Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपाको चियापानमा प्रचण्डले बजाए घण्टी, कुन कुन नेता पुगे ?

२०८१, ७ असार शुक्रबार १०:०५

असार ७,  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालय च:मतीमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका छन् ।


चियापानमा पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि रास्वपाको चुनाव चिह्न घण्टी बजाएका छन् ।

दोस्रो स्थापना दिवसको अवसरमा शुक्रबार च:मतीमा आयोजित चियापान कार्यक्रममा सहभागी हुँदै प्रचण्डले विभिन्न स्टलहरूको पनि अवलोकन गरेका छन्।

चियापानका क्रममा रास्वपा सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग प्रचण्डले संवाद पनि गरे । विभिन्न नेपाली उत्पादनका स्टलमा प्रचण्डलाई उपप्रधानमन्त्री लामिछानेले घुमाए ।


त्यसक्रममा प्रचण्डले रास्वपा कार्यालयमा राखिएको ठूलो आकारको घण्टी पनि बजाए । रास्वपाले दलका रुपमा दर्ता हुने क्रममा निर्वाचन आयोगबाट यही घण्टी चुनाव चिह्न पाएको हो ।

रास्वपाले घण्टी चुनाव चिह्न लिएर पहिलो पटक चुनावमा उठ्दा प्रचण्डकै गृहजिल्ला चितवन र काठमाडौंसहित देशका २० वटा निर्वाचन क्षेत्र २०७९ मा जितेको थियो ।

चियापानमा देउवा, माधव नेपाल, माधव नेपाल रामहरि खतिवडा, महन्त ठाकुर, प्रधानमन्त्री , नारायणकाजी श्रेष्ठ , देवेन्द्र पौडेल, झलनाथ खनाल, बाबुराम भट्टराई, धबलशमशेर राणा, कमल थापा, सिके राउत, राष्ट्रिय सभा अध्यक्षलगायतका नेता उपस्थित भएका छन् ।

चियापानमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने पुगेका छैनन् । चियापानमा सबै पार्टीलाई निम्तो गरिएको छ । कार्यक्रममा नेताहरू आउने क्रम जारी छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी