2026-07-07 06:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेस-एमालेको गठबन्धन बन्नुले गणतन्त्रको असफलतालाई प्रमाणित गरेको छ- राप्रपा नेपाल

असार १९, काठमाडौँ ।  राप्रपा नेपालले कांग्रेस-एमालेको नयाँ गठबन्धन बन्नुले गणतन्त्रको असफलतालाई प्रमाणित गरेको विश्लेषण गरेको छ ।

राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले ठूलो तामझाम, आश्वासन र प्रतिवद्धता व्यक्त गर्दै एमाले र माओवादी केन्द्रले गठन गरेको सत्ता गठवन्धनलाई चार महिनामा नै विस्थापित गर्दै नेपाली काँग्रेस र एमालेले नयाँ गठवन्धन निर्माण गर्नुले संघीय धर्मनिरपेक्ष गणतन्त्रको असफलतालाई फेरी एकपटक प्रमाणित गरेको निष्कर्ष निकालेको हो । 


साथै राप्रपा नेपालले नेपाली राजनीतिमा विद्यमान सत्ताकेन्द्रित फोहरी प्रतिस्पर्धा, भ्रष्ट प्रवृत्ति र अस्थिरता पुनः उजागर भएको निष्कर्ष निकालेको छ ।

राप्रपा नेपालले नयाँ सत्ता गठवन्धन कुनै सिद्धान्त, नीति र जनादेशको आधारमा बनेको नभई यो नितान्त सत्तास्वार्थ र भ्रष्टाचारको कार्वाहिबाट जोगिने रणनीतिको परिणाम भएको जनाएको छ । 

संसदका दुई ठूला दल मिलेर सरकार बनाउनु आफैमा विडम्वनापूर्ण रहेको बताउदै यो संसदीय  मुल्य र मान्यता  विपरितको कार्य भएको ठहर राप्रपा नेपालले गरेको छ ।

राप्रपा नेपालले भनेको छ- 'संविधान संशोधनको निम्ति नयाँ गठवन्धन बनाउनु परेको अमुर्त तर्क केवल सत्ता आरोहणलाई पुष्टि गर्ने निर्रथक वहाना मात्र हो । नेपाली काँग्रेस वा एमाले दुवैले आजसम्म आफ्नो पार्टी निकायमा संविधान संशोधन वा पुनरावलोकनको बारेमा कुनै छलफल वा निर्णय गरेका छैनन् । केवल सतही सुधारले देशले भोग्नुपरेको संकटको समाधान हुन पनि सक्दैन । देशलाई संकटबाट मुक्त तुल्याउने हो भने संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विकल्प खोज्ने साहस गर्नुपर्छ ।'

 साथै राप्रपा नेपालले अहिलेको अवस्थामा  सतही  संविधान  संशोधन  होइन धर्मनिरपेक्षता, गणतन्त्र  र संघीयता वारे पुनरावलोकन गरि सवै नेपाली अटाउने हिन्दुराष्ट्र सहितको राजनीतिक प्रणाली निर्माण गर्न सर्वपक्षीय सम्मेलन वा ति बिषयमा  जनमत संग्रहको माग गरेको छ ।

संविधान संशोधन चर्चाको निशानामा समावेशी र समानुपातिक मान्यता परेको उल्लेख गर्दै राप्रपा नेपालले विकृतिहरु हटाउनुको सट्टा समानुपातिक प्रणालीलाई विस्थापित गर्नु भनेको सर्वसत्तावादी सोचको परिणाम भएको बताएको छ । 

साथै राप्रपा नेपालले नक्कली भूटानी शरणार्थी काण्ड, सुन तस्करी, गिरिबन्धु टि स्टेटको ब्रम्हलुट, ललिता निवास जग्गा कब्जा, टेरामेक्स काण्ड लगायतका भ्रष्टाचारका फाईलहरु अब दवाईने र भ्रष्टाचारीहरूलाई उन्मुक्ति दिईने आशंका बढेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने