2026-07-07 04:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपाका मन्त्रीले छाडे मन्त्री क्वाटर

असार २४, काठमाडौँ । रास्वपाका मन्त्रीहरुले मन्त्री क्वाटर छाड्न थालेका छन् । केही मन्त्री क्वाटर छाडेर बाहिरिइसकेका छन् भने केही प्रक्रियामा रहेका छन् । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मन्त्री क्वाटर छोडेका छन् । 

उनले आजबाट विधिवत रूपमा क्वाटर छाडेको जानकारी दिएका हुन् । 

उनले आफू शुक्रबारबाट मन्त्रालय पनि जान छाडेको र मन्त्रालयसँग सम्बन्धित कामबाहेकमा गाडी र सुरक्षा संयन्त्रको पनि प्रयोग नगर्ने उनले बताए ।  “आजबाट विधिवत् रुपमा मैले क्वाटर छाडेँ । शुक्रबारबाट मन्त्रालय गएको छैन । गाडी र सुरक्षा संयन्त्र पनि मन्त्रालयको काम परेमात्र प्रयोग गर्छु,” उनले भने । 


मन्त्रालय नजाँदा कसरी काम भइरहेको छ भन्ने प्रश्नमा उनले संयन्त्रले काम गरिरहेको जानकारी दिए ।  “सरकार अल्मतमा छ । दीर्घकालीन असर गर्ने निर्णय गर्न पाइँदैन । दिनहुँ काम कर्मचारी संयन्त्रबाट हुन्छ,” उनले थपे, “अनिवार्य पर्‍योभने जान्छु । नभए संयन्त्रबाट काम हुन्छ ।” 

रास्वपाका सबै मन्त्रीले छाडेको हो भन्ने प्रश्नमा उनले आफ्नो जानकारीमा सबैले क्वाटर छाडेको जानकारी आएको बताए ।  “विधिवत् छाड्नुभयो कि भएन मलाई थाहा भएन । तर, सबैले छाडेको भन्ने सुनेको छु । तर, मैले चाहिँ विधिवत रूपमा प्रकृया पुरा गरेर छाडेँ,” उनले भने । 

नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ गठबन्धन बनाउने निर्णय गरेपछि राजनीतिक तरलता सिर्जना भएको छ ।  एमालेले सरकार छाडेर समर्थन फिर्ता गरेपछि सरकार स्पष्ट अल्पमतमा छ ।  जसपाले पनि सरकरलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । 

यस्तो अवस्थामा रास्वपा मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा उभिएको छ ।  अल्पमतमा रहेका प्रचण्डले असार २८ गते विश्वासको मत लिँदैछन् । यता, एमाले चाहिँ प्रचण्डलाई राजीनामा दिन दबाब दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने