Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ज्ञानेन्द्र शाहीको प्रश्नमा जवाफः ‘नेपालमा अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ’

२०८१, ११ असार मंगलवार ०७:४१

असार ११, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नहरुको जवाफ दिइरहेका छन् । आज (मंगलबार) को प्रतिनिधि सभा बैठकमा उनले परराष्ट्र मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नहरुको जवाफ दिएका हुन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ इरान गएकाले सो मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मेवारी पनि प्रधानमन्त्रीको छ ।


संसद्मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतकसमेत रहेका ज्ञानबहादुर शाहीले रुसी सेनामा नेपालीहरु भर्ती भएको बारे चासो राख्दै ‘नेपालमा प्रधानमन्त्री छ कि छैन ?’ भनी प्रश्न राखेका थिए । सो प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालमा अहिले प्रचण्ड भन्ने मान्ने प्रधानमन्त्री रहेको बताए । उनले रुसी सेनामा भर्ती हुन सरकारले कुनै अनुमति नदिएको पनि बताए । सरकारले अनुमति नदिएको रुसमा गएर सेनामा नेपालीहरु भर्ती हुँदैगर्दा आफूले उद्धारका लागि विशेष चासो दिएको पनि प्रधानमन्त्री प्रचण्डले भने । उनले रातको १२ बजेसम्म रुसी सेनाको मोर्चामा रहेका नेपालीहरुसँग कुरा गरेको र उद्धारका लागि रायसमेत लिएको बताए ।

‘नेपालमा प्रधानमन्त्री छ । त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ । त्यसो भएको हुनाले सरकारले पठाएर त रुसी सेनामा गएका होईनन् नेपाली नागरिक । जे भएपनि नेपाली नागरिक रुसी सेनामा जानु र युद्धमा मारिनु दुःखद् कुरा हो । म अझ जोड दिएर भन्न चाहन्छु, प्रचण्ड भएको हुनाले भन्न चाहन्छु । राति १२ बजे रुसी सेनाको मोर्चामा भएका, लडाइको मोर्चामा भएका नेपालीसँग मैले कुरा गरेको छु ।’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उनीहरुलाई फिर्ता ल्याउनेबारे उनीहरुको रायसमेत लिएको छु । त्यस्तो प्रधानमन्त्री, कुनै दिन तपाईँ हुनुभएछ भने हेर्नुहोला तपाईँ कति गर्नुहुन्छ ? म पनि हेर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ