दलसिंह गिरी/कात्तिक ४, कालिकोट। नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले कर्नालीको समग्र विकासको बाधक गुटगत प्रबृति प्रमुख कारक तत्व रहे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/कात्तिक ४, कालिकोट। नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले कर्नालीको समग्र विकासको बाधक गुटगत प्रबृति प्रमुख कारक तत्व रहे"/>

2026-06-25 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

गुटगत प्रबृतिले कर्नालीको विकास ओझेलमा

2016-10-20


दलसिंह गिरी/कात्तिक ४, कालिकोट। नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले कर्नालीको समग्र विकासको बाधक गुटगत प्रबृति प्रमुख कारक तत्व रहेको बताउनु भएको छ । 

सुन्दर र समृद्ध कालिकोटले आयोजना गरेको जिल्लामा स्वास्थ्य क्षेत्रको विकास र यसको प्रभावकारी स्वास्थ्य सेवाका लागि सचेत नागरिकले खेल्न पर्ने भूमिका बिषयक अन्तक्रियामा बोल्दै शाहीले जिल्लामा मौलाउदो गुटगत प्रबृतिको अन्त्य गरी समग्र स्वास्थ्यको विकासका लागि प्रमुख आधारहरु र मास्टर प्लान विना स्वास्थ्य क्षेत्रको विकास असम्भव रहेको बताउनु भयो । 

सुन्दर र समृद्ध कालिकोटको संयोजक भूपेन्द्रजंग शाहीको अध्यक्षता, राजनैतिक दल, सरकारी कार्यालयमा प्रमुख प्रतिनिधि, पत्रकार नागरिक समाजहरुको सहभागितामा संचालित अन्तरक्रिया कार्यक्रम बोल्दै नेपाली कांग्रेृस कालिकोटका जिल्ला सभापति हर्ष बहादुर बमले स्वास्थ्य क्षेत्रको समग्र विकास स्वास्थ्यको प्राविधिक पक्षमा बढि निहित हुने भएकाले प्राविधिक पक्षलाई मजबुद तथा प्रभावकारी बनाएर अगाडी बढ्न सक्यौं भने अन्य हरेक निकायबाट स्वास्थ्य क्षेत्रको विकासका लागि सहजै फाइदा दिन सकिने बताउनु भएको छ ।

हाल जिल्लाको स्वास्थ्य अवस्थाबारे बताउदै जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा। कौषल अलिले हाल भनिएको जिल्ला अस्पताल जिल्ला अस्पतालको रुपमा नामाकरण नै भएकाले अस्पतालको बृद्धि विकासका लागि पटक पटक भैरहेका पहल सार्थक हुन नसकेको बताउनु भएको छ । 

अब यसको नामाकरण, गुणस्तरियता र सेवा बृद्धिका लागि सबै सरोकारवाला निकाय एक भएर सम्बन्धित निकायमा पहल गर्न आवश्यक रहेको बताउनु भयो । यस्तै कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीले कालिकोट जिल्ला अस्पताल कालिकोटवासीको पहुँमा मात्र नभै सिंगो कर्नाली तथा दैलेख अछाम बाजुरा लगायतका वासिन्दाहरुको प्रत्यक्ष पहुँच रहने भएकाले यसको सेवा बृद्धि तथा प्रभावकारीताको लागि जिल्ला विकास समितिले गर्न सक्ने सहयोगमा प्रतिवद्ध रहेको बताउनु भयो । 

यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका अन्य सहभागिहरुले कहिलेकही मिडियामा छाउनमात्र छिटफुट कार्यक्रम तथा छलफल गर्ने नभै छलफललाई सहि निश्कर्षमा पुगाउन निरन्तर पहल कदमी अगाडी बढाउन आवश्यक रहेको बताउनु भएको छ । 

कार्यक्रमका अध्यक्ष एवं सुन्दर र समृद्ध कालिकोटका संयोजक भुपेन्द्रजंग शाहीले यो कार्यक्रम केही क्षेणीक भेटघाटको लागि नभै कालिकोटवासीको सचेत नागरिक भएका हैसियतले जिल्लाको समग्र विकासका लागि निश्कर्ष सहितको संघर्षशिल आवाज र दवाबका साथ निरन्तर अगाडी बढेको बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक