Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिने

२०८१, १८ असार मंगलवार ०३:०८

असार १८, काठमाडौँ | नेपाली कांग्रेससँगको सहकार्यमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् ।

दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको थियो । सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु गरिएको छ । 

अध्यक्ष ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएअनुसार मन्त्रीहरू तयारी अवस्थामा रहेका छन् । अहिले मन्त्रीहरूले राजीनामा बुझाउन जानेबारे छलफल भइरहेको छ ।

यता एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरे आज बेलुकासम्ममा नयाँ सरकार बन्ने सम्भावना छ । उनले भने अध्यक्ष ओलीले आज वा भोलि साँझसम्ममा प्रधानमन्त्रीको शपथ लिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित