Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कोशी सरकारविरूद्धको रिटको आज सुनुवाइ हुदै

२०८१, ९ असार आईतवार ०७:५९

असार ९, काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको रिटमा आजबाट पुनः सुनुवाइ सुरु हुँदैछ ।

गत जेठ ३१ मा न्यायाधीशहरू कुमार रेग्मी, डा.नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान सम्मिलित तीन सदस्यीय पूर्ण इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राखेको थियो ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमाथिको बहसमा ३१ जेठमा ६ जना कानुन व्यवसायीहरूले भाग लिएका थिए । आजदेखि रिट निवेदनको तर्फबाट छुटेका कानुन व्यवसायीहरूले बहस सकेपछि प्रत्यर्थीको बहस हुने छ । आज पनि सो रिटमा सुनुवाई नसकिने हुँदा अर्को मिती तोकेर रिट हेर्दा हेर्दैमा जानेछ ।

गएको जेठ २७ मा सर्वोच्च अदालतका न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, अव्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको इजलासमा रिटको सुनुवाइ हुने तोकिएको थियो । तर, न्यायाधीश सुनिल कुमार पोखरेलले सरकार निर्माण सम्बन्धी विवादमा यसअघि कानुन व्यवसायीको हैसियतमा हालको मुद्दामा विपक्षी रहेका हिक्मत कार्कीको विपक्षमा मुद्दा लडेको भन्दै मुद्दा हेर्न नमिल्नेमा परेको थियो ।

पूर्ण इजलास पुग्नुअघि यही मुद्दा सर्वोच्चको एकलत र संयुक्त इजलासमा पुगीसकेको छ । न्यायाधीश हरि फुयालको एकल इजलासपछि सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले यो मुद्दामा सुनुवाइ गर्‍यो । तर, थप संवैधानिक प्रश्न रहेको भन्दै संयुक्त इजलासले रिटलाई पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।

एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधानविपरित अर्को मुख्यमन्त्री नियुक्त गरेको भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले गत वैशाख २७ मा दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी