2026-07-07 09:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ज्येष्ठ नागरिकको राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक घरमै गर्ने व्यवस्था मिलाउन माग

जेठ ३१, काठमाडौं । नेकपा एमाले सांसद ऋषिकेश पोखरेलले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सरकारले दुख दिएको आरोप लगाउदै घरमै बायोमेट्रिक गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पोखरेलले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएपछि ज्येष्ठ नागरिकहरूले बायोमेट्रिक गर्न सास्ती खोप्नु परेको भन्दै दुख नदिन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले टोली घर घरमै खटाउने व्यवस्था मिलाएर अर्को वर्षदेखि नयाँ नियम लागू हुनेगरी व्यवस्था गर्न समेत माग गरेका छन् ।

उनले भनेका छन्- 'राष्ट्रिय परिचयपत्र अथवा पञ्जीकरण विभागले आगामी वर्षका लागि सामाजिक सुरक्षाको भत्ताका लागि नवीकरणका सर्कुलर पठाएको छ । त्यसमा दुईवटा नयाँ शर्तहरू थपेको छ । राष्ट्रिय परिचयपत्र नम्बर र साउनमा बायोमेट्रिक दुवै गरिनुपर्छ भनेको छ । आज देशभरका वडा कार्यालयहरू, इलाका प्रशासन कार्यालयहरू, जिल्ला प्रशासन कार्यालयहरुमा अपांगता, बिरामी ८०/ ९०/ १०० वर्षका ज्येष्ठ नागरिकहरूका सन्तानले विभिन्न विधि अपनाएर यी तीनै कार्यालयमा जेष्ठ नागरिकलाई पुर्‍याइरहेका छन् । त्यहाँ ठूलो चाँप छ ।'

उनले अगाडी भनेका छन्- 'राष्ट्रिय परिचय पत्रको फोटो खिच्ने क्रममा कहि अनलाइन भयो । कही अफलाइन भयो । अफलाइन भएको ठाउँमा रेकर्डेड छैन । फेरि नम्बर खोजेर वडा कार्यालयमा कायम गर्नुपर्छ । फेरि त्यसलाई प्रमाणित गर्न जिल्ला प्रशासन कार्यालय वा सीडीयो कार्यालयमा जानुपर्छ । यो परिस्थितिले अपांग,ज्येष्ठ नागरिक र बिरामीहरूको अवस्था दयनीय भएको छ। यसकारण म सभामुखमार्फत नेपाल सरकारसँग आग्रह गर्न चाहन्छु। परिचय पत्र नम्बर राख्नु राम्रो कुरा छ । तर, त्यस्तो पूर्व तयारीबेगर आज जुन सामाजिक आतंक सृजना भएको छ। अपांगता,बिरामी, ज्येष्ठ नागरिकहरूले दु:ख पाइरहेका छन्।'

नेता पोखरेले हरेक घरघरमा  टोली पठाएर  ज्येष्ठ नागरिकहरूलाई राष्ट्रिय परिचय पत्र उपलब्ध गराउनुपर्नेमा जोड दिए। उनले भने,' परिचयपत्रको व्यवस्थापन गरेर ,घरमा बायोमेट्रिक गराएर, अर्को वर्षदेखि लागू हुनेगरी यो वर्ष यी प्रक्रियालाई रोक्न सरकारको गम्भीर ध्यानाकर्ष गराउन चाहन्छु ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने