उच्च अदालत राजधानिका लागि वलियो आधार — अनन्त

सन्तोषकुमार गुप्ता । असोज १३ दाङ । दाङलाई प्रादेशीक र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... उच्च अदालत राजधानिका लागि वलियो आधार — अनन्त

सन्तोषकुमार गुप्ता । असोज १३ दाङ । दाङलाई प्रादेशीक र"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङलाई राजधानी बनाउने बहस फेरि शुरु

१३ आश्विन २०७३, बिहीबार ०९:५१

उच्च अदालत राजधानिका लागि वलियो आधार: अनन्त

सन्तोषकुमार गुप्ता । असोज १३ दाङ । दाङलाई प्रादेशीक राजधानी बनाउने बहस फेरि सुरु भएको छ । देशमा संघीय संरचनाको बहस सुरु भएसँगै दाङलाई प्रादेशीक राजधानी बनाउने बहस पनि सुरु भएको थियो ।

पछिल्लो पटक सरकारले दाङमा उच्च अदालत स्थापना गरेपछि फेरि जिल्लालाई राजधानीका रुपमा विकास गर्ने बहस सुरु भएको हो ।

जिल्लाका सरोकारवालाहरुले प्रदेशको राजधानीका रुपमा विकास गर्नका लागि दाङ जिल्ला सबै क्षेत्रबाट उपयुक्त रहेको बताएका छन् ।

भुगोलको केन्द्रविन्दु दाङ हुँदा सबै क्षेत्रको उत्तिकै पायकमा पर्ने, जिल्लामा प्रशस्त मात्रामा खाली जग्गा जमिनको व्यवस्था, उपयुक्त हावापानी, व्यवस्थित सहरीकरणको विकासका साथै अन्य भौतिक पुर्वाधारहरुले गर्दा पनि दाङ जिल्ला राजधानी बन्नका लागि उपयुक्त रहेको उनीहरुको भनाइ रहेको छ ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले ५ नम्वर प्रदेशको राजधानी दाङ विषयक कार्यक्रममा सहभागीहरुले जहाँ राजधानी हुन्छ त्यहाँ अवसरहरु धेरै हुने बताएका छन् ।

आर्थिक अवसरहरु धेरै हुने भएकाले त्योसँग सामाजिक, सांस्कृतिक र प्रशासनिक गतिविधिहरु पनि बढेर जाने उनीहरुले बताएका छन् । कार्यक्रममा बोल्दै भूगर्भ्विद् डा. धारणीकुमार शर्माले भुगोलको केन्द्र भएर मात्र नहुने भन्दै दाङमा अन्य धेरै सम्भावनाहरु रहेको बताए ।

अहिले जिल्लामा राजधानीका लागि आवस्यक जग्गाजमिन, खानेपानी, उपयुक्त वातावरण रहेको बताए । साथै उनले जनसंख्या र व्यवस्थित सहरीकरण बढ्दै जानु, त्यसलाई धान्न सक्ने खाद्यान्न उत्पादनका लागि उर्वरभूमिको व्यवस्थालगायतको पनि राम्रो सुविधा भएको जिल्ला रहेको बताए ।

साथै उनले दाङले पहाडी जिल्लालाई पनि तराईका जिल्लासँग जोड्नका लागि सडक सुविधाको साथै पहाडमा उत्पादित बस्तुहरुको खपत हुने स्थान भएकाले पनि दाङ प्रदेशकै महत्वपूर्ण जिल्ला रहेको उहाँले बताए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री वर्षमान पुनले दाङलाई राजधानी बनाउनका लागि अब बौद्धिक अवधारणा बनाउन यहाँका बौद्धिक वर्गहरुलाई सुझाव दिए । दाङलाई प्रादेशीक राजधानी बनाउनका लागि भौगोलिक, आर्थिक र सांस्कृतिक तथा हावापानीको हिसावले मुख्य आधार भइसकेकाले अब बौद्धिक आधार निर्माण गर्न सुझाव दिए ।

भौगोलिक हिसावले दाङलाई प्रादेशीक राजधानी बनाउन सबैले मान्ने भएकाले यो समयमा बौद्धिक अवधारणाको  वश्यक रहेको औंल्याए । दाङमा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका लागि कार्य योजनाहरु अगाडि बढ्नु, उच्च अदालतको स्थापना हुनु एउटा बलियो आधार खडा भइसकेको अन्य पुर्वाधार विकास गर्नका लागि अग्रसर हुनुपर्ने बताए ।

नेकपा माओवादीका केन्द्रका कार्यालय सदस्य लबहादुर केसी ‘सोनाम’ ले दाङलाई प्रादेशीक राजधानी बनाउन सबै सन्दर्भले उपयुक्त भइसकेकाले प्रान्तीय राजधानीको कार्ययोजना निर्माण गरेर अगाडि बढ्नु सुझाव दिए । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले संविधान प्रदेश नम्वर पाँचको प्रदेश दाङ बनाउन पर्छ भन्ने विषयमा सबैको एकमत भइसकेको प्रष्ट पारे ।

अबको योजना भनेको भौतिक पुर्वाधारको विकास भएकाले त्यसतर्फ समयमै सचेत हुनुपर्ने उहाँको भनाइ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की