Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उपेन्द्र यादवको नजरमा कांग्रेस- आफ्नै असक्षमताका कारण थङथिलो भयो

२०८१, २९ जेष्ठ मंगलवार ०९:४८

जेठ २९, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस आफ्नै असक्षमताका कारण थङथिलो भएको टिप्पणी गरेका छन् ।

जनकपुरधाममा जारी जसपा नेपालको महाधिवेशनमा अध्यक्ष यादवले राजनीतिक प्रतिवेदन पेश गर्दै कांग्रेस बारे कडा टिप्पणी गरेका छन् ।

राष्ट्रिय महाधिवेशन बन्द सत्रमा अध्यक्ष यादवले पेश गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसको शासनकालमा कैयौं भ्रष्टाचारका प्रकरण भएको, पहिचानसहितको संघियता कार्यान्वयन कांग्रेसकै कारणले हुन नसकेको, आर्थिक उदारीकरणका नाममा उद्योग बेचेको लगायतका आरोप लगाएका छन् ।

उनले प्रतिवेदनमा भनेका छन्- 

‘कांग्रेसको शासनकालमा लाउडा, घमीजा, सुडान जस्ता ठूल्ठूला भ्रष्टाचार काण्डहरू भए तर कहिल्यै विश्वसनीय छानबिन भएन। सुशासनको सवालमा यो पार्टीको प्रतिबद्धता व्यवहारमा देखिएन । आज कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको छ। प्रमुख प्रतिपक्षको भूमिकासमेत राम्ररी निभाउन नसक्ने गरी थङथिलो भएको छ।’

कांग्रेस संवैधानिक राजतन्त्रको पक्षधर भएपनि लतारिएर गणतन्त्रसम्म आएको उल्लेख गर्दै यादवले कांग्रेस उत्पीडित जनताको मुक्ति, पहिचान र अधिकारको विपक्षमा रहेको दाबी गरेका छन् ।  यादवले प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक संसदको व्यवस्था हुन नसक्नुमा पनि कांग्रेसनै दोषी भएको उल्लेख गरेका छन् । 

त्यस्तै अध्यक्ष यादवले सङ्घीय प्रणालीको सही मोडल अर्थात् पहिचानमा आधारित स्वायत्ततासहितको सङ्घीय प्रणाली हुन नसक्नुमा कांग्रेसकै भूमिका रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्-  'राष्ट्रिय उद्योगधन्दाहरू समाप्त पार्ने, कृषि अनुदान कटौती गर्ने, कृषि प्रधान देशलाई कृषि वस्तुमै परनिर्भर आयातकर्ता बनाउने, श्रम निर्यात गर्ने बाँकी सबै वस्तुहरू विदेशबाट आयात गर्ने, देशलाई निरन्तर व्यापार घाटामा पार्ने, शिक्षा र स्वास्थ्यको अति व्यापारीकरण तथा माफियाकरण गर्ने, भूव्यवस्थाको व्यापारीकरणमार्फत् अव्यवस्थित शहरीकरण र शहरी सुकुमवासी समस्या सिर्जना गर्ने, नियमक संस्थाहरूको भूमिका कमजोर पार्ने, जताततै मूल्य कार्टेलिङ्ग र सिन्डीकेटलाई प्रश्रय दिने, ठेक्कापट्टा र राजकीय स्रोतहरूमा निश्चित वृत्तलाई मात्र पोस्ने र कमिसन तन्त्रलाई बढावा दिने जस्ता प्रवृत्तिहरू कांग्रेसले संस्थागत गरेको हो ।’

प्रतिवेदनमा अध्यक्ष यादवले कांग्रेसको जनमतमा हस्तक्षेप गर्नुपर्ने धारणा राखेका छन् । साथै उनले कांग्रेस उदारवादी लोकतान्त्रिक शक्ति भएकाले लोकतन्त्र, राष्ट्रियता र विकासको सवालमा हाम्रो पार्टीले सहकार्य गर्न सक्ने समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ