2026-07-07 04:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भारतबाट फर्किएपछि यताउताको लसपसले प्रचण्डको सत्ता गुम्यो : गगन थापा

असार २०, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्थिर हुँदा नयाँ गठबन्धन बनेको बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले प्रचण्ड धेरै अस्थिर भएकै कारणले एमाले र कांग्रेस मिलेको बताएका हुन् । 

‘खासगरी अहिलेको यो परिस्थिति बनेको नै प्रधानमन्त्रीको अस्थिरताको कारणले हो,’ उनले भने ‘दुई चार महिनामै यता उता गरेपछिको परिस्थितिले दुर्घटना निम्त्याएको हो ।’ 

प्रधानमन्त्रीले अस्थिर चरित्र व्यवहार नदेखाउनु भएको भए यो अवस्था नआउने उनले बताए । 


‘पछिल्लोपटक एमालेसँग सरकारमा बसिसकेपछि पनि उहाँ फेरि नयाँ खालको लसपस गर्न थाल्नु भयो । हात यता दिने खुट्टा उता दिने जस्ता गतिविधि गर्न थालेपछि अहिलेको दुर्घटना निम्तिएको हो,’ उनले भने, ‘यो कसैका कारणले बनेको पनि होइन, भारतबाट आएपछि पनि उहाँले यता उता  गर्नुभयो । प्रचण्ड यति अस्थिर हुनुभयो कि उहाँप्रति कसैको पनि विश्वास भएन ।’

गणतन्त्र राखेर २०४७ को संविधानलाई उल्टाउन खोज्नु भएको हो भन्ने पत्रकारको प्रश्नमा उनले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधान भएकाले त्यो अवस्था नआउने बताए । 

‘यो संविधान हामीले नेतृत्व गरेर बनाएको हो । सबैलाई समेट्ने गरी संविधानको पुनरवलोकन हुन्छ । कोही आत्तिनु पर्दैन’ उनले भने । 

कसैको बहुमत नआएका कारणले संघ तथा  प्रदेशको सरकार पटकपटक बदल्ने जस्ता काम भएकाले दुई दल एक ठाउँमा आएको उनले बताएका छन् । अस्थिरताको  अनुभवबाट सिकेर यो परिस्थिति बनेको उनको भनाइ छ । 

‘संविधान पुनर्मूल्यांकन गर्ने उचित समय आएका उनले बताएका छन् ।  

‘हामीले समय पर्खेर बसेका थियौ । उचित समय आयो ।  एमाले र हाम्रो मात्रै मतले पनि पुग्दैन । अरू दललाई पनि समेट्नुपर्छ अन्य दलसँग पनि छलफल भइरहेको छ,’ उनले भने । 

नेपाली कांग्रेसले महासमितिबाट नै संविधान संशाेधनको निर्णय गरेको उनले बताएका छन् । नयाँ विषय नभएकाले कसैले आशंका गर्नु आवश्यक नरहेको उनले बताएका छन् । 

तपाई त काँग्रेस प्रतिपक्षमा बस्छ भन्नु हुन्थ्यो नि भन्ने प्रश्नमा  उनले त्यो आफ्नो इच्छा भएको प्रष्ट्याए । 

आफ्नो इच्छा अहिले पनि सरकारमा जाने नभएको उनले बताए । 

‘सरकार बन्ने नबन्ने भन्ने कुरा व्यक्तिगत वा एउटा राजनीतिक दलले भनेर हुँदैन रहेछ,’ उनले भने ‘पहिला शुरूमै हामी कसैलाई नयाँ गठबन्धन होस् भन्ने चाहना थिएन पछि बन्यो ।’

गृहमन्त्रीमा तपाईंको चर्चा छ नि भन्ने प्रश्नमा उनले घुमाउरो जवाफ दिँदै उनले भने– ‘म अहिले नै पार्टीकाे महामन्त्री छु नि ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने