2026-07-07 02:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्डको ब्रिफिङ- माधवजी गलत मनसायले बूढानीलकण्ठ जानुभएको होइन, मलाई जानकारी थियो

जेठ १८, काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू नेतृत्वको सरकार तलमाथि नहुने बताएका छन् ।  माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले बाहिर चर्चा भएजस्तो समीकरणमा कुनै समस्या नभएको बताए ।

प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘गठबन्धनमा कुनै समस्या आउँदैन । बाहिरको अनावश्यक चर्चा भइरहन्छन् । तर, सरकार आफैं ढंगले अघि बढ्छ ।’

उनले माधव नेपाल गलत मनसायले कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा नगएको सांसदहरूलाई सुनाए ।


ती सांसदका अनुसार बैठकमा प्रचण्डले भने, ‘माधवजी गलत मनसाय लिएर बूढानीलकण्ठ जानुभएको होइन । जानुअघि मलाई जानकारी गराउनुभएको थियो । उहाँले समीकरण छाड्नुहुन्न कुराकानी भइरहेका छन् ।’

प्रचण्डले आफू पनि केही दिनअघि देउवालाई भेट्न बूढानीलकण्ठ गएको स्मरण गर्दै भेटघाट गर्दैमा राजनीतिमा केही परक नपार्ने बताए । ‘सरकार केही हुनेछैन । तपाईंहरु ढुक्क हुनुस् । पाँचै वर्ष सरकार जान्छ’, प्रचण्डको भनाइ थियो । 

प्रधानमन्त्री प्रचण्डले जनतामा उत्साह जगाउने गरी बजेट आएको उल्लेख गर्दैै सदनमा बजेटको छलफलमा सक्रिय रूपमा सहभागिता जनाउन निर्देशन दिएको प्रमुख सचेतक हितराज पाण्डेले बताए । बैठकमा १२ जना सांसदहरूले बजेटका बिषयमा धारणा राखेको र अर्थमन्त्री वर्षमान पुनले बजेटका मुलभूत पक्षमा जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने