2026-07-07 03:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जादूटुना गरेको भन्दै ८ लाख सुपारी दिएर काका र उनको साथीको हत्या, तीनजना पक्राउ

असार २०, काठमाडौँ । पर्साको जगरनाथपुर गाउँपालिका नजिक नेपाल-भारत सीमामा पर्ने ओरिया खोला नजिक गाडिएको अवस्थामा फेला परेका दुईजनाको हत्या अन्धविश्वासकै भरमा गरिएको खुलेको छ ।

गत जेठ २३ मा माटोमा गाडिएको अवस्थामा बाराको कलैयाका रामएकवाल पण्डित कुम्हाल र आदर्शकोतवाल घर भई कलैया बस्दै आएका सुरेश ठाकुरको शव फेला परेको थियो । प्रहरीले उनीहरूको हत्यामा संलग्न ३ जनालाई २३ दिनपछि पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा पर्साको जगरनाथपुर गाउँपालिका ५ का सन्तोषप्रसाद कुम्हाल, सोही ठाउँका महादेव महतो नुनिया र बाराको कलैयाका लक्ष्मण प्रजापति छन् । लक्ष्मणका भिनाजु हुन् सन्तोष ।

मृतक रामएकवाल लक्ष्मणका सहोदर काका हुन् । रामएकवाललाई गाउँलेले धामी मान्छन् । घरका सदस्य र घरपालुवा पशुलाई जादुटुना गरेको भन्दै लक्ष्मणले काका रामएकवाललाई र घटना बाहिरिने डरले सुरेशलाई पनि हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।


धामी काका रामएकवाललाई मार्नका लागि रामएकवाल र उनका भिनाजु सन्तोषले ८ लाख रुपैयाँ खर्चेको पर्साका प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

उनका अनुसार बयानका क्रममा आफूहरू ४/४ लाख रूपैयाँ हत्या गराउन खर्च गरेको कुरा लक्ष्मण र सन्तोषले स्वीकार गरेको दाबी गरे ।

एसपी ढुंगेलले भने, ‘घरका सदस्य र पशुलाई जादुटुना गरेको कुरा लक्ष्मणले भिनाजु सन्तोषलाई सुनाएका थिए । सन्तोषले थप क्षति पुर्‍याउँछ भनेर काका रामएकवाललाई मार्न सुझाए । त्यसपछि सुटर खोजे । सुटरको रूपमा महादेवलाई प्रयोग गरिएको अनुसन्धानबाट खुलेको छ ।’

‘लक्ष्मणले झारफुककै बहानामा काका रामएकवाललाई बाहिर बोलाएका थिए,’ एसपी ढुंगेलले भने, ‘रामएकवाल साथी सुरेशलाई साथमा लिएर लक्ष्मणले भनेको ठाउँमा पुगे । रामएकवाललाई मारेपछि सुरेशले घटना बाहिर ल्याउँछ भनेर उनीहरुले दुबैजनालाई मारेको बयान दिएका छन् ।’

उनले घटनास्थलबाट बरामद कागजातको अनुसन्धान गर्दा तीनैजनाको संलग्नता रहेको अनुसन्धानले देखाएपछि पक्राउ गर्न सफल भएको सुनाए । पक्राउ परेका तीनैजनामाथि कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिएर थप अनुसन्धान अगाडि बढाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने