृत नागरिकता बनाउन सकिने बताए । उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले दुईदेश विच चिसिएको सम्वधमा न्यानोपना आएको दाबी गरेका थिए । पूर्व मन्त्री पुनले नेपालका प्रधानमन्त्री र चीनका राष्ट्रपतिका विचमा भारतको गुवाको विक्समा साईडलाईन भेट्ने र सम्वादगर्ने निश्चित भएको बताए । चिनीया राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भएको सवालमा माओवादी नेता पुनले भने ‘ नेपाल हल्लै हल्लाको देश जस्तै हो । आफै भ्रमण मिति फिक्स गर्ने र आफै क्यान्सिल गर्ने काम भइरहेको छ । जवकि भ्रमणको मिति नै तय भइसकेको थिएन ।’ उनले यो सरकारले चिनीया राष्ट्रपति वा प्रधानमन्त्रीको भ्रमण गराउने वारेमा छलफल भएपनि त्यसको टुङ्गो लागि नसकेको बताए । उनले अघिल्लो सरकारले छिमेकी संगको सम्वन्धलाई उत्तेजनात्मक बनाउने, सन्तुलन विगार्ने र मधेसको सम्वन्ध सुधारका लागि कुनै भूमिका नखेल्दा समस्या भएकोले अब त्यो सम्वन्ध सुधार भइरहेको बताए । उनले मधेस र संविधानप्रति विमत्ति राख्नेहरु समेत संवादका आएको दाबी गरेका थिए । उनले यो सरकारले चैतमा स्थानीय निकाएको निर्वाचन गराएरै छोड्ने बताए ।

उनले कसैले चाहेर पनि चैतमा स्थानीय निकाएको निर्वाचन रोक्न नसक्ने जिकिर गरेका थिए । सिमांकनको सवालमा छलफल भएपनि सात प्रदेशको सवालमा आजका यो जिल्ला थप्ने वा यो जिल्ला हटाउने भन्ने सवालमा कुनै पनि सहमति भइनसकेको बताए । त्यो सवै स्थानीय निकाएको निर्वाचन पछि संवैधानीक आयोगले टुङ्गो लगाउने सवाल भएकोले अनावश्यक हल्ला गर्नु गलत भएको बताए । उनले सात प्रदेशको सवालमा धेरै परिवर्तन नहुने पनि स्पष्ट पारेका थिए । त्यस्तै उनले स्थानीय निकाए पुर्नंसरचनाको सवालमा दलहरुका विचमा सहमति भइसकेको बताए । तर सहमति भएपनि मधेसी दलहरुले सार्वजनिक रुपमा केही रिजर्वेशन राखिएको बताए । उनले उपेन्द्र यादवले भनेका मात्रै सवै कुरा नलाग्ने र मान्ने नहुने बताए । कार्यक्रममा स्वागत मनतब्य क्लवकी सल्लाहाकार नारायणी रजौरले गरेकी थिइन भने सहजीकरण सचिव विमल गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?