2026-07-07 11:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मधेशका मुख्यमन्त्री यादव बिरामी, २८ गते विश्वासको मत लिन प्रदेश सभामा पत्र

जेठ २३, जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत नलिने भएका छन् ।  विश्वासको मत लिने कार्यतालिका बनाएको प्रदेशसभा सचिवालयले मुख्यमन्त्री बिरामीको पत्र पाएको जानकारी दिएको छ । 

नेपालको संविधान अनुसार दल विभाजन भए वा सरकारको समर्थनमा रहेका दलहरु मध्ये कुनै एक दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । माओवादी केन्द्रले गत बैशाख २३ गते सरकार छोडेकाले सो अनुसार उनले विश्वासको मत लिने आज बुधबार ३० दिन पुगेको छ ।

जनता समाजवादी पार्टी नेपालको सरकारमा रहेको सत्ता साझेदार दलहरुमध्ये एकपछि अर्को दलले साथ छोडेपछि जसपा नेपाल एक्लिएको छ ।  

प्रदेशसभामा मुख्यमन्त्री कार्यालयबाट पठाइएको पत्रमा  भनिएको छ , 'नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मिति २०८१/२/२१ मा मिति २०८१ जेष्ठ २३ गते विश्वासको मत प्राप्त गर्ने बैठकको कार्यसूचिमा राख्न व्यवस्था हुन पत्राचार गरेकोमा म मुख्यमन्त्री अस्वस्थ्यताको कारणले तोकिएको मितिमा स्वयम उपस्थित भइ विश्वासको मत लिन असमर्थ रहेकोले धारा १८८ को उपधारा (२) बमोजिम ३० दिनभित्र विश्वासको मत लिनु पर्नेमा मिति २०८१ जेष्ठ २८ गतेको लागि प्रदेशसभा बैठकको कार्यसूचिमा राखी आजको बैठकको विश्वासको मत सम्बन्धी कार्य सूचि स्थगितगर्नु हुन अनुरोध छ ।'

मुख्यमन्त्री यादवले आज विश्वासको मत नलिएपछि उनी स्वत: पदमुक्त हुने अवस्था आउनसक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने