2026-07-07 04:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शिक्षामन्त्री श्रेष्ठमाथिकाे दोहोरो नागरिकता प्रकरणमा अनुसन्धान सुरू

असार २१, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि दोहोरो नागरिकता प्रकरणमा अनुसन्धान अघि बढेको छ । मन्त्री श्रेष्ठले दोहोरो नागरिकता प्रयोग भन्दै राष्ट्रिय सतर्कता केन्द्रलाई अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पत्र आएको छ ।

बिहीबार पत्र आएपछि सतर्कता केन्द्रमा छलफल गरेर अनुसन्धान गर्ने तयारी गरेको राष्ट्रिय सतर्कता केन्द्र स्रोतले बताएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले विदेशको स्थायी आवासीय अनुमति (पीआर) राखेको भन्ने उजुरीका सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन थालेको हो । उनीसँग नेपाली र युरोपियन मुलुक पोल्याण्डको दोहोरो नागरिकता रहेको आरोप लागेको छ।

शिक्षामन्त्री श्रेष्ठले विदेशी नागरिकसँग विवाह गरेकी छन् । राजनीति र सार्वजनिक नियुक्तिमा विदेशी नागरिकता, पिआर लिएकालाई नियुक्ति नदिन अख्तियारले सरकारलाई निर्देशन समेत दिएको थियो ।

श्रेष्ठलाई धेरै समय पहिलेदेखि दोहोरो नागरिकता राखेको आरोप लाग्दै आए पनि उनले भने उक्त आरोप अस्वीकार गर्दै आएकी छन् । केही समयअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सोही प्रकरण झिक्दै शिक्षामन्त्री श्रेष्ठप्रति 'नेपाल घुम्न आएकी मन्त्री पो भइन्' भनी टिप्पणी गरेका थिए ।

त्यस्तै, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक समेत रहेका काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति डा. रामकण्ठ मकाजु श्रेष्ठको दोहोरो नागरिकता रहेको भन्दै परेको उजुरीमाथि पनि सतर्कता केन्द्रले छानबिन थालेको छ । डा श्रेष्ठसँग अमेरिकाको पीआर रहेको भन्दै उनीविरुद्ध पनि उजुरी परेको थियो। उनीहरुको उजुरी अख्तियारमा परेपछि थप अध्ययनका लागि केन्द्रमा पठाएको केन्द्र स्रोतले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने