७ फाल्गुन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पोखरेललाई दुई दिन एआइजी बनाउन गृहमन्त्री लामिछानेको दबाब

१० असार २०८१, सोमबार ०८:१६

असार १०, काठमाडौं | गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक नियुक्तिका लागि सिफारिस गरेको छ।

५६ वर्षे उमेर हदका कारण एआइजी उमेशराज जोशीले अवकाश पाउनुअघि नै दुई दिनका लागि पोखरेललाई एआइजी बनाउन लागिएको हो।

गृहसचिव बढुवा समितिको अध्यक्ष रहने सिफारिस समितिले पोखरेललाई सोमबार एआइजी बनाउने निर्णय गरेको हो।

एआइजी जोशीले असार २० गते राति अवकाश पाउँदैछन्। त्यही रातबाट एआइजी हुने गरी पोखरेल सिफारिस भएका छन्।

उनी पनि २२ गते रातिबाट अवकाशमा जान्छन्। एकाध दिनकै लागि राज्यलाई आर्थिक व्ययभार पर्ने गरी पोखरेललाई जबरजस्ती एआइजी बनाउन भने गृहमन्त्री रवि लामिछानेको जोडबल हो।

यसअघि वसन्त लामालाई ३४ घन्टाका लागि एआइजी बनाएको इतिहास नेपाल प्रहरीमा छ। त्यही विकृतिको निरन्तरतास्वरुप निकटकालाई विशिष्ट श्रेणी पदमा पुर्‍याउन लामिछानेले दबाब दिएको गृह स्रोत बताउँछ।

स्रोतका अनुसार पोखरेल लामिछानेका वकिल सुशील पन्तका भान्जा पर्छन्। पोखरेललाई एआइजी बनाउन सल्लाह उनका अघोषित सल्लाहकार पूर्वएआइजी दिवेश लोहनीले दिएको बताइएको छ।

लोहनी उनै अधिकारी हुन्, जसले लामालाई ३४ घन्टे एआइजी बनाउँदा विरोध गरेका थिए।

पोखरेल लोहनीका साँढुभाइ हुन्। दुई दिन बन्ने एआइजीले प्रहरी कार्यसम्पादनमा कुनै पनि खालको अनुभव र भूमिकामा सहयोग गर्न नसक्ने हुनाले यो पोखरेललाई विशुद्ध पदमा पुर्‍याउनकै लागि मात्रै हो।

प्रहरी तथा निजामती प्रशासनमा विशिष्ठ श्रेणीको मूल्यांकन उच्च छ। अवकाशपछिको सेवा सुविधा तथा पदीय हैसियत बढ्ने भएकाले प्रहरीमा विशिष्ट श्रेणी पुग्न चाकडी र मरिहत्ते चल्ने गरेको छ।   

काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखामा कार्यरत् पोखरेल प्रहरी कार्यसम्पादनमा औषत मानिन्छन्।

बढुवा समितिमा सदस्य सचिव रहेका प्रहरी महानिरीक्षक वसन्त कुँवर सोमबार अमेरिका जाँदैछन्। आफू अमेरिका जानुअघि उनले पोखरेललाई एआइजी सिफारिसमा सहमति दिएका हुन्।

कुँवर र गृहमन्त्री लामिछानेको सम्बन्ध हार्दिक छैन। कुँवरलाई नै हटाउने योजनामा लामिछाने लागिपरेका छन्।     

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिन्छ : सभामुख घिमिरे जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् :राष्ट्रपति बुधबारका लागि विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस आज देशभर प्रजातन्त्र दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै मौसम: तराई हुस्सु, उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना केआईआईटी घटनाको समाधान नभए एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी सरकारलाई चन्द्र भण्डारीको प्रश्न- ओडिसाबाट विद्यार्थी लिएर आउन कसले रोकेको छ ? सचिव कुट्ने वडाध्यक्षलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति कोटीहोम रोक्न परेको रिटमा कारण देखाऊ आदेश जारी च्याम्पियन्स ट्रफीको अघिल्लो दिन पाकिस्तानमा हमलाः ४ सैनिकको मृत्यु प्रकृतिका बुवा सुनिल भन्छन्– ह्यारेसमेन्ट र ब्ल्याकमेलिङका कारण आत्महत्या निर्देशन विपरीत सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो अपलोड गर्ने १ सय २० जना सशस्त्र प्रहरी कारबाहीमा सामाजिक सञ्जाल विधेयक जस्ताको त्यस्तै पारित गरिनु हुँदैन: डा शेखर कोइराला डोनाल्ड ट्रम्पविरुद्ध गोविन्द केसी सडकमा प्रकृति र आरोपि केटाबीचको अडिओ भाइरल भएपछि मात्र युवक पक्राउ, अडिओमा के छ? कुलमानप्रति उर्जामन्त्री रुष्ट, संसद्‌मै भने– ‘कुलमानले सरकारलाई टेर्नु हुन्न’ सभामुखले तेस्रो पटकसम्म शून्य समयमा बोल्न बोलाउँदा पनि सुमना नबोलेपछि… एक सातादेखि हराइरहेका पुरुष जंगलमा मृत भेटिए केआईआईटीमा रहेका नेपाली विद्यार्थीको अवस्था बुझ्न पुगे नेपाल प्रहरी लगनखेलको होटलमा एक कामदार मृत फेला