2026-07-07 12:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपामा ढकालको ‘विद्रोह’पछि महामन्त्रीमा सन्तोषलाई ल्याइँदै, प्रमुख सचेतक सोविता

असार १९, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकाललाई पदबाट हटाउने निश्चित भएको छ।

बुधबार बिहान ८ बजेदेखि पार्टी कार्यालय बनस्थलीमा जारी केन्द्रीय समितिको बैठकले सम्भवत ढकाललाई महामन्त्रीको जिम्मेवारीबाट हटाउने छ।

त्यसैको तयारीस्वरूप सभापति रवि लामिछानेले महामन्त्रीका रूपमा बैठकमा ढकाललाई बैठकका एजेण्डासमेत पेश गर्नबाट बञ्चित गरेका छन्।

ढकालले ३८ जिल्ला पुगेर तयार पारेको पार्टीको स्थितिबारेको समीक्षा प्रतिवेदनमा पार्टी सही ढंगले अघि बढ्न नसकेको र यही स्थितिमा अघि बढे आउँदो चुनावसम्म दुई तीन सिटमा सीमित हुने उल्लेख गरेका छन्।

उनले पार्टीमा लामिछानेको कार्यशैली र उनीमाथि लागेका आरोपका कारण पार्टीले क्षति व्यहोरी रहेको उल्लेख गरेका छन्। बुधबारको केन्द्रीय समितिमा ढकालले पेश गर्न लागेको प्रतिवेदनमा पार्टीलाई ‘रविको पार्टी’बाट मुक्त गरेर ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बनाउनुपर्ने उल्लेख गरिएको छ।

प्रस्तावसमेत पेश गर्न नदिएपछि ढकालले बैठकमै मुखमा टेप लगाएर विरोध जनाएका छन्। तीन वर्षअघि पार्टी स्थापना गर्दा ढकाल लामिछानेको मुख्य कमाण्डरका रूपमा रहेका थिए। तर, पार्टीले एकाएक संसदीय चुनावमा सफलता पाएर सभापति लामिछाने आफै सत्तामा जान अग्रसर भए। त्यसपछि क्रमश: उनीहरूबीच मतभेद बढेको थियो।

रास्वपा स्रोतका अनुसार ढकाललाई जारी केन्द्रीय समितिको बैठकले नै महामन्त्रीबाट हटाउने छ। त्यसपछि कसलाई उक्त जिम्मेवारी दिने भन्ने करिब टुंगो लागिसकेको छ। मंगलबार साँझ गृहमन्त्रालयमा बसेको सभापति लामिछानेसहितका केही नेताहरूको बैठकले ढकाललाई तत्कालै जिम्मेवारी मुक्त गरेर अघि बढ्ने योजना बनाएका छन्।

उक्त बैठकमा लामिछानेसहित उपसभापति स्वर्णिम वाग्ले, प्रमुख सन्तोष परियार, सहमहामन्त्रीहरू सुमना श्रेष्ठ र कवीन्द्र बुर्लाकोटी सहभागी थिए। त्यहीं बैठकको योजनाअनुसार महामन्त्री ढकाललाई बैठकको एजेण्डा पेश गर्ने अधिकारबाट नै सभापति लामिछानेले बञ्चित गरेका हुन्।

विश्वस्त स्रोतले बताएअनुसार अब महामन्त्रीको जिम्मेवारी परियार दिइने भएको छ। महामन्त्रीमा सहमहामन्त्रीहरू श्रेष्ठ र बुर्लाकोटी पनि इच्छुक भएपनि संगठनात्मक काममा गरेका परियारलाई संसदीय कामबाट पार्टी कामको जिम्मेवारी दिने ‘कोर टिम’को निर्णय छ। उक्त निर्णयलाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ। परियार एमाले अखिलको राजनीतिबाट आएका नेता हुन्।

त्यस्तै, परियार महामन्त्री बनेपछि प्रमुख सचेतकमा सोविता गौतमलाई जिम्मेवारी दिइने भएको छ। काठमाडौं- २ बाट निर्वाचित गौतमसँग सभापति लामिछानेको लाइन नमिल्दा अन्य अवसरको पदबाट बञ्चित हुँदै आएकी थिइन्। अब उनलाई प्रमुख सचेतकको जिम्मेवारी दिइने पक्का भएको रास्वपाका एक नेताले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने