2026-07-07 07:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने बाध्यता : श्रममन्त्री अर्याल

जेठ २१, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले श्रम क्षेत्रमा रोजगारीको समस्या निकै बढी रहेको बताएका छन् । नेपालमा एकातिर रोजगारी नपाउने र अर्कोतिर रोजगारदाताले श्रमिक नपाउने अवस्था रहेको बताए । 

गण्डकी प्रदेशको पोखरामा आयोजित श्रमाधान रोजगार मेलाको उद्घाटन समारोहमा बोल्दै मन्त्री अर्यालले रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था नेपालमा रहेको बताए । 

‘श्रम खोज्ने ठुलो सङ्ख्या रहेको छ । अर्कोतिर रोजगारदाताले श्रमिक नपाउने समस्या छ । यो समस्या निकै ठुलो छ । यस्तो खालको समस्याको अन्त्य कसरी गर्न सकिन्छ भनेर हामीले निकै छलफल गर्‍यो । त्यही क्रममा बजेट नभएपनि श्रमाधान रोजगार मेलाको अवधारण ल्याएका हौँ,’मन्त्री अर्यालले भने । 

श्रमाधान रोजगार मेलाले कति जनालाई तुरुन्तै रोजगारी दिन्छ भन्ने महत्त्वपूर्ण नरहेको उनको भनाइ छ । यो एक खालको सुरुवात भएको भन्दै आगामी दिनमा यस्ता खालका कार्यक्रमले रोजगारीका क्षेत्रमा राम्रो हुने बताए । 

यो वर्ष एकदमै हतारमा बजेट नै नभएको अवस्थामा कार्यक्रम गरेकोले संयुक्त कार्यक्रम गर्न कहीँ कतै चुकेको उनको भनाइ छ । आगामी दिनमा संयुक्त रूपमा यस्ता कार्यक्रम गर्न तिनवटै सरकारले मिलेर प्रदेशमा मात्र सीमित नरहेर पालिकास्तरमा नै पुगेर कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

दुई दिने मेलाले वैदेशिक रोजगारीमा जानेहरूलाई समेत धेरै जानकारी मिल्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने